Sunday, November 24, 2024
Home Blog Page 8

पत्रकार गोविन ल्वागुन पुरस्कृत

झिलभिले,  समाजवादी प्रेष संगठन झापाका सहसचिव तथा शिबसताक्षी नगरका सक्रिय पत्रकार गोविन ल्वागुन नगदसहित पुरस्कृत भएका छन् । झापाको झिलझिलेबाट प्रकाशित सतासी साप्ताहिकको १३औं वाषिकोत्सवको अवसर पारेर पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा पत्रकार ल्वागुन पुरस्कृत भएका हुन् ।

पुरुस्कृत ल्वागुनलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शिबसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र सतासी साप्ताहिकका अध्यक्ष योगेन लावोतीले संयुक्त रुपमा सम्मान गरेका थिए । पत्रकार ल्वागुनले सतासी साप्ताहिक पत्रिकाको सम्पादन र प्रकाशनमा विशेष योगदान पुर्याएको भन्दै नगद रुपैया १० हजार ५५ सहित दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो ।

पुरुस्कृत पत्रकार गोविन ल्वागुन शिबसताक्षी–७ फाक्तेपस्थित सिमाना चौक निवासी हुन् । उनी स्थानीय बालसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सताक्षी प्रेष क्लब शिबसताक्षीका उपाध्यक्ष हुन् ।

एक छोरी, एक छोरा र श्रीमती सम्झानासहित पारिवारिक जीवन बिताइरहेका पत्रकार ल्वागुन सतासी साप्ताहिक पत्रिकासंगै हाम्रोसरोकार अनलाईन पत्रिका, प्रदेश आवाज डटकममा कार्यरत छन् । यसअघि उनी दमकस्थित हिमशिखर टेलिभिजनमा लामो समय काम गरेका अनुभव छ ।

सतासी साप्ताहिक पत्रिकाका अध्यक्ष योगेन लावोतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शिबसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य सुरेन्द्र भण्डारी, पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशब भट्टराई, सचिव डिकेश लामा, शिबसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो, सतासी साप्ताहिक पत्रिकाका प्रदान सम्पादक प्रेम याम्फु राई, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष तथा सतासी साप्ताहिक पत्रिकाका पूर्व सम्पादक अनिलदेब राई, साहित्यकार कृष्ण बराल, शुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बचन राई, व्यवस्थापक गणेश श्रेष्ठ, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिलन राई, पारिजात बहुदे्रश्यीय सहकारी संस्थाका व्यवस्थापक सागर थुलुङ राई, दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा नेता महेन्द्र भट्टराई, युवा नेता अर्जुन चाम्लिङ राई, सामाजिक अगुवा नेत्र नेम्बाङ, जीएन नेयुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ गजलकार बिबश बलिभद्र कोइराला, कवि साङसेन पन्धाक, ज्योती भट्टराई, कवि विराट किराती, राम भेटुवाल, कवि एबम् पत्रकार सेलिङ केसी, निहाङ किराती लगायतले गीत, कविता, गजल र रुवाई बाचन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरक्रिया

शिवसताक्षी। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज शनिबार याक्थुङ युवा मन्च झापाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शिवसताक्षी ८ बुद्द चोक स्थित युङ्गी क्याफेको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका सबै पालिकाका याक्थुङ युवा हरुको सहभागिता रहेको थियो । कार्यक्रममा पहिचान र अस्तित्वको बिषयमा साङ्ग्ठानिक प्रशिक्षण सहित अन्तरकृया भएको मन्चका जिल्ला अध्यक्ष देबि प्रसाद निङ्ग्लेकु (प्रताप)ले जानकारी दिए । उनका अनुसार १बजे देखि शुरु भएको कार्यक्रम बेलुका ५बजे सम्म सन्चालन भएको थियो ।

मन्चका जिल्ला सल्लाहकार सदस्य सन्तोष कुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष निङ्ग्लेकुले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए । उक्त कार्यक्रममा कवि तथा रङ्गकर्मी बिक्रम वनेम फागो, कवि तथा अभियान्ता साम्सेङ पन्धाक, याक्थुङ युवा मंचका केन्द्रिय उपमहासचिव मनकुमार आङ्देम्बे, मन्चका केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्गो, किरात याक्थुम चुम्लुङका नगर अध्यक्ष बिरबल जबेगु, सन्चारकर्मी अनिलदेव राई लगयतले पहिचान र अस्तितित्व बिषयमा आ आफ्नो सुझाव सहितको धारणा राखेका थिए ।

कार्यक्रम याक्थुङ युवा मन्च जिल्ला कार्य समिती झापाको आयोजनामा भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुनचाँदी ब्यबसायी संघ शिवसताक्षी द्वारा धारा निर्माण

शिवसताक्षी । सताक्षीधाम रमिते सेल्फी डाडामा सुनचाँदी ब्यबसायी संघ शिवसताक्षी नगर समितिले पक्की खानेपानीको धारा निर्माण गरेको छ ।

आगान्तुक आन्तरिक तथा बाहिय पर्यटकहरुको लागि तिर्खा मेट्न र स्थानिय ब्यबसायीहरुलाई प्रयोग गर्न सहज होस भन्ने हेतुले खाने पानीको धारा निर्माण गरिएको संघका उपाध्यक्ष रोमन लाम्गादेले बताए । यस धारा निर्माणको लागि १०हजार बडि खर्च भएको संघका सचीव हरिशन्कर सिलवालले जानकारी दिए । नगरकै पर्यटन हबको रुपमा बिकास भैइ रहेको रमिते सेल्फी डाडामा केही टेवा पुगोस भनेर सामाजिक उत्तरदायी बहन गर्दै धारा निर्माण गरिएको र आगमी दिनमा पनि सहकार्य गर्ने अध्यक्ष टेकबहादुर सिन्चिउरीको भनाई छ ।

सन्चारकर्मी डाइमण्ड कार्की द्वारा निर्माण भैरहेको उक्त रमिते सेल्फी डाडामा पर्यटकहरू विश्राम गर्नको लागि हाल दाताहरुको सहयोगमा विभिन्न डिजाइनको फलाइचा निर्मण सम्पन्न गरि रङ्ग रोगनको कार्य पनि सकिएको छ । झिलझिले बजारबाट करिब ४किलोमिटर उत्तर तर्फ अवस्थित रतुवा माइ बृक्षरोपण आयोजनाको घना जङल भित्र रहेको चुरे पहाड्को मनोरम दृश्य समेत देखिने यश क्षेत्रमा अहिले अन्तरिक तथा बाहिय पर्यटक हरुको घुइचो लाग्ने गरेको छ । पर्यटनको उच्च सम्भावना रहेको यश क्षेत्रमा सखुवाको रुखमा रङ रोगन, र फलाइचा निर्माण र खानेपानीको धारा जडानले गर्दा स्थानिय ब्यबसयिहरुको समेत राम्रो ब्यपार भएको ब्यबसयी हरु को भनाइ छ । चुरे पाहाड्को काखमा रहेको पुर्वकै रमणीय एतिहासिक धार्मिक तथा पर्यटन क्षेत्र सताक्षीधाम नजिकै रहेको यस क्षेत्रमा चरम गर्मीको मौसम्मा यहाँ पुग्ने जो कोहि पनि सितल हावा र मनोरम दृश्यले सबैको मन लोभ्याउने गर्दछ ।करिब ४महिना अघि देखि यस क्षेत्रमा शृङ्गारको कार्य शुरु गरि हाल सम्म २किलो मिटर क्षेत्रमा सडकको दुबै तर्फको रुखमा रङरोगन गरिएको छ ,त्यस्तै १२वटा जति ठुला साना गरि फलैचा निर्मण गरिएको छ, त्यस्तै २ वटा खानेपानीको धारा निर्मण, विभिन्न प्रजातिका फलफुल तथा फुलका बिरुवाहरु रोपण गरिनुका साथै डस्बिन समेत रखिएको छ ।

अभियान्ता कार्कीको अनुसार यश अभियान निर्माणर्थ हाल सम्म स्वादेश तथा बिदेशमा कार्यरत नेपाली सहयोगी मन हरु बाट करिब ६ लाख बराबर नगद तथा जिन्सी समाग्री प्राप्त भएको जानकरी दिए । अहिले श्रावण महिना भएकोले सताक्षीधाम दर्शन गर्न प्रत्येक सोमबार दर्शनार्थीहरुको घुईचो लाग्ने भएकोले पनि भक्तजनहरु रमिते सेल्फी डाडामा पुग्ने गर्दछन । स्मरण रहोस अहिले सताक्षीधाम सम्मनै सडक कालोपत्रे भैसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक नगर इसाई समजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न

दमक, दमक नगर इसाई समजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक-९ चिया दोकान स्थित आशा मंडलीमा आज (सोमबार) सप्पन्न २८ औं स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा आर्थिक बर्ष २०७९/०८० को आय-ब्ययको विवरण सहित अध्यक्षको प्रतिबेदन सार्वजनिक गरिएको थियोे । आय-ब्यय सार्वजनिकसगै दमक नगर इसाई समाजको आगामी आर्थिक बर्ष २०८०/०८१ का योजना र कार्यक्रम पेस गरिएको थियोे ।

इसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले प्रस्तुत गर्नु भएको प्रतिबेदन वार्षिक साधारणसभाले आवश्यक सुझावका साथ अनुमोदन गरिएको थियोे । सो क्रममा इसाई समाजका अध्यक्ष पास्टर थुलुङले दमकमा इसाई समाज स्थापना भएको २८ बर्ष भए पनि कानुनी दर्ता प्रक्रियाको कारण हाल दोस्रो वार्षिक साधारणसभा गरिएको जानकारी गराउनु भयो ।

दमक-१ का वार्ड अध्यक्ष हरि प्रसाद नेउपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको स्थापना दिवस तथा वार्षिक साधारणसभाको अध्यक्षता दमक नगर इसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले गर्नुभएको थियोे ।

२८ औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभामा प्रमुख बक्ताको रूपमा झापा जिल्ला इसाई समाजका अध्यक्ष तथा सुरुङा बत्तीस मंडलीका बरिस्ठ पास्टर अमर आले मगर हुनुहुन्थ्यो । त्यसैगरी, कार्यक्रममा दमक नगर इसाई समाजका पुर्ब अध्यक्ष, बर्तमन सल्लाहकार समितीका प्रमुख पास्टर राजकुमार नाछिरिङ राईले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सल्लाहकार पास्टर नाछिरिङले दमक नगर इसाई समाज स्थापना भएको २८ बर्ष पुगेको अवसरमा इसाई धर्मावलम्बीहरुलाई बधाई तथा शुभेच्छा व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा दमकमा छरिएर रहेका ३२ वटा मंडली सहित अन्य तीन वटा सामाजिक सघ- सस्थालाई समेत प्रमाणपत्र वितरण गरिएको थियोे ।

सोही कार्यक्रमबीच दमकमा रहेका ३२ वटा मंडलीहरुबाट सहभागीहरुले इसाई धर्मशास्त्रका आधारमा प्रार्थना गरि मनोरञ्जनात्मक प्रस्तुति प्रदर्सन गरिएको थियोे । कलाकार सृष्टि सहित साथीहरूले कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

दमक नगर इसाई समाजका सचिब पास्टर अजय पाठकले सन्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष पास्टर हेमन्त सुब्बाले स्वागत मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमको अन्त्यमा दमक नगर इसाई समाजको तर्फबाट धन्यवाद मन्तव्य सहित दमकमा इसाई समाजले विभिन्न मितिमा आयोजना गरेका कार्यक्रमहरु र सामाजिक गतिविधिबारे प्रष्ट पार्नु भएको थियोे । वहाँले दमकमा ४४ औं पटक रक्तदान गरेर होस या दमकको सरसफाइ, लागू औषध तथा दुर्ब्यसन नियन्त्रण सम्बन्धिका कामहरु सहित भुकम्प, आगलागी, हैजारोगबाट बचाउन गरिएका कामहरुको चर्चा गर्नु भएको थियोे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा खुल्यो पूर्वकै सुविधा सम्पन्न,डेजी स्किन केयर

दमक ,१७ साउन । छाला सम्बन्धि सम्पूर्ण समस्याहरुको उपचारका लागी दमकमा डेजी स्किन केयर सञ्चालनमा आएको छ ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीसहितका दश जना युवा व्यवसायीहरुको लगानीमा स्थापना गरिएको छाला सम्बन्धि उपचार केन्द्र आजदेखि विधिवत सञ्चालनमा आएको हो ।दमक- ६ शंखध्वर चौकमा स्थापना गरिएको डेजी स्किन केयरको दमक नगरपालिकाका प्रमुख रामकुमार गरे ।

स्किन केयरको शुभारम्भ गर्दै नगर प्रमुख थापाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भन्ने युवाहरुमा सोच आउनु राम्रो भएको बताउदै उनले अव मानिसले छाला सम्बन्धि जस्तोसुकै स्वास्थ्य सेवा लिन यस स्किन केयरले भरपर्दो सेवा पुरयाँउने विश्वास व्यक्त गरे ।

नगर उप प्रमुख रेगिना भट्टराईले छालाको उपचार पद्धति महंगो रहेको भन्दै यसलाई सबै नागरिकको पहुँचमा रहन सक्ने बनाउन सुझाव दिईन् ।

स्किन केयर शुभारम्भको अवसरमा स्किन केयरका छाला रोग सम्बन्धि विषेशज्ञ डा. अनिल तिम्सिनाले नेपालमा हाल बढ्दो धुवाँ धुलो र वायु प्रदुषणका कारण छाला सम्बन्धि समस्या बढ्दै गएको उल्लेख गरे । समयमै समस्याको पहिचान गरे छाला सम्बन्धिका बिभिन्न रोगबाट बच्न सकिने उनले सुनाए ।
उक्त स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष राजु खड्का, लायन्स अगुवा बबरजंग थापा लगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

नेपालमै पहिलो पटक बडिल्याब मेसिनबाट उपचार गरिने भन्दै स्किन केयरका अध्यक्ष समेत रहेका अधिकारीले काठमाण्डौ उपत्यका पछि डेजी स्किन केयरमा मात्रै यसको सेवा रहेको जानकारी दिए । प्राकृतिक रुपमा शरीरको वजन घटाउन र शारीरिक फिटनेश राख्न यो मेसिनको प्रयोग हुने उनको भनाई छ ।

आफनो सेवा शुभारम्भका अवसर पारेर संस्थाले केहिदिनका लागि ओपीडि निशुल्क तथा अन्य सेवामा भने ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गाउँपालिका अध्यक्ष राईलाई डेंगु संक्रमण, कमल नगर अस्पतालमै उपचार

दमक/ कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई डेंगु संक्रमण भएको छ । सरकारी स्वामित्वको कमल नगर अस्पतालमा मंगलबार गरिएको स्वास्थ्य परिक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको हो ।

दुई दिनदेखि उच्च ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि अध्यक्ष राई मंगलबार दिउँसो क्याम्पास्थित कमल नगर अस्पतालमा परिक्षणका लागि गएका थिए । अध्यक्ष राईले स्वास्थ्य बीमा कार्डको प्रयोग गरी अस्पतालबाट सो सेवा लिएका हुन ।

राईले सरकारी स्वामित्वको सो अस्पतालको सेवाप्रति सर्वसाधारण नागरिकहरुको विश्वास बढाउन पालिकामा सञ्चालित अस्पतालमै स्वास्थ्य परिक्षण गराई आवश्यक उपचार सेवा समेत लिइरहेका छन । अध्यक्ष राईले भने–अस्पतालको सेवाप्रति हामी विश्वस्त छौं र आम कमलबासीलाई विश्वस्त भएर सेवा लिन अपिल गरेका छौं । अध्यक्ष राईले स्वास्थ्य परिक्षण पश्चात आफनो अवस्थासँगै अस्पतालको सेवाबारे नागरिकहरुलाई सुसुचित भई आवश्यकता अनुसार सेवा लिन अपिल पनि गरेका छन ।
गाउँपालिकाका स्वास्थ्य निरिक्षक दिपक दाहालका अनुसार सो गाउँपालिका अन्तर्गतको कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीमा डेंगु परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य विभागको सर्कुलर अनुसार दैनिक डेंगु संक्रमितको तथ्याङक उपलब्ध गराउन भनिएको पनि निरिक्षक दाहालले बताए ।

उनले पालिकामा डेंगु संक्रमणबाट जोगिन आवश्यक जनचेतना अभिवृद्धी तथा सरसरफाई सम्बन्धि सचेतनामा जोड दिँदै बुधबार केर्खामा डेंगु लगायतका किटजन्य रोगको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एन.आर.एन.ए लाई सबैको,सधैंको बनाउनु पर्छ : मोतीलाल खरेल

काठमाडौं / हाल बेलायत बसोबास गर्नुहुने गुल्मी मुसिकोटका मोतीलाल खरेल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवार बन्नुभएको छ ।

२०२३-२५ कार्यकालका लागि यही जुलाई महिनाको २२ तारीखका दिन हुन लागेको एन.आर.एन.ए. बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवारी दिएको खरेलले जानकारी दिनुभयो ।

सन् २००६ मा बेलायत आएर हाल व्यवसाय गर्दै आउनु भएका खरेलले आफ्नो क्षेत्रमा आपत् बिपदमा परेका हरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

एन.आर.एन.ए गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्नु पर्ने संस्था भए पनि हाल झोला बोकेर खाली पदका लागि मात्र उम्मेद्धार बन्ने भएकोले आफ्नो विजय पछि फरक प्रकृति
बाट सदस्यहरु बनाउने र सदस्य लाई खाली भोटको लागि मात्र प्रयोग गर्ने कुरा लाई हटाएर सदस्यहरुलाई दिने सेवा, विभिन्न विषयमा परामर्श लगायतका कुरा लाई व्यवस्थित गर्ने, नेपाल सरकार संग समन्यन गरेर पाउने सदस्यले पाउने सुविधा उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नु भएको छ ।

एन.आर.एन.ए. बेलायत स्कटल्याण्ड राज्य समिति परिषद्मा नवीन सोच भएका व्यक्ति हरुको समुह नैं निर्वाचनमा होमिएको छ । सुदृढ र एकताबद्ध एन.आर.एन.ए.का लागि अध्यक्षमा दिवाकर पाण्डेको टीम लाई विजय गराउन सम्पूर्ण बेलायत बसी एन.आर.एन.एका सदस्य हरुमा आग्रह गर्नु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा रोपाना वेलनेस सेन्टर सञ्चालनमा

दमक/ मांसपेशी दुखाईका समस्याहरुको निदानका लागि विभिन्न थेरापी (स्पा) विधिबाट उपचार तथा परामर्श सेवा दिने उद्धेश्यले दमकमा रोपाना वेलनेस सेन्टर सञ्चालनमा आएको छ ।

थाना रोडमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी डा. अनुप पोखरेल, फिजियोथेरापीस्ट विनोद भट्टराई र शम्भु निरौलासहितको टिमले यो सेन्टर सञ्चालनमा ल्याएको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले सो सेन्टरको १ साउनमा औपचारिक उदघाटन गरेका छन ।

सेन्टरमा एकैपटक ७ जना सम्मले विभिन्न प्रकारका थेरापी विधिबाट मांसपेशीहरुको दुखाई, नसा च्यापिएको, ढाड दुखाई लगायतका समस्याहरुबारे उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्न सकिने सञ्चालक समेत रहेका फिजियोथेरापिष्ट भट्टराईले जानकारी दिए ।

सो सेन्टरमा मसाज थेरापी, कपिङ थेरापी, पञ्चकर्म, फिस थेरापी लगायतका विभिन्न प्रकारका थेरापीहरुको विधिबाट सामान्य अवस्थाका जो कोहीले पनि शारिरीक तन्दुरुस्ती र स्वस्थ रहनका लागि यसलाई उपयोग गर्न सक्ने भट्टराईले बताए ।

 

भारतको बैंग्लोरमा फिजियोथेरापी सम्बन्धी पाँच बर्षे ब्याचलर्स कोर्ष गरेर सो बिषयमा दुई बर्षे स्नाकोत्तर समेत हासिल गरेका भट्टराईले पछिल्लो समय स्पा अर्थात मसाज विधिबाट नशा सम्बन्धिका धेरै पुराना समस्याहरुको समेत उपचार गरी निदान गर्न थालिएकोले यहाँको आवश्यकतालाई मध्यनजर गरेर यो सेन्टर सञ्चालनमा ल्याइएको बताए ।
स्पा विधिबाट साधारण अवस्थामा रहेका शारिरीक र मानसिक समस्याहरुको समेत हल गर्न मद्धत पुग्ने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पर्यटकीयस्थल सताक्षीधामको आर्कषण बढ्दै

झिलझिले, धार्मीक तथा ऐतिहासिक महत्व बोकेको झापाको शिबसताक्षी–११ मा अवस्थित धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको आर्कषण बढ्दै गएको छ ।

शिबसताक्षी–११ झिलझिलेबाट घना जङ्गल र चुरे पहाडबीच अवस्थित सताक्षीधाम पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल हो । सताक्षीधामको पहिचानको रुपमा निर्मित श्रीडिगम्बरश्वोर शिबालय मन्दिरमा गजुर स्थापना गरिएको सताक्षीधाम धार्मीक तथा पर्यटन विकास समितिका उपाध्यक्ष तथा गजुर निर्माण समितिका संयोजक उदयप्रकाश राईले जानकारी दिनुभयो ।

उपाध्यक्ष तथा गजुर निर्माण समितिका संयोजक राईका अनुसार सताक्षीधामको ऐतिहासिक धार्मीक तथा पौराणिक महत्वलाई बचाउनका लागि डिगम्बरस्वर शिवालय मन्दिरमा गजुर स्थापना गरिएको हो । सताक्षीधाम परिसरभित्रकै सवै पुरानो मन्दिर समेत रहेको डिगम्बरश्वर शिवालय मन्दिरमा गजुर स्थापना भएपछि सताक्षीधामको आर्कषण बढ्ने उपाध्यक्ष राईले बताउनुभयो ।

वहाँले धेरै समयपछि आउने होस यार पहिलो पटक आउने दर्शानार्थीहरुको लागि सताक्षीधामको धार्मीक महत्व र यसका पौराणिक महिमाले थप धेरै चर्चा पाउने तर्क गर्नुभयो ।

सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास समितिका अध्यक्ष तुला बोखिमका अनुसार समितिको बैठकद्धारा डिगम्बरश्वर शिवालय मन्दिरमा गजुर स्थापना गर्ने निर्णय भएको र निर्माणका लागि उपाध्यक्ष राईको संयोजकत्वमा एक उपसमिति गठन गरिएको हो । गजुर निर्माण उपसमितिका संयोजक समेत रहनुभएका सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास समितिका उपाध्यक्ष राईले साउनको पहिलो साताभित्र गजुर निर्माण कार्यहरु स्रम्पन्न हुने र त्यसलाई विधीपुर्वक पुजापाठ गरिने बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

‘रोटरीले समाजमा चाहिने मात्र सेवा पुरयाँउने छ ‘ एसिस्टेन्ट गर्भनर सन्दिप चापागाई

दमक । रोटरी क्लव वर्ष (सन् २०२३ –०२४ ) का एसिस्टेन्ट गर्भनर सन्दिप चापागाई (दिपु ) ले रोटरी अभियानलाई सार्थक बनाउन आफूले काम गर्ने बताएका छन् । झापाको मेचीनगर, काकड्भिट्टा, कन्काईको रोटरी क्लव अफ सुरुङा र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई हेर्ने जिम्मेवारी पाएका उनले यसवर्ष रोटरी इन्टरनेशनलले लक्ष्य लिएको उद्देश्य पूरा गर्न सक्रिय रहने उल्लेख गरे।रोटरीको यो वर्ष ‘संसार भरि आशाको निर्माण गर्नु’ भन्ने नारा छ ।

रोटरी क्लव अफ दमकको वर्ष (२०१९ –२०) का अध्यक्ष लगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका उनले रोटरी क्लवहरुको समन्वयमा काम गर्ने बताउदै त्यसका लागि रोटरी सदस्य मात्र नभएर हरेक नागरिकको भूमिका खाँचो भएको सुनाए ।

विहिबार दमकमा सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा चापागाईले रोटरीको सात सिद्धान्तसंगै समाज बदल्न विभिन्न कार्यक्रमहरु गरिने जानकारी दिए । उनका अनुसार रोटरी क्लवहरुले मानसिक स्वास्थ्य तथा कोभिड पछि समुदायलाई जागृत गराउने विभिन्न गतिविधिहरु सञ्चालन गरिने छ । समाजलाई बदल्न नै रोटरी लाग्ने उनको भनाई छ ।

उनले भने,–‘ रोटरीले समाजमा चाहिने मात्र सेवा पुरयाँउने छ ’डिस्ट्रिक ३२९२ अन्तर्गत भुटानका एकसहित देशभरि १५४ वटा रोटरी क्लवहरु सञ्चालित छन् । कोशी प्रदेशमा उनीसहित ५ जना एसिस्टेन्ट गर्भनर मनोनित भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्