खबर अपडेट – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Mon, 12 Feb 2024 15:58:17 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg खबर अपडेट – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान https://pradeshaawaj.com/?p=20730 https://pradeshaawaj.com/?p=20730#respond Mon, 12 Feb 2024 15:58:17 +0000 https://pradeshaawaj.com/?p=20730

काठमाडौँ, २९  राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपश्चात तस्बिर खिचाउँदै । 

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20730 0
प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा सम्मान https://pradeshaawaj.com/?p=20727 https://pradeshaawaj.com/?p=20727#respond Mon, 12 Feb 2024 15:48:54 +0000 https://pradeshaawaj.com/?p=20727

काठमाडौँ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक वसन्तकुमार कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्रप्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका छन् ।

उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गर्न उल्लेखनीय योगदान पुर्याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीबाट मायाको चिनो ग्रहण गर्दै प्र.म.नि. बसन्त बहादुर कुँवर । मिति २०८० ।१०।२९ गते ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं बहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहेको बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20727 0
भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री https://pradeshaawaj.com/?p=20719 https://pradeshaawaj.com/?p=20719#respond Sun, 11 Feb 2024 12:48:55 +0000 https://pradeshaawaj.com/?p=20719

काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ ।

आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले गर्ने अनुसन्धानमा सरकारकाे साथ रहने बताउनुभयाे । प्रधानमन्त्री दाहालले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”

सुशासन प्रवर्द्धनमा आयोगले पु¥याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

सुशासनको मुख्य बाधकका रूपमा रहेको भ्रष्टाचारविरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री दाहालले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताउनुभयो ।

राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गर्नुभयो ।

विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूत विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “एकातर्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।”

भ्रष्टाचार नियन्त्रणको महत्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताविरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20719 0
छ महिनामा १० लाख ५२ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा https://pradeshaawaj.com/?p=20715 https://pradeshaawaj.com/?p=20715#respond Sun, 11 Feb 2024 12:47:16 +0000 https://pradeshaawaj.com/?p=20715

काठमाडौँ,  ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार ९४३, मधेस प्रदेशबाट रु १० करोड पाँच लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु आठ करोड १८ लाख ७६ हजार, लुम्बिनी प्रदेशबाट रु नौ करोड ३८ लाख ६४ हजार, कर्णाली प्रदेशबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

राजस्व रकम सबैभन्दा बढी काठमाडौँ उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तत्थ्याङ्कमा उल्लेख छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायतलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका पनि प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कले देखाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूरअनुसार ट्राफिक प्रहरीले कारबाही गर्नसक्ने व्यवस्था रहेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20715 0
दमक महोत्सवकाे तयारी अन्तिम चरणमा, अर्थमन्त्री महतले उदघाटन गर्ने https://pradeshaawaj.com/?p=20712 https://pradeshaawaj.com/?p=20712#respond Fri, 09 Feb 2024 14:31:29 +0000 https://pradeshaawaj.com/?p=20712

दमक/ दमक उद्योग वाणिज्य संघको आयोजनामा दमकमा यही माघ २८ गते देखि शुरु हुने दमक महोत्सवमा सुदुरपश्चीमबाट समेत व्यवसायिक तथा कृषि उत्पादनका स्टलहरु रहने भएका छन । महोत्सव आयोजनक मूल समितिका अनुसार अहिले सम्म एक सय भन्दा धेरै स्टलहरु बुक भइसकेका छन ।

मुल समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले महोत्सवमा देशका विभिन्न प्रदेशहरुबाट पनि व्यवसायिक तथा कृषि उपजहरुको स्टल राख्नका लागि बुकिङ भएको जानकारी दिए ।

खडकाले भने– हामी एकदमै उत्साहित रुपमा महोत्सव व्यवस्थापनमा लागेका छौं । महोत्सवप्रति चौतर्फी जिज्ञासा र उत्साह देखिएको छ यसले हामीलाई थप हौसला मिलेको छ । उनका अनुसार यो महोत्सवमा स्टलहरु डोमेन हेंगरमा सजाइनेछन । यो अभ्यास दमकमा पहिलो पटक गर्न लागिएको उनको भनाई छ । महोत्सवमा आधुनिक किसिमका खेल तमासाहरु पनि सञ्चालन हुनेछन ।

दमक ७ स्थित सयपत्री टोलमा फागुन १२ गते सम्म सञ्चालन हुने छैठौं दमक महोत्सवको उदघाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले गर्ने निधो भएको छ । महोत्सव उदघाटनका लागि अर्थमन्त्री डा. महत आउने निश्चित भएको महोत्सव प्रचार प्रसार समिति संयोजक समेत रहेका संघका कार्यसमिति सदस्य तुल्सीराम तिम्सिनाले जानकारी दिए । महोत्सवमा कृषि, औद्योगिक तथा व्यापारिकका साथै विज्ञान प्रविधि, शैक्षिक एवं विभिन्न बिधाका स्टलहरु रहने जनाइएको छ ।

महोत्सवस्थललाई घेराबारासँगै आकर्षक रुपमा सजाइएको छ । महोत्सवमा रसियन कलाकारको नृत्य अर्को प्रमुख आकर्षण हुनेछ । महोत्सवलाई सफल बनाउन गठित विभिन्न उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेको र कलाकार व्यवस्थापनमा पनि उत्तिकै सक्रियतापूर्वक लागिरहेको संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताए ।
खडकाको संयोजकत्वमा रहेको मूल आयोजक समिति र सो अन्तर्गतका विभिन्न उपसमितिहरुबीच महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउने उद्धेश्यले बाक्लो रुपमा बैठक, छलफलहरु गरिएका कारण पनि यहाँको व्यवस्थापन चुस्त दुरुस्त हुने संघका अध्यक्ष गोपाल गुरागाइँको भनाई छ । संघले अहिले सम्म उद्योगी व्यवसायीहरुसँगको अतिरिक्त स्थानीय राजनीतिक दलहरु, आदिवासी जनजाती महासंघ लगायतसँग महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउने बिषयमा चरणबद्ध छलफल गरेको अध्यक्ष गुरागाइँले बताए ।

संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै पूर्वका उद्योगी व्यवसायीहरुलाई मनोरञ्जन दिलाउन यो महोत्सवले महत्वपूर्ण योगदान दिनेमा विश्वस्त रहेको बताए ।
फागुन १२ गते सम्म सञ्चालन हुने सो महोत्सव अघिल्लो पटकका महोत्सवहरु भन्दा फरक किसिमको हुने दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज बिष्ट बताउँछन ।

महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुका अतिरिक्त भारतबाट समेत चर्चित कलाकारहरु आउने भएकाले पनि यस बर्षको महोत्सवमा फरक मनोरञ्जनात्मक हुने विष्टको भनाई छ । संघले यो महोत्सवमा ६ करोड बढीको कारोबार हुने अपेक्षा गरेको छ । संघले महोत्सव सञ्चालन वापत प्राप्त गरेको रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिने जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20712 0
माघ २८ गतेदेखि फागुन १२ गते सम्म पाँचौ दमक महोत्सव हुने https://pradeshaawaj.com/?p=20705 https://pradeshaawaj.com/?p=20705#respond Wed, 31 Jan 2024 13:31:29 +0000 https://pradeshaawaj.com/?p=20705

दमक/ दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशस्तरीय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ ।

संघले दमकमा बुधबार पत्रकार सम्मेलन गरि महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जनाएको छ । संघका अध्यक्ष गोपाल गुरागाईंले महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने जानकारी दिए । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको बताइएको छ ।

संघले विगतमा २०६२, २०६५, २०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सवयता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् । तर, पछिल्ला समय परिस्थति अनुकुल बन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईले बताए । महोत्सव सफल बनाउन सवैको सहयोग आवश्यक भएको भन्दै अध्यक्ष गुरागाईले भने–‘स्थानीय उद्योग, व्यापार,व्यवसायको प्रवद्र्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले पनि यो महोत्सव लक्ष्य अनुरुप सफल हुनेमा हामी विश्वस्त छौ ।’

महोत्सवमा औद्योगिक व्यापार,पर्यटन ,प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एकदर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।

यसैगरि, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ कमिटी, राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।

महोत्सव सफल बनाउन दमक चौंकको आकासे पुल र गणतन्त्र चौकमा प्रचारात्मक तुल, व्यानार राखिएको र मिडियामार्फतपनि प्रचारलाई तिब्र बनाइएको उनले बताए ।

संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन, ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति, उमेश गजमेरको संयोजकत्वमा स्वम्सेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण, विद्युत, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको उनले बताए ।

महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईंको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधिन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उल्लेख छ ।

पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महोत्सवको सन्दर्भमा आफनो भनाई राखेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20705 0
झापामा सौर्य उर्जा बिद्युत उत्पादन, अध्यक्ष ओलीले उदघाटन गर्ने https://pradeshaawaj.com/?p=20709 https://pradeshaawaj.com/?p=20709#respond Mon, 29 Jan 2024 14:00:35 +0000 https://pradeshaawaj.com/?p=20709

शिवसताक्षी । झापाको शिवसताक्षीमा सौर्य उर्जाबाट बिद्युत उत्पादन गर्ने परियोजना उदघाटन यहि माघ २३ गते हुने भएको छ ।

वडा नम्बर ४ बोलोचोक नजिकै निजी क्षेत्रको लगानीमा निर्माण गरिएको १० मेगावट क्षमताको सो सोलार पावर परियोजना यहि माघ २३ गते उदघाटन गर्ने तयारी गरिएको हो । सो परियोजनाको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

झापाको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवाले यहाँको २६ बिगाहा क्षेत्रफलमा सञ्चालित यो परियोजनाले मुलुकलाई बिद्युतमा आत्मनिर्भर बनाउन टेवा पुर्याउने बताए ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक बनाउने अभियान अन्तर्गत उनकै गृह जिल्ला झापामा यो परियोजना शुरु गरिएको परियोजना सञ्चालन गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्ष समेत रहेका सांसद साँवा बताउँछन ।

परियोजनास्थलमा उदघाट नका लागि धमाधम पूर्व तयारी भइरहेको छ । यहाँको उत्पादनको गत साता मात्रै फाइनल टेष्टीङ्ग प्रक्रिया सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडि सकिएको छ ।

सो परियोजनाबाट १५ दिनको परिक्षणकालिन उत्पादन पश्चात निरन्तर बिद्युत उत्पादन भइरहेको छ । सौर्य उर्जाको दृश्यावलोकनसँगै सो ठाउँको करिब तीन विगाहा क्षेत्रफलमा आकर्षक फुलको बगैंचा निर्माण गरिनेछ ।

विभिन्न प्रजातिका फुलहरुको व्यवसायिक खेती गरिने पनि झापा इनर्जीले जनाएको छ । यहाँ फुलका विरुवा उत्पादन गरि व्यवसायिकतामा जोडनका लागि नर्सरी समेत सञ्चालनमा आउने भएकाले उर्जा पर्यटनको बिकाससँग पनि जोडन सकिने सांसद साँवाको भनाई छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20709 0
शिवसताक्षीमा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु https://pradeshaawaj.com/?p=20692 https://pradeshaawaj.com/?p=20692#respond Tue, 26 Dec 2023 12:52:42 +0000 https://pradeshaawaj.com/?p=20692

शिवसताक्षी / झापा इनर्जीले मङ्गलबारबाट १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ ।

शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायणप्रसाद पोखरेलले बताएका छ्न ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट इन्जिनियर सीताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका इन्जिनियर हरि तिवारी, परियोजनाका कन्ट्याक्टर कुवेरमणि नेपाल, इन्जिनियर अभिषेक पराजुलीको उपस्थितिमा सबस्टेसनमा जडान गरिएको हो ।

१५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहनेछ । परीक्षणकालीन उत्पादन भएको ऊर्जा राज्यलाई निःशुल्क प्रदान गर्नुपर्ने र त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।

८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ बिघा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको भट्टराईले बताए । उनका अनुसार कम्पनीले अब १५ दिनपछि नियमित आम्दानी सुरु गर्नेछ ।

दुधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा रहेको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिकै छ । कम्पनीबाट उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरेको थियो ।

झापा इनर्जीले उत्पादन गरेको ऊर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्राधिकरणसँग २०७८ मंसिर १२ मा विद्युत् खरिदको सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

नेपालबाहिर सौर्य ऊर्जाको ठुला परियोजना सञ्चालनको अध्ययनपछि अगुवाई गर्नेहरुले झापा इनर्जीको परिकल्पना गरेका थिए । प्रतिनिधिसभा सदस्य एलपी साँवाको अगुवाइमा जिल्लामा सौर्य ऊर्जाको परिकल्पना गरिएको थियो । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित परियोजनाले ठुलो योगदान पुर्याउने बताएका छन् ।

हालसम्म नेपालमा २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको दस मेगावाट रहेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20692 0
सताक्षीधामको झरना जाने बाटोमा बन्याे फलामे भर्याङ्ग https://pradeshaawaj.com/?p=20686 https://pradeshaawaj.com/?p=20686#respond Thu, 21 Dec 2023 17:46:04 +0000 https://pradeshaawaj.com/?p=20686

शिवसताक्षी/ पुर्वकै प्रशिद्द धार्मिक तथा पर्यट्किय तिर्थ स्थल सताक्षीधाम नजिकै रहेको झरना जाने बाटोमा स्थाइ फलामे भर्याङ्ग निर्माण गरि आज उद्घाटन गरिएको छ ।

स्थानीय सन्चारकर्मी डाइमण्ड कार्कीको पहलमा निर्माण गरिएको फलामे भर्याङ्गको शुक्रबार शिवसताक्षीका नगर प्रमुख मेघाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले सङ्युक्त रिबन कटेर उद्घाटन गरे । २० फुट उचाइ र ४ फुट चौडाइ रहेको भर्याङ्गको तौल ५ सय किलो रहेको निर्माणकर्ता डाइमण्ड कार्कीले बताए ।उनका अनुसार भर्याङ्ग निर्माण गर्न १लाख ४०हजार रुपैय खर्च भएको जानकारी दिए । जसमा २८हजार कोरियामा कार्यरत नरेश नेपाल र मङलसिह योङ्गहाङको पहलमा प्राप्त भएको छ भने गोपाल गौरी दिगो बिकास प्रतिस्ठान २ हजार ५ सय ,स्थानिय समजसेवी खनीमाय श्रेष्ठबाट ११ सय र नगरका स्वस्थ्य शाखा कर्मचारी दिनेस पौडेल ५ सय गरि जम्मा ३२हजार १सय मात्र सहयोग प्रप्त भएको कार्कीले बताए ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख मेघाहाङ्ग थोप्राले भर्याङ्ग निर्माणकर्ताको प्रसङ्गशा गर्दै नगरले गर्नु पर्ने काम ब्यक्तिको पहलमा निर्माण भएकोले अपुग रकम नगरको तर्फ बाट थप आर्थिक सहयोग गर्ने जानकारी गराए । पुर्वकै प्रशिद्द धार्मिक तिर्थ सथल सताक्षीधामको दर्शन गर्न आउने दर्शानर्थी भक्तालु जन हरुलाइ लक्षित गरि निर्माण गरिएको भर्याङ्गले सबैलाइ झरना सम्म जानको लागि सहज हुने बताए । उनले आवत जावत गर्नको लागि गोरेटो सड्कलाइ समेत प्राथामिकतामा राखि काम अघि बडाइने मेयर तोप्राले बताए ।

सो अवसरमा ११नम्बरका वडा अध्यक्ष बहदुर आङ्गबो उपमेयर नरमाया कार्कीले नगरको समुनत बिकासमा यस्ता बिकासे गतिबिधिले ठुलो भुमिका खेल्ने बताउदै यस्त सामजिक कार्यमा नगरले हातम हात साथमा साथ मिलाएर सहयोग गर्ने बतए । उद्घाटन कार्यक्रममा ११ नाम्बर वाडा सदस्य हरु एलिना राइ,७ नम्बर वडा सदस्य पुजा नेपाली ,कार्यपालीका सदस्य तुलसा बिमली लगायत नगरका कर्मचारीहरु र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

बालाचतुर्दर्शी मेलालाइ लक्षित गरेर निर्माण शुरु गरिएको भए पनि प्राविधिक करणले सुक्रबार मात्र उद्घाटन गरिएको हो ।
सताक्षीधाम देखि करिब २किमि पैदल यात्र गरे पछि पुगिने चुरे पहाड्को फेदिमा रहेको झर्ना हेर्न दैनिक सयौको संख्यामा आतरिक तथा बाहिय पर्यटक हरुको भिड लाग्ने गर्दछ । हाल अस्थायी काठको फट्के बनाएर झर्ना सम्म जने गरिन्थियो भने अबो फलामको पुल बाट जानको लागि सहज भएको छ । यस्को सबैले सम्रक्षण गर्न आवस्यक रहेको सरो

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20686 0
शिवसताक्षीमा चासोक तङनाम धुमधामले मनाइने https://pradeshaawaj.com/?p=20684 https://pradeshaawaj.com/?p=20684#respond Thu, 21 Dec 2023 17:42:32 +0000 https://pradeshaawaj.com/?p=20684

शिवसताक्षी/ मिलन सास्कृतिक परिवारको आयोजनामा वर्षेनि मनाइदै आइरहेको चासोक तङनाम यसपटक पनि धुमधामले मनाइने भएको छ ।

आयोजक मिलन सास्कृतिक परिवारले मङ्गलबारेमा आज पत्रकार सम्मेलन गिरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । चासोक तङ्नाम शिवसताक्षी ७ स्थित मिलन चोक नजिकै यहि १४ गते सनिबार मनाउन लागेको हो । यस बर्षको चासोक तङ्नाममा हरेक नेपालीको ढुक ढुकी प्रथम नेपाली तारा दिपक लिम्बु र मुन्दुमी गायिका गङ्गा फ्याकको बेजोड साङ्गितिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष राज खजुमले जानकारी दिएका छ्न । उनका अनुसर १४ गते बिहान ८ बजे चासोक पुजा तथ प्रसाद बितरण हुने , छेलो हान्ने धनु हान्ने र डोरी तान्ने मौलिक खेल समेत खेलाइने र सम्मान तथा पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष खजुमले बताए ।

त्यस्तै कार्यक्रम सम्पन्न गर्नको लागि ५ लाख रुपैया खर्च हुने र उक्त रकम बिभिन्न संघ- सस्था , देश बिदेशमा रहेका सहयोगि मन भएका दाताहरु बाट सङ्कलन गरिने आर्थिक सम्योजक अम्बरसिह आङ्देम्बेले बताए । प्रकृतिपूजक किरात लिम्बूहरुले वर्षेनी मनाउने गरेको चासोक तङ्नाम अर्थात् नुवागी पूजा नेपालीहरुको आँगनमा आइपुगेको छ । शदियौँदेखि किरात सभ्यता अन्तर्गत प्रकृतिपूजकहरुले घरभित्रै मान्दै आएको चासोक तङनाम पछिल्लो समयमा पहिचानको चेतना आएपछि मौलिक चाड पर्वहरुलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ सार्वजनिक स्थलमै धुमधामले मनाउन थालिएको कार्यक्रम संयोजक नबिन इजमको भनाइ छ ।

उनका अनुसार विभिन्न राजनीतिक घट्नाक्रम र ऐतिहासिक कालखण्डमा शासकहरुले निमिट्यान्न पार्न लागेको किरात समुदायको मौलिक संस्कृति अहिले विश्वभरी मनाउने गरिएको छ । जहाँ जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ बडो महत्वका साथ मुन्धुमी संस्कार अनुसार चासोक तङनाम मनाउने चलन चलिआएको छ । किरात समुदायमा अन्न बाली पाकेपछि प्रकृति देवलाई चढाएर खाने प्रचलन छ । जस अनुसार किरात राई, लिम्बू, सुनुवार, धिमाल, याक्खाहरुले आफ्नो संस्कृति अनुसार अन्नबाली चढाउछन् र उक्त दिन महोत्सवको रुपमा आदिम कालदेखि खाई आएको मौलिक परिकार तरुल, सिलाम तथा भटमासको फुदो, गुन्द्रुक, सेल रोटी, याङवेन (झ्याउ), विभिन्न परिकारका फलफूलहरु खाने गरिएको छ ।

पूर्व लिम्बुवान खम्बुवानको आफ्नो थात्थलोहरुमा चिसो जाडोका कारण माछाहरु दक्षिणतर्फ कुर सर्ने भएकाले त्यही मौसमको आधार मानेर उधौली पर्व अन्तरगत चासोक तङ्नाम लिम्बू समूदायले मनाउने गरेका छन् भने किरात राईहरुले साकेला उधौलीका रुपमा मनाउने प्रचलन चलिआएको छ । किरात सभ्यता प्राकृतिक सभ्यता भएकाले यो याममा चराहरु, माछाहरु दक्षिणतर्फ लाग्छन् । अन्नबाली भित्र्याउने मौसमको रुपमा लिइन्छ, पैयूँ फुलेको याममा जुन समय चराहरु, खोलाका माछाहरु दक्षिणतर्फ लाग्छन र अन्नबाली भित्र्याउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पुर्खालाई चढाएर सुख, समृद्धिको कामना गर्दै उधौली चाड मनाइन्छ । किरात समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गरेका छन् । यो प्रकृतिपूजकहरुको एउटा मुन्धुमी सँस्कृति हो । चासोक तङनाममा नेपाल सरकारले सार्वजानिक बिदा समेत दिने गरेको छ भने यसलाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । नेपाल भित्र रहेका विभिन्न समुदायको चाडपर्वहरुलाई देशले मान्यता प्रदान गर्नु भनेको सबैले देश हुनुको प्रत्याभूत गर्नु हो । देश बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक एकतामा अनेकता भएकैले पनि यो देशका निधीलाई समान रुपले र्हेनु देशको कर्तव्य हो । चासोक मय रहेको शिवसताक्षीमा कार्यक्रमको उद्घाटन नगरप्रमुख मेघाहाङ्ग थोप्राले गर्ने आयोजकले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20684 0
test