Friday, November 29, 2024
Home Blog Page 308

श्‍वेतपत्र हैन कम्युनिस्टहरूको लालपत्र : विश्वप्रकाश शर्मा

काठमाडौं / नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्रले देशको आर्थिक अवस्थालाई नकरात्‍मब रूपमा प्रस्तुत गरेर जनतामा निराशा दिएको बताएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको सरकारको श्वेतपत्र नभएर कम्युनिस्टहरूको ‘लालपत्र’ भएको नेपाली कांग्रेसको भनाइ छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर श्वेतपत्रबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

उनले देशले राजनीतिक स्थायित्व प्राप्त गरेको बेला अर्थमन्त्रीले आर्थिक तथ्यांकहरूको तोडमोड गरेर देशको वर्तमान अर्थतन्त्रबारे गलत सन्देश दिएको बताए। उनले विगतमा सरकारले आर्थिक क्षेत्रमा गरेका राम्रा कामलाई नदेखाएको र तथ्यांकहरूलाई अतिरञ्जनापूर्ण ढंगबाट प्रस्तुत गरेको बताए।

६ प्रतिशतको आर्थिक वृद्धिदर भइरहेको बेला बनेको सरकारले विगतलाई नराम्रो देख्ने र अब हुने आर्थक वृद्धि आफूले मात्रै गरेको देखाउन खोजेको प्रवक्ता शर्माको भनाइ थियो। उनले भने, ‘इतिहास आजबाट सुरु हुन्छ भन्ने प्रवृति हो यो।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पुँजीवाद पिठो बेच्न सिपालु

0

प्रदीप नेपाल

दुःखको कुरा विश्वयुद्धसँग कुनै सरोकार नभएको नेपालका साठी हजार युवाहरूले विश्वयुद्धको बलिबेदीमा आफूलाई होम्नुपर्यो ।
नेपाली सेना हुँदैनथ्यो भने हिटलरलाई बेलायती सेनाले हराउन सक्ने थिएन । तर पुँजीवादको बलियो खम्बा भएको बेलायतले कहिल्यै नेपाली सेनाको यस्ता वीरतापूर्ण कारवाहीको सम्मान गरेन ।

पुँजीवाद आएकोमा धेरै नेपालीहरू खुसी भयौँ तर पुँजीवाद सबैभन्दा स्वार्थी, अपराधी र जनविरोधी राजनीतिक प्रणाली हो । संवेदना र भावना मरेको राजनीतिक प्रणाली हो। पुँजीवादमा धनीहरू झनझन् धनी हुँदा छन् र गरिवहरू झनझन् गरिव भइरहेका छन् । यो चक्र पुँजीवादी व्यवस्था भएसम्म रहिरहनेछ । पुँजीवादलाई मनपर्ने चरित्र भनेको युद्ध हो । पहिलो विश्वयुद्ध युरोपका उपनिवेशवादी मुलुकहरूको आपसी झगडाका कारण भएको थियो । दोस्रो विश्वयुद्धले संसारलाई दग्ध बनायो। तर राम्रो के भयो भने विश्वयुद्धका थालनीकर्तालाई पराजित गरे प्रतिपक्षीहरूले। सुरु भएको झण्डै छ वर्षपछि त्यसको अन्त्येष्टि भयो। तर दुःखको कुरा विश्वयुद्धसँग कुनै सरोकार नभएको नेपालका साठी हजार युवाहरूले विश्वयुद्धको बलिबेदीमा आफूलाई होम्नुपर्यो ।
नेपाली सेना हुँदैनथ्यो भने हिटलरलाई बेलायती सेनाले हराउन सक्ने थिएन । तर पुँजीवादको बलियो खम्बा भएको बेलायतले कहिल्यै नेपाली सेनाको यस्ता वीरतापूर्ण कारवाहीको सम्मान गरेन । त्यसैले कम्तीमा पनि नेपाली सेनाको कामको सम्मान होस् भनेर अहिले पनि भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा शान्तिपूर्ण आन्दोलन गरिरहनुपरेको छ । दोस्रो विश्वयुद्धको समाप्ति नै पुँजीवादी युद्धको समाप्ति भएन । अमेरिकाले भियतनाममा आक्रमण गर्यो । उसले त्यहाँ दोस्रो विश्वयुद्धमा खसालेको भन्दा दोब्बर बम खसाल्यो । बस्तीका बस्ती, गाउँमा खसालेका ती बमका गोलाहरू कति जनधनको विनास गर्यो होला, अहिले अनुमान गर्न सकिन्न । तर अमेरिका भियतनाममा पराजित भयो र आफ्ना आधा लाख सैनिक चिहानमा पुर्दै फनक्क फर्किएर अमेरिकातिर लाग्यो। त्यसभन्दा अघि अमेरिकाले उत्तर कोरियाली भूभागमा बम खसाल्यो। ध्वस्त भए शहरहरू । बमले उडाइए गाउँहरू । अन्त्यमा कोरियालाई विभाजित गरेपछि अमेरिका चुप लागेर बस्यो । अहिले राजनीतिक र नैतिक हिसाबले पराजित भइसक्दा पनि अमेरिकाले उत्तर कोरियाका विरुद्ध आफ्नो भाषण युद्ध छोड्न सकेको छैन। सबैभन्दा पछिल्लो समय मध्यपूर्व दनदनाएर बलेको छ। यसको पछाडि पनि अमेरिकाको हात छ । किन ? कोही पनि यसको उत्तर दिन तयार छैनन्। दोस्रो विश्वयुद्धका विजेता राष्ट्रहरूले बनाएको संयुक्त राष्ट्रसंघ पनि यस्ता नरसंहारकारी युद्धप्रति मौन दर्शक भएर अमेरिकाको म्यानहटनमा ठिंग उभिएको छ । किन ? किनभने अहिले पनि पुँजीवादी मुलुकहरू विश्वलाई आफ्नो क्रीडास्थल ठान्छन् र विश्वको जुनसुकै कुनामा रैँदालो मच्चाउनु आफ्नो अधिकार हो भन्ने तर्क अघि सार्छन् । एकपटक बलियो भएको अन्तर्राष्ट्रिय असंलग्न आन्दोलन सारतः साम्राज्यवादविरोधी थियो । तर तत्कालको समाजवादले यसलाई बुझ्न र सघाउन सकेन । त्यसैले पुँजीवादलाई पराजित गर्ने एउटा अवसर समाजवादले गुमायो । समाजवादी चिन्तकहरूले समाज विकासको वैज्ञानिक नियमको आधारमा पुँजीवादपछि समाजवाद आउँछ भने । तर तिनले भनेजसरी पुँजीवादको गर्भबाट समाजवाद जन्मिएन । पुँजीवादको गर्भबाट पुँजीवादै जन्मियो । पुँजीवादले पुँजीवादलाई नै जन्माएको हुनाले पुँजीवाद मरेन । कहिले त्यो उदार भयो, कहिले त्यो अतिवादी भयो, कहिले त्यो राष्ट्रवादी भयो । धेरैजसो त्यो आक्रमणकारी भयो । पछिल्ला समाजवादीहरूले पुँजीवादको यो नाटकलाई बुझ्न सकेनन् । त्यसैले समाजवादी मुलुकले पुँजीवाद तथा साम्राज्यवादविरोधी शक्तिलाई बल प्रदान गर्न सकेनन् । एकपटक बलियो भएको अन्तर्राष्ट्रिय असंलग्न आन्दोलन सारतः साम्राज्यवादविरोधी थियो । तर तत्कालको समाजवादले यसलाई बुझ्न र सघाउन सकेन । त्यसैले पुँजीवादलाई पराजित गर्ने एउटा अवसर समाजवादले गुमायो । ढललाई पानीमा मिसाएर त्यसलाई पानी हो भन्ने क्षमता पुँजीवादसँग छ । समाजवादसँग त्यो क्षमता छैन । ऊ आफ्ना राम्रा कामहरूको प्रचार गर्न पनि जान्दैन । यो कुनै आरोप होइन । पुँजीवादीहरूले प्लास्टिकको प्रवद्र्धन गरे । सारा संसार प्लास्टिकमय भयो । आफूले प्लाष्टिक उत्पादनबाट खर्बाैं डलर कमाइसकेपछि पुँजीवादका वैज्ञानिकहरूले प्लास्टिक संसारको सबैभन्दा फोहोर, स्वास्थ्यविरोधी उत्पादन हो भनेर आतंक पैmलाए । के तिनलाई उत्पादनको आरम्भमै यो जानकारी थिएन ? थियो । तर तिनले पुँजीवादी साहुहरूका लागि सत्य लुकाएर प्लास्टिक प्रवद्र्धन गरे । मैले चिनी रोगसम्बन्धी अनुसन्धानको एउटा रिपोर्ट पढेको थिएँ कुनै अंग्रेजी खबर कागजमा । पहिले ‘सुगर लेभल’ १४० थियो रे ! अर्थात १३० हुँदासम्म पनि डराइहाल्नु नपर्ने । पछि त्यो लेभल १२५ मा झरेछ अनायास । कारण खोज्दै जाँदा के पत्ता लागेछ भने त्यो सुगर लेभल नाप्ने नयाँ अनुसन्धाताको एघार जनाको टिममा आठ जनाचाहिँ सुगर औषधि उत्पादन गर्ने कम्पनीका सल्लाहकार थिए रे ! यो मैले पढेको कुरा हो । पुँजीवाद यस्तो अपराधलाई अपराध मान्दैन तर समाजवादीहरू आफ्ना राम्रा कामहरूको प्रचार पनि गर्न सक्दैनन् । क्युवाको स्वास्थ्य सेवा संसारको सबैभन्दा उन्नत छ रे ! यो मैले क्युवा भ्रमण गरेर फर्किएका डाक्टरहरूबाट सुनेको कुरा हो । तर धनी र सरकारी नेपालीहरू आफ्नो रोगको उपचार गराउन अमेरिकाको न्यूयोर्क जान्छन् तर जाँदैनन् कोही क्युवा । उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया)को वर्तमान परिचय एउटा डरलाग्दोे तानाशाहको शासन भएको छ । तर मैले १० जनाजति सर्जकको संस्मरण पढेँ उत्तर कोरिया भ्रमणको । उनीहरूको लेखनीअनुसार उत्तर कोरिया केटाकेटीहरूको स्वर्ग हो । मान्छे हँसिला खुसिला नै देखिन्छ । जता गयो त्यतै फराकिलो बाटो मात्र देखिन्छ । ठूलाठूला होटलहरू छन् । नाचगान पनि भएकै छन् । यो ती सर्जकहरूको व्यक्तिगत भोगाइको अभिव्यक्ति हो । उसै पनि अन्तर्राष्ट्रिय खेलहरूमा उत्तर कोरियाको स्थिति हाम्रो जस्तो निराशाजनक छैन । खानै नपाउने गरिब भएका भए तिनले यस्तो उपलब्धि पाउने पनि थिएनन् म स्वयम्ले दुई शत्रु राष्ट्र उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेको छु । उत्तर कोरियामा म गाडीमा गुडेँ । रेल चढेँ । ढुंगाबाट कपडा उत्पादन गर्ने कारखाना पनि देखेँ र एउटा गहु्रँगो सेतो साडी पनि किनेँ । म गाउँ पुगेँ । गाउँको रेल स्टेशनमा झण्डै एक घण्टा आराम गरेँ । लुम्फिनी (भनेको हाम्रो लुम्बिनी) पार्क पनि पुगेँ । तर, मैले कतै माग्ने भेटिनँ । सन् २००० मा म अमेरिका पुगेँ । वासिंटनको डुपोण्ट सर्कलमा ‘वन डलर प्लिज’ भन्ने माग्ने भेटेँ । तातो पानीका ढलहरूमाथि वाफ तापिरहेका बुढाबुढीहरू पनि भेटेँ । अर्थात पुँजीवाद पिठो बेच्न सिपालु छ, समाजवाद चामल बेच्न पनि जान्दैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

करिष्माको क्रेज

0
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

फोनिजको अध्यक्षमा पुनः डण्ड गुरुङ

दमक/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ संघीय महाधिवेशनबाट डण्ड गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार मध्यराति सम्पन्न भएको महाधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फको उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर, महासचिवमा मनोज घर्तीमगर चयन भएका छन् । यसैगरी, मिलन लिम्बू संगठन सचिव, जगत दोङ संस्थागत सचिव, कमन देवान अल्पसंख्यक सचिव, अमरध्वज लामा कोषाध्यक्ष र अञ्जना शिल्पकार सहकोषाध्यक्षमा निर्वाचित भएका हन् ।
यसैगरी, प्रदेश–१ को इञ्चार्जमा दिपिन राई, प्रदेश–२ को इञ्चार्जमा निरज पिठाकोटे मगर, प्रदेश–३ को इञ्चार्जमा समिर बलामी, प्रदेश–४ को इञ्चार्जमा हुमबहदुर गुरुङ, प्रदेश–५ को इञ्चार्जमा देव पचभैया मगर, प्रदेश–६ को इञ्चार्जमा अशोक राजी र प्रदेश–७ को प्रादेशिक इन्चार्जमा रामचन्द्र कुश्मी चयन भएका छन् ।
यस्तै, संस्थागत सदस्यतर्फ दीपेन्द्र राई, मनोज घर्तीमगर, चन्द्र पन्दाक लिम्बू, अनिता गुरुङ, नृपेन्द्रलाल श्रेष्ठ, विष्णुकुमार तामाङ, फुर्कीमा शेर्पा, सीताराम चौधरी निर्वाचित भएका छन् । यसैगरी, खुलातर्फको केन्द्रीय सदस्यमा वुद्धवीर वाहिङ राई, विश्वराज तामाङ, केदार मगर, राजु चौधरी, विजयबोध लावती निर्वाचित भएका छन् भने महिलातर्फको केन्द्रीय सदस्यमा सञ्चु ब्लोन तामाङ, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ निर्वाचित भएका छन् । यस्तै, ख्याम भुजेल र मिलाकुमारी दरै अल्पसंख्यकबाट सदस्य भएका छन् भने साहीमान राई लेखा समितिको संयोजकमा चयन भएका छन् । सुन्दर तरामु, रामकुमारी श्रेष्ठ (रुवी) लेखा समितिको सदस्य चयन भएका छन् । खुलातर्फको केन्द्रीय सदस्य र महिला सदस्य गरी नौ जनाका लागि निर्वाचन भएको थियो भने अध्यक्षसहित बाँकी सबै पदमा निर्विरोध भएको थियो ।

१. डण्ड गुरुङ अध्यक्ष निर्विरोध
२. गजुरधन राई वरिष्ठ उपाध्यक्ष निर्विरोध
३. लक्की चौधरी उपाध्यक्ष निर्विरोध
४. देविका घर्तीमगर उपाध्यक्ष (महिला) निर्विरोध
५. मनोज घर्तीमगर महासचिव निर्विरोध
६. मिलन लिम्बु सचिव (संगठन) निर्विरोध
७. जगत दोङ सचिव (संस्थागत) निर्विरोध
८. कमन देवान सचिव (अल्पसंख्यक) निर्विरोध
९. अमरध्वज लामा कोषाध्यक्ष निर्विरोध
१०. अञ्जना शिल्पकार सह–कोषाध्यक्ष निर्विरोध
११. दिपीन राई प्रादेशिक ईन्चार्ज, प्रदेश १ निर्विरोध
१२. निरज पिठाकोटे प्रादेशिक ईन्चार्ज, प्रदेश २ निर्विरोध
१३. समिर बलामी प्रादेशिक ईन्चार्ज, प्रदेश ३ निर्विरोध
१४. हुमबहदुर गुरुङ प्रादेशिक ईन्चार्ज, प्रदेश ४ निर्विरोध
१५. देव पचभैया प्रादेशिक ईन्चार्ज, प्रदेश ५ निर्विरोध
१६. अशोक राजी प्रादेशिक ईन्चार्ज, प्रदेश ६ निर्विरोध
१७. रामचन्द्र कुश्मी प्रादेशिक ईन्चार्ज, प्रदेश ७ निर्विरोध
१८. दिपेन्द्र राई संस्थागत सदस्य, किरात राई पत्रकार संघ निर्विरोध
१९. मनोज घर्तीमगर संस्थागत सदस्य, मगर पत्रकार संघ निर्विरोध
२०. चन्द्र पन्दाक लिम्बू संस्थागत सदस्य, लिम्बू पत्रकार संघ निर्विरोध
२१. अनिता गुरुङ संस्थागत सदस्य, तमू (गुरुङ) सञ्चारकर्मी संघ निर्विरोध
२२. नृपेन्द्रलाल श्रेष्ठ संस्थागत सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबु निर्विरोध
२३. विष्णुकुमार तामाङ संस्थागत सदस्य, तामाङ पत्रकार संघ निर्विरोध
२४. फुर्किमा शेर्पा संस्थागत सदस्य, शेर्पा सञ्चार समूह निर्विरोध
२५. सिताराम चौधरी संस्थागत सदस्य, थारु पत्रकार संघ निर्विरोध
२६. विश्वराज तामाङ सदस्य, खुल्ला निर्वाचित
२७. वुद्धवीर वाहिङ राई सदस्य, खुला निर्वाचित
२८. केदार मगर सदस्य, खुला निर्वाचित
२९. राजु चौधरी सदस्य, खुला निर्वाचित
३०. विजयबोध लावती सदस्य, खुला निर्वाचित
३१. सञ्चु ब्लोन सदस्य, महिला निर्वाचित
३२. सरिता श्रेष्ठ सदस्य, महिला निर्वाचित
३३. लक्ष्मी चौधरी सदस्य, महिला निर्वाचित
३४. उषा तामाङ सदस्य, महिला निर्वाचित
३५. ख्याम भुजेल सदस्य, अल्पसंख्यक निर्विरोध
३६. मिला कुमारी दरै सदस्य, अल्पसंख्यक निर्विरोध
३७. साहीमान राई संयोजक, लेखा समिति निर्विरोध
३८. सुन्दर तरामु सदस्य, लेखा समिति निर्विरोध
३९. रुवी श्रेष्ठ सदस्य, लेखा समिति निर्विरोध

काठमाडौंबाट जारी घोषणा–पत्र

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ‘व्यावसायिक पत्रकारिताका लागि पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नारा सहित २०७४ चैत २३–२४ मा सम्पन्न छैटौं संघीय महाधिवेशन, संघीय राजधानी काठमाडौंले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकरहितप्रति पूर्ण प्रतिवद्ध रहँदै १० बुँदे ‘संघीयतामा समावेशी मिडिया–२०७४’ घोषणा–पत्र जारी गर्दछ,

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रको सुन्दर गहनाका रुपमा रहेका सम्पूर्ण आदिवासी जनजाति, भाषारभाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचान सहित प्रदेशको नामाकरण गर्न संघीयरप्रदेशरस्थानीय सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।

२. संघीयता, समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै जातरजाति, भाषाभाषी, लिङ्ग र क्षेत्रलाई उचित स्थान दिई सही व्याख्या गर्न यो महाविधेशन माग गर्दछ ।

३. आदिवासी जनजातिका प्रथाजन्य संस्कृति विरुद्धका ऐन कानूनहरु तत्काल खारेज गर्न यो महाधिवेशन तीनै तहका सरकारसँग जोड्दार माग गर्दछ ।

४. अधिकारका लागि आदिवासी जनजातिले विभिन्न आन्दोलन सञ्चालन गरेको आरोपमा पक्राउ परी थुनामा रहेकाहरु अधिकारकर्मी आदिवासी जनजाति नेताहरुको न्यायिक छानवीन गरी सामाजिक र राजनीतिक रुपमा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई महाधिवेशन माग गर्दछ ।

५. विभिन्न भाषा भाषीमा प्रकाशित पत्रपत्रिका, प्रशारित कार्यक्रमहरुलाई प्रोत्साहन र सम्बद्र्धन गर्न सहुलियतमा सामग्री उपलब्ध गराउन अनुदान, सहुलियतमा ऋण, समानुपातिक विज्ञापन वितरण र सहज पहुँचको वातावरण बनाउन राज्यसँग यो महाधिवेशन माग गर्दछ ।

६. आदिवासी जनजातिहरुको भाषा, संस्कृति र विविधतालाई कायम राख्न मातृभाषामा प्रकाशित पत्रपत्रिकाहरुलाई प्रेस काउन्सीलमा सम्बन्धित भाषा विज्ञसमेतको छुट्टै विभागद्वारा सम्परिक्षण गरी मूलधारका पत्रपत्रिका सरह मान्यता दिई सेवा सुविधा उपलब्ध गराउन यो महाधिवेशन माग गर्दछ ।

७. सरकारी सञ्चार माध्यममा विभिन्न मातृभाषामा काम गर्ने पत्रकारहरुलाई सबै पदमा बढुवा हुन पाउने गरी नियमावली परिवर्तन गर्न माग गरिन्छ । साथै, सबै सञ्चार गृहमा समाचार कक्ष पूर्ण समावेशी, लैंगिक मैत्री बनाउन यो महाधिवेशन माग गर्दछ ।

८. आमसञ्चार सम्बन्धी उच्चस्तरीय समितिले सिफारिस गरेको आमसञ्चार नीति सम्बन्धि प्रतिवेदनको आधारमा बनेको नीति पूर्ण कार्यान्वयन गर्दै आगामी दिनमा बन्ने सञ्चारसँग सम्वन्धित ऐन कानुनहरु पूर्णत समावेसी सिद्धान्तका आधारमा निर्माण गर्न यो महाधिवेशन माग गर्दछ ।

९. समृद्ध नेपाल निर्माणका लागि प्रेस मैत्री सरकार, प्रादेशिक ढाँचामा समावेशी मिडिया, समानताका लागि सबैको सहज पहुँचको वातावरण बनाउन तीनै तहका सरकारसँग यो महाधिवेशन माग गर्दछ ।

१०. व्यस्तताका बाबजुद निमन्त्रणालाई स्वीकार गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं महाधिवेशनको प्रमुख अतिथिका रुपमा समुद्घाटन गरिदिनु भएकोमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई महाधिवेशन विशेष कृतज्ञता अर्पण गर्दछ । साथै फोनिजको निमन्त्रणालाई स्वीकार गरी समुद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुने नेपाल सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री माननीय गोकुलप्रसाद बास्कोटाप्रति हार्दिक आभार व्यक्त गर्दछ । समुद्घाटनमा उपस्थित सबै संघरसंस्थाका प्रतिनिधि, महाधिवेशन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मण्डल, निर्वाचन समितिलाई महाधिवेशन विशेष धन्यवाद ज्ञापन गर्दछ । साथै यो महाधिवेशनलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, शुभेच्छुक, सुरक्षा निकाय, हल उपलब्ध गराउने नेपाल पुलिस क्लब, सबै प्रदेश, जिल्लाका प्रतिनिधि पर्यवेक्षकप्रति महाधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा हात्तीको त्रास

दमक/ दमक शनिवार राती ३ वटा हात्ती गाउँ पसेपछि स्थानीय आतंकित भएका छन् । राती दमकको हाटखोला तथा नमूना मार्ग नजिक हात्ती प्रवेस गरेपछि भागदौड मच्चिएको थियो ।
स्थानीय शंकर रोक्का अनुसार हात्ती बस्तीमा प्रवेस गरेपछि स्थानीयहरु त्रसित भएका थिए । हात्तीले ठूलो क्षति नपुर्याएपनि एकजना भने गम्भिर घाइते गराएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार हात्ती बजारमा प्रवेस गरेपछि भागदौड हुदा नमूना मार्गमा रहेका सुरक्षा गार्ड ज्ञानबहादुर साँवा घाइते भएका हुन् । उनको लाइफलाइन अस्पतालमा उपचार गराइएको छ ।
सोही स्थानमा हात्तीले एक गाइलाई घाइते बनाएको छ । हात्तीको दाराले गाइको भूडिमा हानेको थियो । स्थानीय बंगाली दादाले पालेको गाइको आन्द्रा भूडि बाहिर निस्केको भएपनि पशु प्राविधिक आएर उपचार गरेको बताईएको छ । राती नै हात्तीहरु चुरेक्षेत्र चुलाचुलीतर्फ लखेटिएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

माटो लिन गएकी महिलाको पुरिएर मृत्यु

मोरङ/ माटोको ढिस्कोले पुरिएर लेटाङ नगरपालिका ९ की भगिमाया दुलालको मृत्यु भएको छ।
२४ वर्षीया दुलालको आइतबार बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्काले पुर्दा दुलालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

श्रीजंगाको पूर्णकदको प्रतिमा निर्माण गरिन्दैं

दुधे/ किराँत समुदायमा लिम्बु लिपि, मुन्धुम र भाषा–साहित्यका प्रर्वतक श्रीजंगाको स्मृतिमा झापाको शिबसताक्षी–७ व्याङ्गडाडा चौकमा पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । श्रीजगा प्रतिमा निर्माण समितिले शनिबार व्याङ्गडाडामा आयोजना गरेको एक कार्यक्रमवीच नगर प्रमुख चन्द्रकुमार शेर्माले प्रतिमाको शिलान्यास गरेका छन् ।
श्रीजंगा निर्माण समितिका अध्यक्ष चन्द्रप्रकाश लिङदेनको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर प्रमुख शेर्माले सवै जाति, धर्म, संस्कृति, भाषा र साहित्यको विकासमा नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताएका थिए । नगर प्रमुख शेर्माले ऐतिहासिक तथा पुरातात्विक पक्षलाई उजागर गर्ने र जाति, धर्म र संस्कृतिको पहिचानलाई बचाइराख्ने भौतिक निर्माणमा स्थानीयवासीको सक्रिय सहभागिता हुन आवश्यक रहेको औल्लाए ।
शिलान्यास कार्यक्रममा निर्माण समितिका अध्यक्ष चन्द्रकुमार लिङदेनले लिम्बु समुदायका नक्षत्र श्रीजंगाको स्मृतिमा पूर्णकदको प्रतिमा निर्माण गर्न लागेको बताए । उनले अहिलको आधुनिक समाज निर्माणकर्ता किराँत लिम्बु लिपि, मुन्धुम र भाषा–साहित्यको प्रर्वतक श्रीजंगाको प्रतिमा १६ दशमलव ३ फुट उचाईको हुने जानकारी दिए । अध्यक्ष लिङदेनका अनुसार प्रतिमा ६ फूटको रहने छ । त्यस्तै, जमिनभित्र पाँच फूट गहिराइमा जग, जमिनमा ३ फुट गोलाईको उचाई र ७ दशमलब ३ फूट उचाईको पिलर रहने लिङदेनले जानकारी दिए ।
श्रीजंगाको प्रतिमा निर्माण समितिका सचिव बुद्धिराज लकसम्ले प्रतिमा निर्माणमा रु १० लाख अनुमानित खर्च हुने बताए । सचिव लक्समले देश–बिदेशमा रहेका दाजुभाई तथा दिदीवहिनी लगायत दाताहरुबाट सङकलन गरेको रुपैयाले प्रतिमा निर्माण गरिन लागेको बताए । उनले वडा नं ७ बाट एक लाख ५० हजार सहयोग रुपैया प्राप्त भएको जनाए ।
प्रतिमा निमाणलाई प्रभावकारी बनाउन निर्माण समितिले सहयोग अनुसार तहगत कार्यक्रमहरु सञ्चालन गरेको छ । एक हजारदेखी ५ हजारसम्म दिने दातालाई कदरपत्रसहित शिलालेखमा नाम राख्ने, पाँच हजारदेखी १० हजारसम्म दिने दाताको कदरपत्रसहित शिलालेखमा नाम राख्ने, १० हजारदेखी २५ हजारसम्म दिने दातालाई चाँदीको फ्रेममा कदरपत्रसहित शिलालेखमा नाम राख्ने, पचास हजारदेखी १ लाखसम्म दिने दाता दम्पतीको तस्विरसहित कदरपत्रले सम्मान र शिलालेखमा नाम राख्ने र एक लाखदेखी माथि दिने दानवीर दाताको तीनपुस्ते विबरणहरुसहित चाँदीको फ्रेम भएको कदरपत्र र शिलालेखमा नाम राख्ने भएको छ ।
सो अवसरमा नगर उपप्रमुख भोजकुमारी नेपाल र इलाका प्रहरी कार्यालय शिबगञ्जका प्रमुख प्रहरी नायव निरिक्षक दिलिप कुमार यादबले मन्तव्य राखेका थिए । निर्माण समितिका सचिव बुद्धिराज लक्मसले सञ्चालन गरेको कार्याक्रममा समितिका सदस्य मणिप्रसाद खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले लिम्बु मुन्धुम संस्कृति झल्कने केलाङ नृत्य प्रस्तुत गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विदेश भ्रमण फलदायी भएको प्रतिक्रियाः दुवै प्रधानमन्त्रीले भने नेपाललाई समृद्धी बनाउछौं

काठमाडौं/ राजनीतिक स्थायित्व प्राप्त भएपछि नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न भारत सकरात्मक देखिएको छ। छिमेकी राष्ट्र भारतको तीनदिने राजकीय भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले नेपालको समृद्धिको यात्रामा भारतीय सहयोगबारे सकरात्मक छलफल भएको बताएका हुन्। पत्रकार सम्मेलनको सुरुमा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको रिमोटबाट उद्घाटन गरिएको थियो । त्यस्तै, भारतले निर्माण गरेको वीरगन्ज संयुक्त चेकपोष्टको पनि उद्घाटन गरिएको थियो। उक्त चेकपोस्ट भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई हस्तान्तरण गरेका थिए ।
नेपाली भाषामा आफ्नो मन्तव्यको सुरुवात गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न भएको तीनवटै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएका थिए । उनले नेपालले सफतापूर्वक सम्पन्न गरेको निर्वाचन नेपालका लागि ठूलो सफलता भएको बताएका थिए । उनले नेपालको लोकतान्त्रले नेपालमा सफल रुपमा अवतरण गरेको बताए ।
निर्वाचनबाट नेपालले सन् २००६ मा सुरुवात गरेको शान्तिप्रक्रियालाई निष्कर्षमा र्पुयाएको मोदीको भनाइ थियो । उनले अब नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेको बताए । नेपालको राजनीतिक प्रगति देखेर भारत खुसी भएको मोदीको भनाइ थियो । छिमेकी देशको नाताले यो उपलब्धि भारतका लागि ठूलो खुसीको कुरा होु मोदीले भने । नेपालका प्रधानमन्त्री ओलीले आफूलाई नेपालको पछिल्लो राजनीतिक परिवर्तन र अबको यात्राबारे विस्तारमा बताएको मोदीले जानकारी दिए । उनले भने, ुतीव्र आर्थिक विकासको लक्ष्य लिएर अगाडि बढेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र खुसी नेपालीको बारेमा विस्तारमा बताउनुभएको छ । यसलाई साकार गर्नका लागि भारत कसरी सहयोग गर्नसक्छ भन्नेबारे हामीबीच छलफल भएको छ ।
े उनने प्रधानमनत्री ओलीको समृद्ध नेपाल खुसी नेपाली र आफूले भारतमा चलाएको सबका साथ सबका विकास अभियान पुरक बनेको पनि बताए। दुवै देशको जनताको साझा उद्येश्य र माग सुख शान्ति र समृद्धि भएको बताए । उनले नेपालको विकासमा भारत सहयोग गर्छ भन्नेबारे प्रधानमन्त्री ओलीलाई भरोसा दिलाएको बताए ।
नेपालको विकास र मृद्धिमा भारत सरकारले सहयोग गर्ने त्यसमा पनि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका आधारमा सहयोग गर्ने मोदीको भनाइ थियो । सगरमाथाको देशलाई सागरसम्मको बाटो, दिल्ली–काठमाडौं रेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले अब सागरसम्मको सम्बन्ध विस्तार गर्नेबारे ओलीसँग छलफल भएको बताएका छन् । उनले भारतले नेपाललाई समुद्रसम्म जोड्न एक्स्ट्रा कनेक्टिभिटी हुने बताए । त्यसबाट नेपाल ल्यान्ड लिंक्ड मात्रै नभएर वाटर लिंक्ड पनि बन्ने मोदीको भनाइ थियो। त्यस्तै मोदीले काठमाडौंलाई दिल्लीसँग जोड्न रेललाइन बिछ्याउने सहमति भएको पनि बताएका छन् । त्यस्तै यसपहिले भएका आयोजना निर्माणलाई तिव्रता दिने सहमति भएको मोदीको भनाइ थियो । उनले तेलको पाइपलाइन र तराइमा भारतीय सहयोगमा निर्माणाधिन सडकको निर्माणलाई तीव्रता दिइने बताए । दुवै देश कृषिमा आधारित भएकाले त्यसमा दुवै देशले लगानी गर्नेबारे छलफल भएको मोदीको भनाइ थियो । आफ्नो भनाइको अन्तिममा मोदीले ऊर्जामा लगानीबारे ओलीसँग छलफल भएको बताए । उनले अरुण तेस्रो, पञ्चेश्वर, सप्तकोशी र सुनकोशी नदीमा भारतीय लगानीमा ऊर्जा उत्पादन गर्नेबारे छलफल भएको र ती आयोजनालाई तीव्रता दिनेबारे सहमति भएको बताए ।
मोदीले नेपाल भारतबीचको खुला सीमाना जीवन्त पुल भएको भन्दै त्यसलाई प्रयोग गरेर हुने सुरक्षा चुनौतीबारे पनि छलफल भएको बताए । मोदीले बुद्ध सर्किट र रामायण सर्किट बनाउनेबारे पनि सहमति भएको बताए । उनले ओलीको भारतीय भ्रमणले दुवै देशको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिएको बताए । हामीलाई भारतको सहयोग र सहकार्य चाहियोः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चुनावमार्फत दशकौं लामो संक्रमणकाल अन्त्य गरेको र अब आर्थिक समृद्धिमा लाग्ने बताएका छन् । उनले नेपालले आर्थिक समृद्धिको यात्रा अघि बढाएको र समृद्ध नेपाल खुसी नेपाली नारा अगाडि बढाएको बताए । ओलीले नेपाल र भारतबीच विश्वासका आधारमा उदाहरणीय मित्रता होस् भन्ने आफूले चाहेको बताए ।
भारतले पछिल्ला दशकहरूमा आर्थिक विकासका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेकाले अब त्यसबाट नेपालले पनि लाभ लिनुपर्ने ओलीको भनाइ थियो। उनले नेपालको पनि भारतको जस्तै आर्थिक समृद्धि अबको यात्रा हुने बताए। ओलीले नेपाल र भारतको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन् । उनले त्यसलाई अझै अगाडि निरन्तरता दिनुपर्ने बताए । त्यस्तै, ओलीले प्रबुद्ध समूहले दिएको सुझावका आधारमा नेपाल र भारतबीच भएका दुईपक्षीय सन्धि सम्झौता पुनर्विचार गर्न मोदी र आफू सहमत भएको बताए ।
ओलीले नेपालमा भारतीय सरकार र नीजि क्षेत्रको लगानीका लागि आग्रह गरेको बताए। उनले नेपालको ऊर्जा क्षेत्रमा लगानी चाहिएको बताए । उनले जारी परियोजनाहरू अरुण तेस्रो, पञ्चेश्वर, माथिल्लो कर्णाली तथा यस्ता परियोजनामा लगानी चाहेको बताए । त्यस्तै सीमापार विद्युत लाइन जडानका लागि भारतले खेलेको भूमिकाको ओलीले प्रशंसा गरेका थिए ।
ओलीले वर्षताको बेला तराईमा हुने सधैको बाढीको समस्याबारे दीर्घकालिन समाधान खोज्नुपर्नेबारे छलफल भएको बताए ।
ओलीले मोदीसँग सीमापार सडक र रेल सेवा विस्तारबारे छलफल भएको बताए । त्यसमा दुवै देश सहमत भएको ओलीको भनाइ थियो । भूकम्पपछिको पुनर्निर्माणमा भारतले गर्ने भनेको सहयोगबारे पनि कुरा भएको ओलीको भनाइ थियो । त्यसमा भारत सरकार सकरात्मक भएको ओलीको भनाइ थियो । मोदीले नेपाललाई समुदसम्म पुग्ने सुविधा दिने भन्ने सुविधाबारे खुसी लागेको बताए । कृषि क्षेत्रमा हुने लगानीबारे पनि आफूहरूबीच छलफल भएको ओलीको भनाइ थियो।प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गरिवीको प्रमाणपत्र नहुँदा विपन्न समुदायको स्वास्थ्य विमा भएन

इलाम/ मुलुकलमै पहिलोपटक स्वास्थ्य बिमा सुरु गरिएको इलाममा ३६ हजार ५ सय जनाले स्वास्थ्य बिमा गराएका छन् ।
सबै नागरिकमा स्वास्थ्य सुविधाको पहुँच बढाउने उद्देश्यले इलामसहित बागलुङ र कैलालीबाट पहिलो चरणमा सेवा सुरु भएको थियो ।

स्वास्थ्यप्रति सजगता अपनाउँदै बिमा गर्ने थपिँदै गए पनि न्यून आयस्तर भएका अति गरिब, गरिब र सीमान्तकृत वर्गसम्म यो सेवा पुग्न नसकेको पाइएको हो । यस्तो वर्गलाई निःशल्ुक र विषेश छुटमा बिमा गर्ने व्यवस्था भए पनि गरिवको प्रमाणपत्र नहुँदा सेवा कार्यान्वयनमा आउन नसकेको हो । बिरामी पर्दा जसोतसो उपचार गराउँदै आएकाहरूले नै स्वास्थ्य बिमामार्फत सेवा लिएका छन् । जसले आर्थिक अभाव र चेतनाको कमीले उपचारमा पहँच राख्दैनथे, उनीहरू अझै यो सेवाबाट पनि बाहिर छन् ।

स्वास्थ्य बिमामा उनीहरूको पहुँच पुर्‍याउन अति गरिबलाई १ सय प्रतशत, गरिबलाई ७५ प्रतिशत र सीमान्तकृत गरिबलाई ५० प्रतिशत अनुदानको व्यवस्था छ । तर जिल्लामा अहिलेसम्म कसैले पनि यो सेवा लिन सकेका छैनन् । ‘कैलालीसहित अन्य केही जिल्लामा यो कार्यान्वयनमा आएको छ,’ स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी खेमराज अधिकारीले भने, ‘हाम्रो जिल्लामा कार्ड नबाँडिदा धरैले सेवा पाउनबाट वञ्चित हुनुपरेको छ ।’

जिल्ला अस्पतालसहित ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रको पहुँच बाहिर पनि समस्या छ । पशुपतिनगर, प्याङ, मंगलबारे र फिक्कलमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रको पहुँच बाहिरका बासिन्दालाई यो सेवा लिन कठिन छ । घुम्ती शिविर सञ्चालन गरेर भए पनि सेवा प्रदान गर्ने बोर्डको नीति भए पनि कार्यान्वयनमा आएको यति लामो समयसम्म यहाँका बासिन्दालाई स्वास्थ्य बिमा कार्यक्रम बाध्यकारीजस्तै भएको छ ।

जिल्लाको माङसेवुङ, फाकफोकथुम र सन्दकपुर गाउँपालिकाका बासिन्दालाई नजिक सेवा लिने ठाउँ नहुँदा समस्या भएको हो । यी स्थानका बासिन्दाले प्रारम्भिक सेवा लिन पनि टाढा धाउनुपर्ने अवस्था छ । इलाम अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित डाक्टर नहुने जस्ता कारणले पनि बिमितलाई समस्या छ । तर पछिल्लो समयमा बिमा कार्यक्रमकै कारण पनि प्राथमिक स्वास्थ्य केन्द्र र इलाम अस्पतालको सेवा सुधार आएको बोर्डको दाबी छ ।

सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यकासाथ स्वास्थ्य बिमा अभियान सुरु गरेको हो । इलाममा २०७३ असार १५ बाट स्वास्थ्य बिमा दर्ता प्रक्रिया सुरु गरी भदौ १ गतेबाट सेवा दिन सुरु गरिएको थियो । हाल जिल्लामा विभिन्न स्थानीय १० तहमा ८२ जना दर्ता सहयोगीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको बोर्डले जनाएको छ ।

जिल्लामा बिमितमध्ये ३० हजार चार सय पाँच जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । २३ हजार तीन सय ५५ ले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएका छन् ।

पछिल्लो सयम विमितको संख्या बढेसँगै सेवमा पनि वृद्धि गरिएको छ । विगतमा ५ सय ३० प्रकारका औषधि निःशुल्क उपलब्ध हुँदै आएकोमा हाल ११ सय १८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको छ । बिमितलाई अस्पतालबाट आकस्मिक, अन्तरङ, शल्यक्रिया, बहिरङ, प्रयोगशाला, एमआरआई सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवा समेत दिइँदै आएको छ ।

स्वास्थ्य सेवामा सहज पार्नका लागि जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्सरे मेसिन उपलब्ध गराइएको छ । बिमित बिरामीहरूले इलाम अस्पतालसहित जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्र झापा भद्रपुरको मेची अञ्चल अस्पताल, दमकको आम्दा अस्पताल, मेची आँखा अस्पताल तथा विराटनगरको नोभेल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित काठमाडौंका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन् ।

स्वास्थ्य बिमा गराउनेमध्ये जिल्लामा अधिकांश दीर्घ रोगीको संख्या पनि उत्तिकै छ । उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या उल्लेख्य छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रधानमन्त्री ओलीलाई गृहमन्त्रीद्वारा दिल्लीमा स्वागत

काठमाडौं/ तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन्।
प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्