Saturday, November 30, 2024
Home Blog Page 304

महिनामा १० पटकसम्म सुन तस्करी: पक्राउ परेका ३० मध्ये १५ जनाको बयान

विराटनगर/ साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबारसम्म १५ जना अभियुक्तसँग बयान लिइसकिएको छ। जिल्ला अदालत मोरङले पक्राउ परेका ३० मध्ये सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहितका अभियुक्तसँग बयान लिएको हो।

बयानका लागि आइतबार ११ अभियुक्तलाई अदालत लगिएको थियो। उनीहरूमध्ये निलम्बित सइ बालकृष्ण सञ्जेलबाहेक अभियुक्तसँग बयान लिने काम सकिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए।

उनका अनुसार सञ्जेलको बयान सोमबार पुनः लिइनेछ। अर्का अभियुक्त टेकराज मल्ल ठकुरीको बयान लिने काम पनि आइतबार नै सकिएको छ। आइतबार बयान लिइएका अन्य अभियुक्तमा सुन व्यापारी चाचाजी भनिने महावीरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, थाई एयरलाइन्सका अपरेटर लालबहादुर मगर, विमानस्थलका कर्मचारी चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, थाई एयरलाइन्सका कर्मचारी सम्वीरप्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरी छन्। अभियुक्तहरू मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान शुक्रबार सकिएको थियो।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासमा अभियुक्तको बयान लिने काम भइरहेको छ। अदालतले पक्राउ परेका सबैसँग मंगलबारसम्ममा बयान लिइसक्ने लक्ष्य राखेको जनाइएको छ। त्यसपछि थुनछेक बहस सुरु हुनेछ।

प्रहरी हवल्दार अमरबहादुर थापा शुक्रबार मोरङ जिल्ला प्रहरीको सम्पर्कमा आएपछि पक्राउ पर्नेको संख्या ३० पुगेको छ। उनीहरू सबै प्रहरी हिरासतमा छन्। सुन तस्करी र हत्यामा संलग्न रहेको भन्दै मुद्दा दर्ता गरिएका ६३ जनामध्ये मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती र एसएसपी श्यामबहादुर खत्रीलगायत ३३ जना फरार छन्।

सइ सञ्जेलले प्रारम्भिक बयानमा आफूलाई फसाइएको गुनासो गरेका छन्। घटनामा संलग्न गोरेलगायत अन्यलाई पक्राउका लागि आफूहरू खटिए पनि त्यसलाई उल्टो बनाएर आफूमाथि मुद्दा लगाइएको दुखेसो उनले गरेका छन्। उनले घटनामा संलग्नता स्वीकार नगरेको अदालतका एक कर्मचारीले बताए।

विमास्थलका कर्मचारी श्रेष्ठले बयानका क्रममा आफूले सुन तस्करी भएबापत २०४६ सालदेखि नै पैसा पाउने गरेको स्वीकार गरेका छन्। ‘सुरुमा मैले ५ हजार रुपैयाँ पाएको थिएँ’, उनले बयानमा भनेका छन्, ‘पछि मात्रै यो सुन तस्करी भएबापतको पैसा रहेछ भनेर थाहा पाएँ।’ उनले तस्करीको एक किलो सुन विमानस्थलबाट भुजुङ गुरुङले भनेको ठाउँसम्म पुर्या‍उँदा ३५ हजार रुपैयाँ पाउने भएपछि आफूले विमानस्थलबाट सहयोग गरेको बयान दिएको अदालत स्रोतले बतायो। बयानमा उनले भनेका छन्, ‘थाई एयरलाइन्सको जहाजबाट आउने सुन विभिन्न तरिकाले विमानस्थलबाट पास गराएर हामी सबै मिलेर भुजुङ गुरुङको घरसम्म पु¥याउने गरेका थियौं।’

गुरुङले भने हङकङमा सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्सबाट नेपाल ल्याएर काठमाडौंमा बिक्री गर्ने गरेको बयान दिएका छन्। गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्छे र आफ्नो संयुक्त लगानीमा सुन तस्करी धन्दा सुरु गरेको उनले स्वीकार गरेको जनाइएको छ। सुन तस्करी २०४८ सालमै छाडेर अन्य व्यवसाय गर्न थाले पनि २०६९ सालदेखि गोरे, छिरिङ वांगेल घले, एम के भनिने मोहनकुमार अग्रवालसँगको सम्पर्कमा आएपछि फेरि थालेको बयान उनले दिएको अदालत स्रोतले बतायो। उनको बयानअनुसार विमानस्थलबाट महिनामा १० पटकसम्म तस्करीको सुन भित्रिने गरेको थियो।

उनले हराएको भनिएको साढे ३३ किलो सुन भने कहाँ छ भन्ने थाहा हुन नसकेको बताएका छन्। माघ ९ गते आफूले पनि कमिसन पाउने उक्त सुन बैंककबाट थाई एयरलाइन्समार्फत काठमाडौं भित्रिए पनि लुटियो भन्ने मात्रै थाहा पाएको उनले बताएका छन्। गुरुङको बयानअनुसार हराएको सुन पत्ता लगाउने जिम्मा गोरेलाई दिइएको थियो। उनले बयानमा भनेका छन्, ‘सुन पत्ता लगाउने क्रममै गोरे समूहले यातना दिँदा सनमको मृत्यु भएको हो।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मानव अधिकारको झापा अधिवेशन सम्पन्न अध्यक्षमा डा. नविन चापागाईं

दमक/ झापाको कनकाई नगरपालिका कोटीहोम परिसरमा शुक्रवार सम्पन्न राष्ट्रिय मानव अधिकारको पाँचौ झापा जिल्ला अधिवेशनले डा. नविन चापागाईंको अध्यक्षतामा २१ सदस्य कार्य समिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा धनन्जय वास्कोटा चुनिएका छन् भने उपाध्यक्षमा क्रमशः मिठु पाठक प्रसाईं, गोपीकृष्ण भट्टराई, मनकुमार गदाल र राम प्रसाद मैनाली चुनिएका छन् ।
अधिवेशनबाट सचिवमा नविन योगी, सहसचिवमा टीकाराम नेती र कोषाध्यक्षमा चैतन्य बराल सहित सदस्यमा गंगाराम दाहाल, श्याम कुमार पौडेल लगायत चयन भएको नव गठित समितिका कोषाध्यक्ष चैतन्य बरालले जानकारी दिए ।
अधिवेशन संस्थाका केन्द्रीय सदस्य सुमित्रा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार कोमल प्रसार्इं विशेष अतिथि र केन्द्रीय सदस्य रुपक खनाल अतिथि रहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक गोल्डकप: शसस्त्रको एपीएफ सेमीफाइनलमा प्रवेश

दमक/ मदन भण्डारी स्पोर्टस् एकाडेमीलाई हराउदै शसस्त्रको एपी एफ दमकमा जारी दमक गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ । आज भएको क्वाटरफाइनलमा मदनभण्डारी स्पोर्टस् एकाडेमीलाई ३-१ ले पराजित गर्दै एपी एफ सेमीमा पुग्न सफल भएको हो ।

एपीएफको तर्फबाट हरि कार्कीको ह्याट्रिक र मदन भण्डारीको तर्फबाट म्याक्स्वल एलनले एक गोल गरेका थिए । यसअघि रमपम झापा ११ लाई ४-० ले हराउदै मदन भण्डारी क्वाटर फाइनलमा प्रबेश गरेको थियो भने एपी एफ आफुलाई लक्की ड्रमा पार्दै सिदै क्वाटरफाइनलमा प्रबेश पाएको थियो ।

प्रतियोगिताको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । त्यसैगरि भोलिको खेल त्रिभुवन आर्मी र आयोजक दमक ११ ले क्वाटरफाइनल खेल्नेछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

१७ अर्बको ३८ क्वीन्टल सुन तस्करी

काठमाडौं/ मुलुकको एक मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीको ‘स्वर्ग’ बनेको रहस्य खुलेको छ । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई भित्रैसम्म पुगेर केलाएको छ ।

प्राप्त जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोग पत्रमा सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी भएको उल्लेख गरिएको छ ।

अभियोग पत्रअनुसार पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैंया बराबरको) सुन तस्करीका लागि विमानस्थल प्रयोग भएको छ ।

जसमा गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डिएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जनाले तस्करी सफल बनाएका थिए ।

गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ ।

उक्त तथ्य छानविन समितिले बयान लिईएका अभियुक्तले समेत पुष्टि गरेका छन्। समितिकै सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङमार्फत जिल्ला सरकारी वकिल कार्यालयले मोरङ अदालतमा बुझाएको अरोप पत्रअनुसार गोरेका सहयोगी मोहन काफ्लेले २०७२ देखि एसएसपी खत्री, एसपी खनाल र डीएसपी राउतले सुन तस्करीमा सहयोगी बनाउँदै आएको उल्लेख छ।

जुन कुराको पुष्टि फरार एसएसपी खत्रीका चालक जवान खड्काले बयानमा उल्लेख गरेका छन्। निरौला विमानस्थलको सुरक्षा प्रमुख रहँदा काफ्लेले सुन ल्याएपछि सीधै उनको कोठामा लैजाने र एसएसपी खत्रीसँगै एसपी खनालले सुन आफैं स्कर्ट गराएर विमानस्थल बाहिर कटाउँदै आएको बयान जवान खड्काले दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेपालका इँट्टा उद्योगमा अझै ३२ हजार बालश्रमिक

0

नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानून बनेको झण्डै २६ वर्ष वितिसक्दा पनि कार्यान्वयनमा आउन नसक्नु चिन्ताको विषय भएको विज्ञहरुले बताएका छन् ।

यतिका वर्ष वितिसक्दा समेत राज्यको ध्यान नपुग्नु चिन्ताको विषय भएको ग्लोबल फेयरनेश इनिसिएटिभ अन्तर्गत सञ्चालनमा रहेको बेटर ब्रिक नेपालले राजधानीमा आयोजना गरेको ‘बाल, बाध्यकारी र बधुवा श्रममा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

ग्लोबल फेयरनेश इनिसिएटिभका कन्ट्री डाइरेक्टर होमराज आचार्यले भने,’ नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानून बनेको झण्डै २६ वर्ष भैसक्यो । तर, पनि नेपालबाट बालश्रम उन्मुलन हुन सकेको छैन’ । नेपालबाट बालश्रम उन्मुलनका लागि सरकार लगायतका सम्बन्धित संघसंस्थाहरु बालबालिका प्रति संवेदनशील हुन जरुरी रहेको उनले बताए ।

उनका अनुसार नेपालमा हाल झण्डै १६ लाख बालबालिका अझै पनि श्रमिकका रुपमा कार्यरत छन् । त्यसैगरी, ६ लाख २१ हजार बालबालिका अमानवीय श्रम गर्न बाध्य छन् भने एक हजार दुई सय ९४ इँट्टा उद्योग सञ्चालनमा रहेकोमा ती इँट्टा उद्योगमा झण्डै ३२ हजार बालबालिका कार्यरत छन् ।

नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानून बनेको लामो भइसक्दा पनि यसलाई कार्यान्वयमा ल्याउन नसक्नु दुःखको कुरा भएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए । भने,’नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानूनहरु त बनेका छन् । तर, यसलाई कार्यान्वयन गर्न नसक्दा अझै पनि लाखौ बालबालिका श्रम गर्न बाध्य रहेको हुदाँ यसको कार्यान्वयनका लागि सरकारले जनस्तरबाटै दवाव दिन आवश्यक छ’ ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त किरण पोखरेलले देशको अहिलेको एजेण्डा भनेकै शान्ती र समृद्धि भएको बताउँदै देशमा शान्ती र समृद्धि ल्याउन बालबालिकालाई शोषणरहित दिक्षादिक्षा तर्फ उन्मुख गर्न जरुरी रहेको बताए । भने,’बालबालिका भनेका देशका कर्णधार हुन् । उनीहरुलाई आजदेखि नै राम्रो शिक्षादीक्षा दिन सकेमात्र भोलि देश शान्ती र समृद्धितर्फ लम्किन सक्छ । यसका लागि सरकारले बालबालिकालाई निःशुल्क शिक्षादीक्षा उपलब्ध गराउनुका साथै उनीहरुलाई पुर्नस्थापित गराउन जरुरी छ’ ।

नेपालका सञ्चारमाध्यमहरुले जनमतमार्फत सरकारलाई दवाव दिएर पनि बालश्रम उन्मुलनकालागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

डिआईजी शाहले किन सुटुक्क भेटे हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई

बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा प्रहरी हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई डिआईजी ज्ञानविक्रम शाहले सुटुक्क भेट गरेको खुलासा भएको छ । डिआइजी शाह प्रदेश नं १ का निमित्त प्रहरी प्रमुख हुन् ।

प्रकरणमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी मोहन निरौला, निलम्बित एसपी विकासराज खनाल र डिएसपी सञ्जयबहादुर राउतलाई भेटेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी अरुणकुमार विसी नभएको अवस्थामा उनले उनीहरुसँग गोप्य भेट गरेको खुलासा भएको छ।

प्रहरी हिरासतमा रहेका उनीहरुलाई प्रहरी प्रमुख विसीकै कार्यकक्षमा बोलाएर डिआईजी शाहले करिव आधा घण्टा वार्तालाप गरेका थिए । उनले हिरासतमा रहेका ती प्रहरी अधिकारीलाई किन भेट गरे भन्ने बारे केही थाहा हुन सकेको छैन । छलफल बाट साभार

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

युवाले स्वदेशमा संभावना देखेनन्, चुनावपछि सबैभन्दा बढी विदेशिए

दमक/ चालू आवको १० महिनामा ६० हजार युवा वैदेशिक रोजगारीका लागि गएका छन् देशमै पर्याप्त रोजगारीको अवर नहुँदा युवाको रोजाइ विदेश भएको हो । सरकारले वैदेशिक रोजगारीका लागि एक सय १० देशमा खुला गरेको छ ।
चैत महिनामा मात्रै नयाँ कामका लागि म्यानपावरमार्फत ३१ हजार आठ सय १८ जना युवा रोजागरीको खोजीमा विभिन्न देश पुगेका छन् । यसमा सबैभन्दा बढी मलेसिया जाने युवाको संख्या बढी छ। यसमा एक हजार सात सय चार जना महिला कामदार छन् । यसैगरी बिदामा नेपाल आई पुनः श्रम स्वीकृति लिएर विदेश जाने युवाको संख्या भने २५ हजार ३३ जना छन् ।

नयाँ कामको खोजीमा मलेसिया जानेको संख्या मात्रै ११ हजार चार सय तीन र कतार जाने कामदारको संख्या नौ हजार नौ सय ९५ जना छन्। यसैगरी नयाँ कामको खोजीमा मेनपावरमार्फत दुवईमा तीन हजार नौ सय १८, साउदी अरब दुई हजार आठ सय ३५, कुवेत दुई हजार ४९ र बहराइनमा चार जना नेपाली कामदार गएका छन्। यसैगरी ईपीएस भाषा परीक्षा पास गरेर सात सय ७४ जना नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका छन् ।

चालू आवको सबैभन्दा बढी
वैदेशिक रोजगारीका लागि नयाँ कामको खोजीमा बिदेसिएका युवाको संख्या चालू आवको चैत महिनामा सबैभन्दा धैरे छ। प्रधानमन्त्री केपी ओलीले अब नेपाली युवाले रोजगारीका लागि खाडी मुलुकमा गएर पसिना बगाउन नपर्ने बताइरहेका बेला बिदेसिने नेपाली कामदारको संख्या बढेको हो ।
विगतको तथ्यांकलाई हेर्दा अन्य महिनाको तुलनामा चैत महिनामा बिदेसिने संख्या बढी छ । तथ्यांकअनुसार चैत महिनामा मात्रै ३१ हजार आठ सय १८ जना कामदार रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् ।
चालू आवको साउनमा २८ हजार एक सय २१, भदौमा ३१ हजार ८६, असोजमा २४ हजार पाँच सय ६९, कात्तिकमा २८ हजार पाँच सय २२ जना कामदार रोजीरोटीका लागि नयाँ कामको खोजीका बिदेसिएका थिए। यसैगरी मंसिरमा २७ हजार नौ सय ६५, पुसमा २७ हजार नौ सय २७, माघमा २८ हजार चार सय १५, फागुनमा २४ हजार चार सय एक कामदार बिदेसिएका थिए ।

झन्डै १६ सय उजुरी
चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीका क्रममा आफूहरू ठगिएको भन्दै विभागमा करिब १६ सय उजुरी दर्ता गराएका छन् । विभागका अनुसार चालू आव चैत महिनामा मात्रै व्यक्तिगततर्फ १०४ र संस्थागततर्फ एक सय गरी दुई सय चार वटा उजुरी दर्ता भएका छ ।

विभागका निर्देशक लम्सालका अनुसार अहिलेसम्म विभागमा एक हजार पाँच सय ८७ वटा उजुरी दर्ता भएकोमा व्यक्तिगततर्फ अघिल्लो महिनासम्म सात सय १४ र संस्थागततर्फ अघिल्लो महिनासम्म ६ सय ६९ वटा उजुरी दर्ता भएका थिए । उनका अनुसार ठगिएका कामदारले ७८ करोड २६ लाखभन्दा बढीको बिगो दाबी गरेका छन् । यसमा व्यक्तिगततर्फ ५४ करोड र संस्थागत तर्फ २४ करोढ रुपैयाँभन्दा बढीको बिगो दाबी भएको छ । जसका विभागले अहिलेसम्म २५ लाख ५० हजार मात्रै म्यानपावर कम्पनीसँग असुली गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मेची सहकारीले विपन्न विद्यार्थीलाई १२ कक्षा पढाउने

दमक/ दमकको मेची सहकारी संस्थाले १० जना बिद्यार्थीहरुको शैक्षिक अभिभावकत्व ग्रहण गर्ने भएको छ । सरकारले शुरु गरेको बिद्यार्थी भर्ना अभियान अन्तर्गत सहकारीले बिपन्न समुदायका बिद्यार्थीहरुलाई १२ कक्षा सम्म अध्ययन गर्नको लागि सम्पूर्ण जिम्मेवारी लिंदै अभिभावकत्व ग्रहण गरेको सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
दमक नगरपालीका साथै झापाकै कमल गाउँपालिकाका १० जना बिद्यार्थीहरुलाई अभिभावकत्वक ग्रहण गर्ने क्रममा विहीवार ८ जना बिद्यार्थिहरुलाई बिद्यालयमा भर्ना गरिएको सहकारीका सचिव लक्ष्मी प्रसाद दाहालले जानकारी दिए ।
विहिवार दमक नगरपालीकाका सिंहदेवी मावी, पाणीनी मावि, पृथ्वी मावि, बिद्योदय आधारभुत बिद्यालय, दिपिनी आधारभुत बिद्यालय र जनता आधारभूत बिद्यालय साथै कमल गाउँपालीकाका बाणी र मंगलमय माविका ६ जना छात्रा र ८ जना छात्रलाई अभिभावकत्व ग्रहण गर्दै बिद्यालयमा भर्ना गरिदिएको मेची सहकारीका ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।
अन्य दुई जना बिद्यार्र्थिलाई दमककै चुलाचुली आधारभुत बिद्यालय र ढुकुरपानी माविमा केहिदिन भित्रमै भर्ना गरिदिने कार्यक्रम रहेको ब्यवस्थापक बगालेको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

छुरा तथा बोतल हानाहान हुँदा दुई युवा घाईते

दमक/ दमकको मध्यचौकमा विहिवार दिउँसो १ बजे छुरा तथा बोतल हानाहान हुँदा दुई युवा घाईते भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा गरिएको कमेन्टको विषयलाई लिएर दमक बजार क्षेत्रका युवाहरुबीच झगडा हुँदा दमक ५ का दुई युवा घाईते भएका हुन् ।
घाईते हुनेमा दमक वडा ५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाईतको लाईफ लाईन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ । दिउँसै मध्य चौकमा चक्कु र छुरी बोकेर ग्याङ फाईट हुँदा सर्वसाधारण त्रसित भएको बजारबासीहरुले बताएका छन् । यस्ता कृयाकलापमा संलग्नलाई तत्काल कार्वाही गर्न बजारबासीले आग्रह समेत गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गोल्ड कपको उद्घाटन प्रमले गर्ने

दमक/ आगामी बैशाख १९ गते हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डपक फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । खेलका लागि प्याराफिट निर्माण, खेल मैदानको घाँस कटाई, प्रचार प्रसारलाई तिव्रता दिएको खेल मैदान व्यवस्थापन समितिका संयोजक देऊमान साम्वा लिम्बुले जानकारी दिए ।
खेलमा मनाङ मस्र्याङ्दी क्लव, थ्रि स्टार क्लव, शसस्त्र प्रहरी क्लव, रमपम झापा ११, करेन्ट रुपन्देही ११, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, सरस्वती युवा क्लव, मदन भण्डारी स्पोर्टिङ्ग एकाडेमी र आयोजक दमक नगर पालिका सहित १० वटा टीमको सहभागिता रहेको प्रतियोगीताका प्रचार प्रसार सम्योजक चन्द्र खत्रीले जानकारी दिए ।
खेलमा प्रथम हुने टिमलाई १३ लाख ५१ हजार र दोस्रो हुने टिमलाई ६ लाख रुपयाँ पुरस्कार राखिएको आयोजक समितिका अध्यक्ष केन्द्र प्रसाईंले जानकारी दिएका छन् । खेलको उद्घाटन सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्