Friday, November 29, 2024
Home Blog Page 307

बिर्तामोडमा ‘अबको समाजवाद’ विषयक गोष्ठी हुने

बिर्तामोड/ शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान दमकको आयोजनामा बैशाख २ गते ‘अबको समाजवाद’ विषयक गोष्ठी आयोजना गरिएको प्रतिष्ठानका सचिव रेवतराज पुरी (गगन) ले जानकारी दिए । उनका अनुसार कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा कार्यक्रम गरिनेछ । दुई ठूला कम्युनिष्ट पार्टीबीच हुन लागेको एकताको विषयलाई लिएर झापाको बिर्तामोडमा घनिभूत छलफल गरिने भएको छ ।

कार्यक्रमलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ, राम कार्की र एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्ने प्रतिष्ठानका अध्यक्ष झलकसिंह दर्लामीले बताए । बिर्तामोडको आदर्श व्याङ्केटमा हुने गोष्ठीमा पार्टी एकता र आगामी नीतिका बारेमा गम्भीर बहस गरिने उनले बताए ।
दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बैशाख ९ गते एकता गर्ने भनिएको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी/ बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो ।
ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्ने १७ वर्षीय मिसेत लिम्बूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने १६ वर्षीय पवन राई र पछाडि सवार २० वर्षीय संगीत राईको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बसले अनिवार्य विद्यार्थी चढाउनुपर्ने

दमक/ दमकमा शुक्रबार दिउँसो प्रहरी र विद्यार्थीबीच झडप भएको छ । यातायात मजदुरले गाडीमा चढ्न नदिएको तथा दुव्र्यवहार गरेको भन्दै विरोधमा उत्रिएका दमक बहुमुखी क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा विद्यार्थीको ढुंगा प्रहारबाट केही गाडीमा क्षति पुगेको थियो ।
सरकारले दिएको छुटअनुसार यातायात मजदुरले विद्यार्थीलाई गाडीमा चढ्न नदिएपछि क्याम्पस पढ्न गाह्रो भएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच सरकारी छुटअनुसार ४५ प्रतिशत सहुलियतमा विद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति जुटेको थियो । तर, मे १ ख २४६६, मे १ ख २१५७, बा ५ ख २१४९ र मे १ ख ५८५६ नम्बरको बसले विद्यार्थी चढाउन नमाने भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले सहमति पालन नगरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको ध्यानाकर्षण गराएका थिए । डीएसपीको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर चक्काजाम गराएका थिए ।
विद्यार्थीहरुले सडक अवरुद्ध गरेपछि दिउँसो १ देखि ३ बजेसम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो ।

विद्यार्थीले चक्काजाम खोल्न नमानेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । साँझ सरोकारवाला, विद्यार्थी र प्रशासनविच सहमती भएपछि आन्दोलन रोकिएको छ । विद्यार्थीलाई सवै साझा सवारीले चढ्ने बातावरण मिलाउने जिम्मा प्रशासनले लिने भएपछि आन्दोलन फिर्ता भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको अध्यक्षमा हुकुमसिंह राई

दमक,२९ चैत/ झापाको कमल गाँउपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको अध्यक्षमा हुकुमसिंह राई चुनिएका छन् । विहिबार सम्पन्न प्रथम अधिबेशनको बन्द सत्रले राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चुनिएको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा दमक जवेगु,महासचिवमा दिपेनवाला राई,सचिवमा सुसन राई र कोषाध्यक्षमा विष्णु भट्टराई चुनिएका छन् ।

यसैगरि सदस्यहरुमा मनकुमारी बेघा,जीतबहादुर राई,भीमराज राई,चन्द्रकला सुब्बा, भोजकुमार राई ,चन्द्रप्रसाद ताजपुरिया,पाण्डव माँझी,सन्तकुमार कार्की ( सन्तोष ) हरिदेवी राई र दिपक न्यौपाने चुनिएको गठित निर्वाचन समितिका संयोजक अधिबक्ता विमल संग्रौलाले जानकारी दिए । निर्वाचित समितिलाई विहिबारनै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापासहित तीन जिल्ला डेंगुको जोखिममा

झापा/ झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६ सय ७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५ सय ३५ जनामा डेंगु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । महाशाखाका अनुसार तेस्रो जोखिमको जिल्ला महोत्तरी हो । त्यहाँ गत वर्ष ४ सय ३८ जनामा डेंगु भेटिएको थियो ।

महाशाखाका डा विवेककुमार लालका अनुसार डेंगुका कारण गत वर्ष झापासहित तीन जिल्लामा तीन जनाको मृत्यु भएको थियो । समयमा उपचारका लागि नगएका कारण चितवन, रुपन्देही र झापामा डेंगु संक्रमित तीन जनाको मृत्यु भएको उनले बताए । डेंगुका कारण झापाको अर्जुनधारा–७ की ३२ वर्षीया सुनिता बरालले ज्यान गुमाएकी थिइन् ।

“एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिन सक्छ”, डा लालले भन्यो, “कुनै व्यक्तिलाई कुनै व्यक्तिमा दोस्रो पटक डेंगु देखिन्छ भने त्यो अलि बढी खतरनाक हुन्छ ।” डा लालले डेंगु संक्रमण उच्च देखिएका जिल्लामा सचेतनामूलक कार्यक्रम शुरु गरिएको बताए ।

डेंगु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण देखिन्छन् ।
नेपालमा विसं २०६१ तिर पहिलो पटक चितवनमा विदेशी पर्यटकमा डेंगुको संक्रमण देखिएको थियो । त्यसयता तराई तथा भित्री मधेशका जिल्लामा डेंगुका बिरामी वर्षेनी बढ्दै छन् । विसं २०६७÷०६८ मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा महामारीका रुपमा डेंगु फैलिएको थियो । चितवनमा मात्रै ७३९ जना संक्रमित भेटिएका थिए ।
गत वर्ष झापामा भेटिएका अधिकांश संक्रमित बिर्तामोड क्षेत्रका रहेको जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले बताए । “डेंगु नियन्त्रणको एक मात्र उपाय भनेको नियमित सरसफाइ मात्रै हो”, उनले भने, “पानी जम्न सक्ने भाँडामा लामखुट्टेले फुल पार्ने भएकाले त्यसमा सबै सचेत हुनुपर्छ ।”
गमला, फूलदानी, टायर, पानीट्यांकी, फ्रिजलगायतमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्छ । लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने महाशाखाले जनाएको छ ।
केही दशकदेखि विश्वभर डेंगु संक्रमण बढ्दै गएको छ । “बितेको ५० वर्षमा यसको संक्रमण ३० गुणाले बढेको छ”, डा लालले भन्नुभयो, “विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको जोखिममा छ ।” प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गर्छ । त्यसमध्ये हरेक वर्ष २० हजार मानिसले ज्यान गुमाइरहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मसला बेचेरै तीर्थयात्रा

झापा/ आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आएकी छिन ।
मेचीनगर–१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि घरेलु मसला बेचेको कमाइले तीर्थयात्राको इच्छा पूरा गर्दै आएकी हुन् । वर्षमा दुईपटक तीर्थ यात्रामा निस्कने राजवंशीको एकपटकको यात्रामा ५० हजारदेखि ६० हजारसम्म खर्च हुने गरेको छ ।
गत माघ महिनामा उनी भारतको मायापुरी, वृन्दावन, जगनाथपुरी लगायत धार्मिकस्थलको दर्शनमा गएकी थिइन । अब चाँडै अर्काे तीर्थस्थलको भ्रमणमा जाने तयारी छ ।
तीन छोरी र एक छोराकी आमा राजवंशी सीमावर्ती भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी, जिरा र धनियाँ किनेर ल्याउछिन । मसलामा प्रयोग हुने बेसार भने गाउँघरबाटै जुटाउछिन् । उनले परम्परागत रुपमा घरमै प्रयोग हुँदै आएको काठको ओखलमा मुसलले कुटेर मसला बनाउने गरेकी छिन् ।
यसरी खुर्सानी, बेसार, जिरा तथा धनियाँको मिश्रित र अलग अलगसमेत मसला बनाएर राजवंशी स्थानीय धुलाबारी बजारमा दैनिक बिक्री गर्छिन ।
घरमै पिसेको मसला बढी स्वादिलो हुने र अखाद्य पदार्थ मिसावट नहुने भएकाले स्थानीयवासी मसला किन्न आउने गरेका छन् । नगरपालिकाले बनाएको एउटा टहरामा बसेर राजवंशीले मसला बिक्री गर्दै आएकी छिन् । दैनिक करिब पाँच किलोसम्म मसला बिक्री हुन्छ । एक हजारदेखि एक हजार ५ सय सम्म मुनाफा हुन्छ,” उनले भनिन् । मसलाको कमाइले घरपरिवारको भरणपोषणमा खर्च गर्ने गरेको छु । तीर्थयात्रामा जान अहिलेसम्म कसैसँग पैसा माग्न नपरेको उनको भनाइ छ ।
घरमा एक्लै बस्दा दिग्दारी लाग्ने हुँदा सानोतिनो काममा लाग्दा आम्दानी पनि हुने भएकाले आफुले यो पेशा अपनाएको भन्दै उनले अरुलाई पनि मसला बेच्न सुझाव दिइन । राजवंशीको सल्लाहमा गाउँका अरु पनि मेचीनगरका विभिन्न बजारमा मसला बेच्न थालेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कोठीबाट पाँच नेपाली चेलीको उद्दार

झापा/ भारतको आग्रास्थित कोठीबाट पाँच नेपाली चेलीको उद्धार गरिएको छ । दुई महिना लामो अप्रेशनपछि गएको बुधबार कास्मिरी बजारको कोठीबाट पाँच नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको हो ।
माइती नेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले काश्मिरी बजारस्थित प्रियादिप नामकी भारतीय महिला सञ्चालक रहेको कोठीबाट चार भारतीय महिला सहित पाँच नेपालीको उद्धार गरेको हो ।
उद्दार गरिएकामध्ये तीन नाबालिका रहेको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । दुई महिनादेखिको लामो प्रयासपछि कोठीमा बेचीएका नेपाली चेली मुक्त गराउन सफल भएको उनको भनाइ छ ।
‘हामीले धेरै लामो समयदेखि प्रयास गरिरहेका थियौं, पैसा दिएर त्यहीका नागरिकलाई कोठीमा पठाउने र सूचना प्राप्त गर्ने गर्याैं ,’उनले भने, ‘स्थानीय प्रहरी पनि कोठी सञ्चालकसँग मिलेकाले माथिल्लो तहको प्रहरीको सहयोग लिनुपयो, हामीले दुई महिनादेखि गरिरहेको मेहनतबाट बन्धक बनाएर यौनधन्दामा लगाइएका महिलालाई मुक्त गरायौं ।’
निकै जोखिमपूर्ण तरिकाले सुरु भएको अप्रेशनमा २१ गते भारतीय प्रहरीको सहयोगमा साँझ पाँच बजेतिर कोठीमा छापामार्दा कोठी सञ्चालक प्रियादिप सहित ९ जना बन्धक महिलालाई मुक्त गराइएको हो । उद्दार गरिएका नेपाली चेली मध्ये दुई १८ वर्षीया र एक १७ वर्षीया र दुई जना २२ र २४ वर्षीया छन् ।
कोइरालाका अनुसार उनीहरु दुईजना सिन्धुपाल्चोक, दुई नुवाकोट र एकजना धाधिङका छन् । उनीहरुलाई उद्दारपछि अहिले आग्रास्थित नारी निकेतनमा संरक्षण गरी राखिएको छ । कोठी सञ्चालक विरुद्ध त्यहीँकै सिभिल कोर्टमा मुद्दा दायर गरिएकाले मुद्दाको फैसला भएपछि मात्रै पुनस्र्थापनाका लागि नेपाल ल्याइने क्षेत्रीय प्रमुख कोइरालाको भनाइ छ ।
यस्तै, अन्य महिलाहरु पनि किशोरावस्थामै पुगेका छन् । सिन्धुपाल्चोककै १८ वर्षिया एस–५३, १६ वर्षको उमेरमा, धाधिङकी २२ वर्षिया एन–५२ चार वर्षअघि, नुवाकोटकी १७ वर्षिया एन–५२ दुई वर्षअघि र १८ वर्षिया एन–५३ दुई वर्षअघि यौन धन्धामा लगाउन आग्राको कोठीमा पुयाएकी थिइन् । १५र१५ वर्षको उमेरमा पुयाइएका किशोरीहरुलाई जबरजस्ती यौन धन्धामा लगाउन नसालु पदार्थ सेवन गर्न लगाउने गरिएको पाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कर्मचारीलाई स्वैच्छिक अवकाश दिँदैनौँ : मन्त्री पण्डित

विराटनगर/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री पण्डितले सचिव सरुवामा पनि यो मेरो त्यो मेरो भन्न नहुने बताएका हुन् ।

माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफूहरुको सहमतिविपरीत प्रधानमन्त्रीले एकलौटी ढंगले सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाएको सार्वजनिक भएको थियो ।

मन्त्रालयका सचिवको सरुवा प्रधानमन्त्रीसँग आवश्यक छलफल गरेर गरिएको हो,’ पण्डितले भने, ‘प्रधानमन्त्रीय सिस्टममा यो मेरो त्यो मेरो भनेर चित्त दुखाउनु हुँदैन।’ पण्डितले सरकारले गरेको निर्णय कसैले भन्दैमा पुनर्विचार नहुने बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गरेर मन्त्रालयका सचिवहरु सम्बन्धित काममा गइसक्नुभएको छ,’ पण्डितले भने, ‘अब निर्णय पुनर्विचार हुँदैन।’ कर्मचारीलाई स्वैच्छिक अवकाश दिँदैनौँ अर्को प्रसंगमा मन्त्री पण्डितले कर्मचारीले स्वैच्छिक अवकाश अधिकारको रुपमा मात्रै बुझेर नहुने बताए ।

खटाइएको ठाउँमा जानुपर्ने बताउँदै पण्डितले स्वैच्छिक अवकाश दिने नदिने विषयमा सरकारको निर्णय महत्वपूर्ण भएको बताए । ‘स्वैच्छिक अवकाशलाई अधिकारको रुपमा मात्रै बुझेर हुँदैन,’ पण्डितले भने, ‘सरकारले निर्णय गरेको खण्डमा स्वैच्छिक अवकाश दिइनेछ भन्ने कानुनमै उल्लेख छ, सरकारले अहिलेलाई स्वैच्छिक अवकाशका लागि परेको निवेदनलाई स्थगित गर्ने निर्णय गरेको छ ।’ सरकारले अर्को निर्णय नगरेसम्मका लागि अवकाश नदिइने उनको भनाइ छ ।

यसैगरी, काममा नजाने कर्मचारीको विवरण मागिएको र अन्यत्र हाजिरी गर्न नदिइने गरी सम्बन्धित मन्त्रालय तथा कार्यालयमा परिपत्र गरिसकिएको पण्डितले जानकारी दिए । ‘हामीले यसअघि पनि सम्बन्धित मन्त्रालय र कार्यालयहरुमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई हाजिर गर्न नदिनु भन्ने परिपत्र गरिसकेका छौं,’ उनले भने, ‘हाजिर गराएको सूचना आएकोले फेरि हिजो मात्रै परिपत्र गरेका छौँ, अब पनि हाजिर गराएको थाहा पाए, सम्बन्धित कार्यालयका प्रमुखलाई नै कारबाही गर्छौं।’खटिएको ठाउँमा कर्मचारी पठाउने र जाने क्रम सकिएपछि कर्मचारी समायोजन प्रक्रिया सुरु हुने पण्डितको भनाइ छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक मारवाडी सेवा समितिमा भरत अग्रवाल

दमक/ दमक स्थित मारवाडी सेवा समितिको दशौं साधारण सभा सम्पन्न भएको छ । नव गठित समितिमा अध्यक्ष भरत अग्रवाल चयन भएका छन् ।
यसैगरी उपाध्यक्षमा मुकेश अग्रवाल, सचिव मनोज अग्रवाल, सह–सचिव पवन गवडीया, कोषाध्यक्ष गोविन्द अग्रवाल चुनिएका छन् ।

यसैगरी नव गडित समितिमा सदस्यहरु क्रमशः अमित अग्रवाल, संजय मोठ, रोशन अग्रवाल, सुन्दर अग्रवाल, राजेश अग्रवाल, इश्वर चन्द नक्किपुरिया र रमेश जिन्दल रहेका छन् भने नि वर्तमान अध्यक्षलाई दिनेश अग्रवाललाई समेत सदस्यमा राखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आयोजकलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङ्ग युनाइटेड पाँचौ रवि गोल्डकपको सेमिफाइनलमा

0

पाँचथर/ आयोजक राइजिङ्ग स्टार स्पोर्टिङ्ग क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङ्ग युनाइटेड पाँचथरको रविमा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाइन प्रबेश गरेको छ ।

निर्धारित ७० मिनेट सम्म गोल रहित बराबरी भएपछि भएको टाइब्रेकरमा मोरङ्गले चार दुईले बाजी मारेको हो । निक्कै नै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले पाएका दर्जनौ अबसरलाई खेर फालेका थिए ।
विजयी टिमका लागि सरोज कार्की, प्रबेश गुरुङ्ग, सुबास तामाङ्ग र कप्तान संतोष न्यौपानेले गोल गरे ।

उसका अभिषेक लिम्बुको प्रहार भने आयोजकका गोलकिपर सुमित शाहाले विफल बनाएका थिए । उता पराजित आयोजकका तर्फबाट भने मेहेरमान खबास र सुशान्त कार्कीको प्रहारले मात्र जाली चुमेको थियो । आयोजकका कप्तान सुदिल राई र निशान राईको प्रहार मोरङ्गका गोलकिपर योगेश प्रसाइले विफल बनाएका थिए । खेलको म्यान अफ दि म्याच आयोजकका श्रृजित कार्की घोषित भए ।

जितसँगै मोरङ्गले अन्तिम दुई प्रबेशका लागि डिफेण्डिङ्ग च्याम्पियन बिबिएफसी झापासँगको भेट पक्का गरेको छ । भोलि अन्तिम चार प्रबेशका लागि राजारानी धनकुटा र पुर्व क्षेत्रिय प्रहरी विराटनगर विच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उप विजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल र भारतका गरि आठ टिमको सहभागिता रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्