अन्तरवार्ता – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Fri, 15 Apr 2022 07:47:03 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg अन्तरवार्ता – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 प्रदेश नम्बर १ को नाम ‘किरात सगरमाथा’ राख्न किरात धर्मगुरु आत्मानन्द लिङदेनको सुझाव https://pradeshaawaj.com/?p=17868&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25a6%25e0%25a5%2587%25e0%25a4%25b6-%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25ac%25e0%25a4%25b0-%25e0%25a5%25a7-%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25ae-%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25b0 https://pradeshaawaj.com/?p=17868#respond Fri, 15 Apr 2022 07:08:02 +0000 https://pradeshaawaj.com/?p=17868 दमक । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ले प्रदेश नम्बर १ को नामाकरण ‘किरात सगरमाथा’ राख्नुपर्ने बताएका छन् । यो नामले किराँती र खस आर्य दुवैलाई समेटिने पनि उनको भनाई छ ।

आज दमक पत्रकार मंच दमकमा पत्रकार सम्मेलन गरी आत्मानन्द लिङदेनका निजि प्रवक्ता डिल्लीराम चाम्लिङले गुरुले गरेका प्रदेशको नामाकरण र उपयुक्त हुने आधारको बारेमा जानकारी दिएका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता चाम्लिङले भने, ‘प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्ने भन्ने गुरुको ब्रम्ह्र शब्द हो । ब्रम्ह शब्दले राष्ट्र सबैलाई समेट्ने, सबैको कल्याण हुने, सबैको हित हुने, सबैको धार्मिक आस्थालाई समेट्ने र राष्ट्रको हित हुने हिसाबले पनि उक्त नाम उपयुक्त हुने पनि उनले स्पष्ट पारे ।

उक्त पत्रकार सम्मेलनमा किरात चोत्लुङ मुदीङगुम ओमी माङ्गेना सेवा समिति सदस्य धनराज सम्बाहाम्फे, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य चिरञ्जीवी खालिङ राई, सेवासबा मुजोत्लुङ पाङजुमो केन्द्रिय सदस्य पदम चोङवाङ लगायत को उपथिती रहेको थियो ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17868 0
८ औं दमक फुड फेस्टिबल आज बाट सुरू हुदै https://pradeshaawaj.com/?p=17814&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a5%25ae-%25e0%25a4%2594%25e0%25a4%2582-%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595-%25e0%25a4%25ab%25e0%25a5%2581%25e0%25a4%25a1-%25e0%25a4%25ab%25e0%25a5%2587%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%25bf%25e0%25a4%25ac%25e0%25a4%25b2-%25e0%25a4%2586%25e0%25a4%259c-%25e0%25a4%25ac%25e0%25a4%25be https://pradeshaawaj.com/?p=17814#respond Wed, 06 Apr 2022 02:01:35 +0000 https://pradeshaawaj.com/?p=17814 दमक/होटल व्यवसायी संघ दमकले गर्दै आएको फुड फेस्टिबल आज बाट सुरू हुदैछ ।

संघले स्थानीय विभिन्न जातजाती विशेष परमपरागत तथा मौलिक खानेकुराहरुको संरक्षण गर्दै व्यवसायिक प्रवद्र्धनको मुख्य उद्धेश्य राखेर यो बर्ष पनि ८ औं फुड फेस्टिबलका रुपमा ७ दिन सम्म महोत्सव आयोजना गर्ने निधो गरेको हो ।

संघले  चैत्र २३ गतेदेखी २९ गते सम्म सञ्चालन गर्न लागिएको खाना महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारी लगायतका जातजातीका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको अलग अलग स्टल राखिने महोत्सव आयोजना गर्ने समितिका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

दमक ७ स्थित वडा कार्यालयसंगै आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातीको मौलिकता झल्काउने परम्परागत नाचसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहनुका साथै महोत्सवका माध्यमबाट दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक दिपक फुयाँलले जनाए ।

करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने र फेस्टिवलमा २५ लाख बढिको आर्थिक करोबार गर्ने लक्ष्य राखिएको संयोजक फुयाँलले बताए । फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका संरक्षकका रुपमा रहने र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहने  जनाइएको छ ।

सांगितिक कार्यक्रमकाे लागि बनाइएकाे स्टेज
फुड फेस्टिबलमा सांगितिक कार्यक्रमकाे लागि बनाइएकाे स्टेज
]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17814 0
‘सभापतिका लागि मेरो दावी स्वभाविक हो’ पुस्ता हस्तान्तरण आवश्यक छ – प्रकाशमान सिंह (अन्तर्वार्ता) https://pradeshaawaj.com/?p=16564&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25ad%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25bf-%25e0%25a4%25ae%25e0%25a5%2587%25e0%25a4%25b0%25e0%25a5%258b-%25e0%25a4%25a6%25e0%25a4%25be%25e0%25a4%25b5%25e0%25a5%2580-%25e0%25a4%25b8 https://pradeshaawaj.com/?p=16564#respond Mon, 23 Aug 2021 02:46:46 +0000 https://pradeshaawaj.com/?p=16564 काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको राजनीतिक दलविभाजन सम्बन्धी अध्यादेशको बचाउ गरेका छन्

ईमेज टेलिभिजनको कार्यक्रम हटसिटमा कुराकानी गर्दै नेता सिंहले सैद्वान्तिक रूपमा अध्यादेश ल्याउनु गलत भए पनि अहिलेको प्रतिकुल अवस्थामा संसद् जोगाउनका लागि अध्यादेश ल्याउनैपर्ने बाध्यता रहेको बताए ।

यस्तै नेता सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिका लागि आफू दाबेदार रहेको बताउए । सभापतिमा आफ्नो दाबेदारी रहे पनि सहमति र समझदारीका आधारमा पार्टीलाई गति दिने पक्षमा आफू रहेको उनको भनाइ छ ।

‘सभापतिका लागि मेरो दावी स्वभाविक हो,’ उनले भने, ‘यद्यपि उपसभापति विमलेन्द्र निधि र शंसाक कोइरालासँग छलफल भइरहेको छ, तीनमध्ये एक जना सभापति उठ्ने सहमति गरेर अगाडि बढ्ने सम्भावना छ ।’

नेता सिंहले अब सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्ता हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिए । पार्टी अहिलेको अस्थीर अवस्थामा आउनुमा सभापति देउवा र वरिष्ठ नेता पौडेलको ठूलो हात रहेको भन्दै अब देउवा र पौडेलले सभापतिमा लोभ नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

सभापति देउवाको असक्षमताका कारण पार्टीमा अहिलेको स्थिति सिर्जना भएको भन्दै सिंहले देउवा १३औं महाधिवेसनको असफल सभापति भएको जिकीर गरे ।

नेता सिंहले पार्टीमा आफूलाई बाबु गणेशमान सिंहसँग जोडेर केही गर्ने नसकेको लाञ्छना लाग्ने गरेको गुनासो गर्दै आफ्नो तर्फबाट सक्ने र हुने जति देश, जनता र पार्टीका लागि गरिरहेको बताए  ।

]]> https://pradeshaawaj.com/?feed=rss2&p=16564 0 व्यवसायसंगै समाजसेवामा दमकका गजमेर दम्पत्ती https://pradeshaawaj.com/?p=14880&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%2597%25e0%25a5%2588-%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%259c%25e0%25a4%25b8%25e0%25a5%2587%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25a6 https://pradeshaawaj.com/?p=14880#respond Wed, 03 Mar 2021 02:30:10 +0000 https://pradeshaawaj.com/?p=14880 दमक / दमकमा सफल व्यवसायीको पहिचान बनाएका सामाजिक तथा व्यवसायिक व्यक्तित्व चन्द्र गजमेरले शिवरात्री पर्वको अवसर पारेर सुनचाँदीको कारोबार शुरु गर्दैछन ।

यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोक ( साविकको मामा चोक) नजिकै शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कार्यालय समेत रहेको निजी निवासमा नयाँ व्यवसायका रुपमा सुनका गहना उत्पादन तथा विक्री वितरण गर्ने उद्धेश्यले शुभकामना ज्वेलरी मार्फत सुनचाँदीको कारोबार शुरु गर्ने भएका हुन ।

उनले दक्ष, विश्वसनीय र सीपयुक्त कालिगढ मार्फत गरगहना उत्पादनसंगै विक्री वितरण गर्ने लक्ष्य राखिएको बताए । उदघाटनको अवसर पारेर शुभकामना ज्वेलरीले ग्राहकहरुका लागि विशेष उपहार समेत राखेको छ । सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गते सम्म २५ हजार मुल्य भन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार समेत राखिएको गजमेरले बताए ।

उनका अनुसार २५ हजार मुल्य माथिका गहना खरिद गर्ने ग्राहकलाई तत्कालै एउटा कुपन प्रदान गरिने र ग्राहककै उपस्थितीमा शिलबन्दी बक्सामा सुरक्षित राखेर शुभकामना ज्वेलरीको प्रथम बार्षिकोत्सवका दिन विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा भाग्यशाली कुपन तानेर टिभिएस कम्पनीको स्कुटर उपहार स्वरुप प्रदान गरिनेछ । सो ज्वेलरीको उदघाटनका अवसरमा दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने ज्वेलरीका सञ्चालक गजमेरले जानकारी दिए ।

को हुन गजमेर परिवार ?

दमकको सामाजिक तथा व्यवसायिक क्षेत्रमा स्थापित नाम हो चन्द्र गजमेर र पत्नी रेनुका थापा ( गजमेर) । विसं २०३५ सालमा बुबा सर्वजित र आमा बुद्धमाया गजमेरको कोखबाट माइला सुपुत्रका रुपमा धनकुटाको साविक ६ नम्बर बुधबारे हालको चौविसे गाउँपालिका वडा नं १ मा जन्मिएका गजमेरको परिवार २०५४ सालतिर दमकको साविक वडा नं १५ मा बसाइँ सरि आएको हो ।

हाल दमक ६ मा स्थायी बसोबास गर्दै आएका गजमेर शुभकामना वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन । यस बाहेक उनको पहिचान सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय सञ्जाल भएको लायन्स क्लब इन्टनेशनलसंग पनि जोडिएको छ । ८ बर्ष अघि लायन लिडरहरुको संगतबाट लायन्सको सदस्य बनेका उनी ५ बर्षको अवधिमै लायन्स क्लब दमक माउण्ट एभरेष्टको अध्यक्ष बने । अहिले सो क्लबको बोर्ड आफ डाइरेक्टरका रुपमा रहेका उनी व्यवसायिक क्षेत्रमा भने ट्रयाक्टर व्यवसायीका रुपमा प्रवेश गरेका हुन । दमकमा व्यवसायिक कारोबार गर्न त्यति सजिलो थिएन उ बेला । चन्द्र गजमेरले मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययनपछि विदेशको बाटो पनि रोजे । पुख्र्यौली सम्पत्ती बिना पनि आफनै परिश्रमले केही गर्नुपर्छ भन्ने सोच आयो, पुँजीको आवश्यकता खडकियो, ६ बर्ष दुवई बसें , अहिले सम्मको सबै उपलब्धि आफनै मेहेनत र परिश्रमको फल हो– गजमेरले आफनो संघर्षपूर्ण जिवनको इतिहास बारे छोटकरीमा भने । आफना हरेक सफलताका पछाडी परिवारको सहयोगी र उदार भावना कारकका रुपमा रहेको उनको बुझाई छ ।

मेरा हरेक काममा उनी ( श्रीमति रेनुका थापा)को साथ सहयोग छ, एक्लैले यो सबै सम्भव हुने कुरै भएन – गजमेरले खुलेर भने । गजमेरले शुभकामना कृषि फर्म समेत सञ्चालन गरेर कृषि उद्यमलाई अघि बढाइरहेका छन । उनले दमकका दुई स्थानमा त्यस किसिमका कृषि फर्म सञ्चालन गर्दै स्थानीयस्तरमा रहेको बेरोजगारी समस्याको हल गर्न पनि योगदान गरिरहेका छन । उनको नेतृत्वमा सञ्चालन गरिएको सहकारी, कृषि फर्म लगायत व्यवसायिक फर्महरुमा अहिले दुई दर्जन बढीले प्रत्यक्ष रोजगारीको अवसर पाइरहेका छन । गजमेरले व्यवसायका क्षेत्रलाई फराकिलो बनाउने क्रममा यातायात व्यवसायीको समेत पहिचान बनाएका छन भने पछिल्लो समय दमकमा घर जग्गाको कारोबार गर्नेमा गजमेर अग्रपंक्तिमा आउँछन ।

बिद्यार्थीलाई निरन्तर सहयोग

गजमेरले व्यवसायिक क्षेत्रबाट गरेको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा समेत खर्चिइरहेका छन । लायन्स क्लबमा आवद्ध भएर सामाजिक सेवाप्रति झुकाव बढाएका गजमेरले पुख्र्यौली थलो धनकुटाको बालजन्य प्राथमिक बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई बर्षेनी शैक्षिक सामाग्री र बिद्यालय पोशाक उपलब्ध गराउँदै आएका छन । शुरुमा ४० जना बिद्यार्थीबाट शुरु गरेको त्यस किसिमको सहयोग प्रदान गर्ने क्रमलाई यो पटक पाँचौ बर्ष सम्म निरन्तरता दिदैं छन । बर्षेनी सबै बिद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक दिदैं आएका उनले सके सम्म यो सहयोगलाई निरन्तरता दिने आफनो सोच रहेको बताए । उनकै अगुवाईमा ६ नम्बर बुधबारेस्थित प्रहरी कार्यालयमा लायन्स क्लबका लिडरहरु अजय अग्रवाल, बबरजंग थापा लगायत, दमकका व्यवसायीहरुको समेत संलग्नतामा मन्दिर निर्माण गरेर हस्तान्तरण गरि सकिएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14880 0
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध https://pradeshaawaj.com/?p=14691&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a2%25e0%25a5%2581%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%2595-%25e0%25a4%25ad%25e0%25a4%258f%25e0%25a4%25b0-%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25ad%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25a1-%25e0%25a4%2596%25e0%25a5%258b https://pradeshaawaj.com/?p=14691#respond Sat, 30 Jan 2021 15:47:34 +0000 https://pradeshaawaj.com/?p=14691 काठमाडौँ, १७ माघ / कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफँै हराएर जाने गरेको बताउनुभयो ।

खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफँै निको भएको छ”, उहाँले भन्नुभयो, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक÷दुई दिनमा निको हुन्छन ।”

उहाँले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताउनुभयो । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उहाँका खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताउनुभयो । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताउनुभयो । उहाँले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताउनुभयो ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप हिजो (बुधबार) बाट देशभरी नै दिइन थालिएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14691 0
सिमानाका पुरै शिल्ड छ, सुरक्षित रहन आग्रह https://pradeshaawaj.com/?p=11723&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25bf%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25b0%25e0%25a5%2588-%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25a1-%25e0%25a4%259b-%25e0%25a4%25b8%25e0%25a5%2581%25e0%25a4%25b0 https://pradeshaawaj.com/?p=11723#respond Sun, 17 May 2020 04:44:16 +0000 https://pradeshaawaj.com/?p=11723 झापा ।नेपालमा कोरोना संक्रमणदर बढ्न थाले संगै गौरीगञ्ज गाउँपालिकाले भारत संग जोडिएका सिमानाकामा थप कडाई गरेको छ । संक्रमणलाई लिएर गाउँपालिका संबेदनशिल रहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।

बजार पसल खुल्ने निश्चित समय बाहेक सिमा जोडिएका क्षेत्रहरुमा सुरक्षा पोष्टहरु राखेर आवागमनमा निगरानी गरिरहेको श्रेष्ठले बताए । भारत तर्फ रहेका नेपालीहरु लाई सुरक्षित रुपमा ल्याउनका लागि तयारी भईरहेको उनको भनाई छ । उनीहरुलाई नेपाल भित्र्याउँदा गर्नुपर्ने ब्यवस्थापनका निकै चुनौतीपुर्ण रहेको समेत उनले बताए । त्यसका लागि प्रदेश सरकार संगको समन्वयमा क्वारेन्टाईन निर्माण संगै उनीहरुको परिक्षण गर्ने बिषयमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा छलफल गरीएको श्रेष्ठले बताए ।

गौरीगञ्ज गाउँपालिका भारत संग जोडिएको हुँदा सबै सचेत र सजग रहन जरुरी रहेको समेत उनले बताए । त्यस्तै उहाले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुको ब्यवस्थापन पनि महत्वपुर्ण बिषय रहेको बताए । बर्खा लाग्ने समय भएकोले उनीहरुको बसोबासका लागि आवश्यक कदम चाल्न अनिबार्य रहेको श्रेष्ठको भनाई छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=11723 0
एक्सन नायक विराज निकितालाइ लिएर एक्कासी झापामा (भिडियाे हेर्नुहाेस् ) https://pradeshaawaj.com/?p=10402&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25a8-%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a4%2595-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%259c-%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b2 https://pradeshaawaj.com/?p=10402#respond Sun, 08 Mar 2020 17:07:03 +0000 https://pradeshaawaj.com/?p=10402 दमक/नेपाली चलचित्रका एक्सन नायक विराज भट्ट र मिस नेपाल निकिता चण्डक आज झापाको दमक आएका छन् ।

दमकको डिम्याक्स हलमा आफ्ना दर्शक तथा शुभेच्छुकहरुसंग चलचित्र साङलो हेर्नका लागि उनीहरु दमक आएका हुन् । उनीहरुले दर्शकहरुमाझ आफूहरुको अभिनय रहेको चलचित्र साङलो हेरेका छन् ।सो क्रममा दमक महल तथा डिम्याक्स हलका सञ्चालक रेवत बस्नेतले खादा ओढाएर उनीहरुलाई स्वागत गरेका छन् ।  निकै समय भाेजपुरी चलचित्रमा बिताएका विराज अहिले आफ्नै निर्देशनमा चलचित्र तयार गरेर  नेपाली चलचित्र कमब्याक भएका हुन् ।

एक्सन तथा कमेडी जनरामा निर्माण भएको सो चलचित्रमा विराजसँगै निकिता चण्डक, प्रकाश शाह, कमेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ । मिस नेपाल निकिताले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् ।

विराज र निकिता संग गरीएकाे कुराकानी 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=10402 0
माउण्ट एभरेष्टको माध्यमबाट समाजसेवा गरिरहेको छुः रुद्रप्रसाद गौतम https://pradeshaawaj.com/?p=6819&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%2589%25e0%25a4%25a3%25e0%25a5%258d%25e0%25a4%259f-%25e0%25a4%258f%25e0%25a4%25ad%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a7%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25ae%25e0%25a4%25ac https://pradeshaawaj.com/?p=6819#respond Thu, 22 Mar 2018 09:45:07 +0000 https://pradeshaawaj.com/?p=6819 २०२८ साल चैत्र १८ गते भारतको आसाम कार्वाहाङलोङ धनश्रीमा जन्म भई ०५४ साल फागुनमा १८ दिनकी छोरी काखी च्यापेर श्रीमतिसहित नेपाल प्रवेश गरेका रुद्रप्रसाद गौतमले पछिल्लो समय समाजसेवालाई प्राथमिकता दिँदै आएका छन् । १२ वर्ष अघि लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टमा प्रवेश गरेर सदस्यदेखि कोषाध्यक्ष, सचिव, तेस्रो उपाध्यक्ष, दोस्रो उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । प्रश्तुत छ, प्रदेश आवाज डट कमको लागि लायन्सले समाजमा गरेका कामको विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

लायन्सबाट छोटो समयमा चर्चामा आउनु भयो नि ?

म सामान्य परिवारमा जन्मेको मान्छे, ब्यवसायमा हात हालेपछि आय आर्जन हुँदै गयो, हातमा पैसा नहुँदा रेडियो, पत्रिका, टेलिभिजनमा आएका असहायका समाचार पढेपनि टुलुटुलु हेर्नु भन्दा शिवाय केहि गर्न सकिएन । अहिले समाजमा केहि गर्न सकिएला भन्ने आत्मबल बढेको छ । त्यही आत्मबलले लायन्सको माध्यमबाट समाजिक काममा हात हाल्न कोशिस गरेको छु, चर्चा भन्नेकुरा सेवाको प्रतिफल रहेछ ।

लायन्स कल्वको उदेश्य के हो ?

यो सामाजिक संस्था हो, सामाजिक संस्थाको उदेश्य समाजको सेवा गर्नु नै हो । हामी जहाँ विपत, आगलागि, बाढी पहिरो पीडित, अपाङ्गता भएका, असहायलाई सेवा गर्दै अघि बढ्नु हाम्रो संस्थाको लक्ष हो । हामी जहाँ अभाव त्यहाँ लायन्स भन्ने नाराका साथ समाज सेवा गरिरहेका छौ ।

समाजसेवा बाहेक तपाईको पेशा के हो ?

म २०२८ साल चैत्र १८ गते भारतको आसाम कार्वाहाङलोङ धनश्रीमा जन्मेको हुँ ०५४ साल फागुनमा १८ दिनकी छोरी कञ्चन काखी च्यापेर र श्रीमति कमलासहित नेपाल प्रवेश गरेको थिए । नेपालको दमक आएर मालपोत अगाडी पान पसल गरेर ३ वर्ष विताएँ । त्यसपछि किराना पसल खोलेको थिएँ । विचमा जग्गाको कारोबारपनि गरेँ, अहिले उनै छोरीका नाममा खोलेको कञ्चन सप्लायर्स एण्ड टे«डर्स सञ्चालनमा छ ।

अहिले हामी चार जनाको परिवार हो । ब्यवसायबाटै परिवार खर्च धानेको छ । छोरी कञ्चन काठमाण्डौको नेशनल कलेजमा सोसियल वर्कमा ब्याचलर दोस्रोवर्षमा अध्ययनरत छन् । छोरा करिव बानेश्वरको चेल्सी स्कूलमा ८ मा अध्यायनरत छन् । दमक नपा वडा नं ५ धनेश्वर टोलमा घर बनाएको छु, मेरो पछिल्लो समय ब्यवासाय भन्दापनि समाजसेवा नै प्राथमिकतामा परिसकेको छ ।

लायन्सबाट सामाजिक सेवा गर्न सकिन्छ भन्ने प्रेरणा कसरी मिल्यो ?

केही न केहि सामाजिक संस्थामा रहेर समाजको सेवा गर्नु पर्यो भन्ने सोच बनाएर खोजी गर्दा लायन्सको सदस्य भएर काम गर्ने मनसाय बन्यो । लायन्सका साथीहरु हेरेँ सबै सामाजिक भावना बोकेका हुनुहुन्थ्यो र साथीहरुले मलाइपनि काम गरौं भन्दा नाइ भन्न सकिनँ र साथीहरुकै प्रेरणाबाट लायन्सको सदस्य भए ।

तपाइले अध्यक्ष पद सम्हालेपछि सामाजिक सेवाका कार्यहरु के के गर्नुभयो ?

काम त धेरै गरियो तर सम्झनामा आएका केही कामहरु महत्वपूर्ण नै छन् । जस्तैः कमल गाउँपालिकामा बाढीले घर डुबाउँदा ६० घरलाई खाद्यान्न, लत्ताकपडा वितरण गरियो । हंसे दुम्सेमा गाईवस्तु डुवाएको र घर भत्काएको थियो तिनिहरुलाई त्रिपाल, खाद्यान्न उपलब्ध गरायौं । जोगी चौहानमा स्वास्थ्य शिविर चलाएर ५ सय जनालाई निशुल्क उपचार गरायौ । गौरीगञ्जमा बावुराजाको सहयोगमा १३ सय जनालाई निशुल्क होलबोडी चेकजाँच गराएर औषधी वितरण गरियो । ब्याङ डाँडामा निशुल्क स्वस्थ्य शिविर चलाएर ५ सय जनालाई उपचार गरियो । त्यहाँ लायन्स लोकबहादुर अधिकारीको संयोजकत्वमा एक महिनाका बालकदेखि ९९ वर्षका बृद्ध सम्मको हेल्थ चेक भएको थियो ।
यसैगरी मेन मेन जोन (लायन्स स्थापना गर्ने ब्याक्ति) को बर्थ डेको अवसर पारेर उर्लावारी नमुना बाल गृहका ६० जनालाई खाना र नास्ता उपलब्ध गराएर सवैभन्दा सानो बालकबाट केक काटेर अनाथ बालबालिकालाई खुवाइयो ।

सामाजिक सेवाका काम मध्ये महत्वपूर्ण लागेका केही छन् ?

दमक चियाबगानको रत्न बृद्धा आश्रमकी ७२ वर्षीय आमालाई नागरिकता बनाउन पहल गरियो, लायन्सको अध्यक्ष र नपाकी उपमेयरको सनाखतमा नागरिकता वितरण भएपछि उनले बृद्ध भत्ताको सुविधा पाइन् । ८५ वर्षीय बृद्धाको नागरिकता हराएको रहेछ, त्यो खोज्ने कार्य लायन्सले गर्यो । दमक ६ मा बाँधेर राखिएकी १२ वर्षीय बच्चीलाई उद्धार गरि नगद ५ हजार र खाद्यान्न सहयोग, दमक ६ कै एक असोभाविक रुपमा टाउको बढेकी बालिकालाई लायन्सले ७६ हजार रकम खर्च जुटाएर नोवेलमा उपचार गरिएको हो । दुब्र्यसनीमा फसेका ७ जनालाई उद्धार गरिएको छ । दमकको रामकृष्ण मन्दिर ढुकुरपानीमा ज्येष्ठ नागरिकलाई ४० हजार बराबरको टेलिभिजन उपलब्ध गराइएको छ । झापाको दुहागढी बाल सुवोधिनी माविका ६६ सीमान्तकृत विद्यार्थीलाई स्कूल ब्याग र तुथ पेष्ट ब्रस, लायन्स मनोज अग्रवाल र पुन्यप्रसाद घिमिरेको सहयोगमा वितरण गरिएको थियो भने क्लवका अध्यक्ष रुद्रप्रसाद गौतमले विद्यालयको बगैचा संरक्षणमा ५ हजार एकसय उपलब्ध गराइएको हो । हात्तीपाइलेको औषधी खाने सचेतना अभियान चलायौ, यी बाहेक पनि धेरै सामाजिक कामहरु क्लवले गर्दै आएको छ ।

संस्था र जिम्मेवारीप्रति सन्तुष्ट हुनुहुन्छ ?
यो संस्थामा पसेर काम गरेको बाह्र वर्ष भयो । सदस्य भएर लायन्सलाई काँध हालेको देखेपछि साथीहरुले टीमको नेतृत्व गर्ने अवसर दिनुभयो, लायन्स सुरज आचार्य अध्यक्ष भएको बेला कोषाध्यक्ष भएर काम गर्ने मौका मिल्यो । त्यसपछि सचिव, तेस्रो उपाध्यक्ष, दोस्रो उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु । यहाँसम्म आउन सस्थाप्रतिको मेरो दायीत्वबोध र साथीहरुको हौसलाले सफल भएको हूँ । कामको शिलशिलामा केहि कमी कमजोरी भए होलान तर मैले जतिपनि काम गरेको छु, संस्थाको हितको लागि लगानी खेर नजाने गरि गरेको हुनाले म सन्तुष्ट छु । तथापी अझै धेरै काम गर्न बाँकी नै छ । थप जिम्मेवारी आए बहन गर्ने मनोवल बृद्धी भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=6819 0