Saturday, November 30, 2024
Home Blog Page 299

दमकका मेयर रोम ओलीको गाडीमा बम

जेठ ३१, दमक, / दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई लक्षित गरेर बम प्रहार भएको छ । बम प्रहारबाट मानविय क्षति नभएपनि सुरक्षामाथि चुनौती देखिएको छ । बुधवार बेलुका नगरपालिकाबाट घर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात ब्याक्तिले बेलडाँगी रोड क्रस गर्ने क्रममा गाडीभित्र बम फ्याकेको आशंका भएपछि प्रहरीलाई खवर गरिएको थियो । सुरक्षाको डिस्पोज टोलीले सो बमलाई विहिवार विहान ओली निवास छेउको बारीमा डिस्पोज गराएको छ ।
डिस्पोज गराइएको बममा १ किलो जेटोनेटर, चुम्वकीय बस्तु र खतरनाक मानिने धातुका टुक्राहरु रहेको डिस्पोज टोलीले जनाएको छ ।
गाडीमा बमजस्तो बस्तु देखिएपछि तत्काल सुरक्षा टोलीलाई जानकारी गराएको परिवार श्रोतले जनाएको छ । मेयर ओली प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमा बस्दै आएका छन् ।
घटनालाई निन्दनीय भन्दै राष्ट्रिय मानब अधिकार प्रतिष्ठान झापा शाखाले विज्ञाप्ती मार्फत आतंकित कृयाकलाप बन्द गर्न आग्रह गरेको छ । शाखाका अध्यक्ष डा. नविन चापागाईं, बरिष्ठ उपाध्यक्ष धनन्जय बाँस्कोटा र सचिव नविन योगीको संयूक्त हस्ताक्षर रहेको विज्ञाप्तीमा घटनाको घोर भत्सर्ना र नीन्दा गरिएको छ , उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने

एजेन्सी / सन् २०२६ मा हुने विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । तीन देश अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका हुन् । मोरक्को भने विश्वकप आयोजना गर्ने होडबाट बाहिरिएको छ ।
रसियाको मस्कोमा बुधबार बसेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को ६८औं कंग्रेसमा तीन देशको संयुक्त आयोजनाको पक्षमा १ सय ३४ भोट परेको थियो । अफ्रिकन देश मोरक्को पक्षमा ६५ भोट खसेको थियो ।
सन् २०२६ को विश्वकपमा ४८ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ८० खेल हुनेछन् भने ३४ दिनसम्म चल्नेछ । अमेरिकामा ६० खेल हुनेछ । क्यानडा र मेक्सिकोले १०–१० खेल खेलाउनेछन्। फाइनल खेल न्युयोर्कको मेटलाइफ रंगशालमा हुनेछ । जहाँ विश्वकप ८४ हजार ९ सय ५३ दर्शक अटाउनेछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेपालका बगरमा भारतीय किसानको तरकारी खेती

कञ्चनपुर/ स्वदेशमा रोजगारीको अवसर नभएको बहाना गर्दै विदेशीनेको संख्या कञ्चनपुरमा बढ्दो छ। भारतीयहरूले परिवारसहित यहाँ आएर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन्। भारतको उत्तर प्रदेश पिलिभितका कल्लु खाँलाई कञ्चनपुरको नदीको बगरमा तरकारी उत्पादनको कार्यमा लागेको २८ वर्ष बित्यो।

उनले धेरै समय निम्वुखेडा र दैजीमा तरकारी उत्पादनको कार्य गरेपछि तीन वर्षदेखि कालागौंडीको स्याली नदीको बगरलाई तरकारी उत्पादनका लागि रोजेका छन्। उनले सित्तैमा पाएको बगरमा तरकारी उत्पादन गरी वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिँदै आएका छन्। स्याली नदीको २५ विघा बगरमा उनले तितेकरेला, फर्सी, कांक्रा, टमाटर, लौका, तरभुजा, खरभुजालगायतको खेती गरेर गतिलो आम्दानी लिँदै आएका हुन्।

नदीको बगरमा झपडी बनाएर परिवारसहित बस्दै आएका खाँले कञ्चनपुरकै खोला किनाराको बगरमा तरकारी खेती गरेर भारतको पिलिभितमा सुविधा सम्पन्न घर घरेडी जोडेका छन्। खाँका परिवारका सदस्यसँगै काम गर्न सजिलोका लागि भारतबाटै अन्य तीन परिवारलाई आफूसँगै उनले बगर खेतीमा संलग्न राखेका छन्। ‘एक्लैले बगरमा काम गर्न र रेखदेख गर्न अप्ठेरो हुने हुँदा भारतबाटै तीन परिवारलाई आफूसँगै संलग्न गरी आम्दानीको केही हिस्सा दिने गरी सामेल गरेको छु’ उनले भने। बगरमा तरकारी खेती गर्नका लागि १५ लाख रुपैयाँ लगानी गरिएको उनी बताउँछन्। लगानी कटाएर १८ लाख रुपैयाँ बढी रकम आम्दानी हुने गरेको उनले बताए।तरकारी टिप्ने, गोडेमेल गर्ने र मल राख्ने कार्यका लागि स्थानीय आधा दर्जन बढी नेपालीलाई उनले रोजगारी दिएका छन् ।

यस कार्यका लागि दुई लाख रुपैयाँ खर्च हुने गरेको नवाव खाँले बताए। बगरको खेतीका लागि स्थानीय समुदायलाई १५ हजार रकम दिएर बगर पाएको उनले बताए। बगरमा तरकारी खेती गर्दै आएका भारतीय मंसिरमै यहाँ बगर खेतीका लागि आउने र असारको पहिलो सातासम्म यहाँ बस्ने गरेका छन्। त्यसपछि उनीहरू तरकारी उत्पादनको कार्य सकिएपछि भारत तर्फ फर्किने गरेका छन्।

भारतीयहरूले उत्पादन गरेको तरकारी स्थानिय बजारसँगै कैलाली, नेपालगञ्ज, बुटवल र काठमाडौंसम्म आपूर्ति गरी आम्दानी लिँदै आएका छन्। नगरपालिका र वडा कार्यालयलाई भारतीयहरूले बगरमा खेती गरेवाफतको कुनै किसिमको कर भने तिर्दैनन्। ‘नगरपालिकाबाट कर माग्न कोही आएका छैनन्’ महागिर खाँले भने, ‘भारतमा खेती योग्य जग्गा खोज्न निकै मुश्किल छ। नेपालमा सित्तैमा जग्गा पाइने र मनग्य आम्दानी हुने गरेकाले प्रतिवर्ष यहाँ पुगेर खेतीलाई निरन्तरता दिँदै आएका छौँ।’ हाल बगर खेतीमा यहाँका स्थानीय संलग्न हुन थालेपछि पहिलेको जस्तो आम्दानी नरहेको उनले बताए ।

भारतीय एक दर्जन बढी परिवार यहाँका खोला नदी किनारको बगरमा तरकारी उत्पादनको कार्य गर्दै आएका छन् । नेपालीहरूले स्वदेशमा श्रम गर्न नमान्ने गरेकाले नै विदेश जानु परेको भारतीय तरकारी उत्पादनमा लागेकाहरूको भनाइ रहेको छ। ‘स्वदेशमै अथाह आम्दानीका श्रोतहरू भए पनि माल भएर पनि चाल पाएका छैनन्’ तसलिम खाँले भने । थाहाबाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

छोरा नभएपछि २५ वर्षको उमेरमै चार सन्तान

झापा / कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छिन् ।

सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उनी उमेर नहुँदै आमा बनिन् । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसकेकी उनले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुन् ।

सीता त उदाहरण मात्रै हुन् । उनको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताइन् । “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”, उनले भनिन्, “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।”

छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउँछिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

१६ सय जनप्रतिनिधि कारबाहीमा

काठमाडौं, जेठ २८ / तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो ।

सम्पत्ति विरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

इटहरीमा मल्टिप्लेक्स सिनेमाहल, जेठ एकमा ओपनिङ

दमक जेठ २८ / सुनशरीको इटहरीमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आउने भएको छ । इटहरी उप महानगरपालीका वडा नम्बर ४ को आईतबारेमा ३ कठ्ठा जमिनमा निर्माण भएको एलाईट सिनेमा हलमा पर्र्याप्त पार्किङ सहित हल भित्र अध्याधुनिक सुबिधा रहेको सञ्चालक छविराज ओझाले जानकारी दिए ।
सिनेमाकै क्षेत्रमा कृयाशिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिरञ्जिवी बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउन लागेका हुन् ।
पूर्ण एचडि क्वालीटिमा चलचित्र हेर्न सकिने दुईवटा हल मध्ये एउटामा २०८ सिट क्षमता रहेको छ भने अर्काेमा १४४ सिट क्षमता रहेको छ ।
निर्माण सुरु गरिएको २ बर्ष भित्रमा निर्माण सम्पन्न गरिएको चलचित्र हललाई दर्शकको मन जित्न र पूर्ण सन्तुष्टी दिलाउन ५ करोडको लागतमा बिभिन्न अत्याधुनीक सुबिधाहरु राखिएको सञ्चालक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले जानकारी दिए ।
उच्च गुणस्तरीय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुूलो पर्दामा फिल्म हेर्न पाईने यी हलहरुमा फोल्डिङ सिस्टम भएको आरामदायी सिट राखिएका छन् । यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको बरालले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० टिकट दर राखिएको छ ।
आगामी असार १ गते देखि व्यवसायिक रुपमा सञ्चालन गरिने सिनेमा हलमा अहिले दैनिक रुपमा बिभिन्न क्षेत्रका सामाजिक र व्यवासायिक अगुवाहरुलाई चलचित्र देखाईंदै गरेको सञ्चालक ओझाले बताए । अहिले सम्म चलचित्र हेरेका दर्शकहरुले पूर्व क्षेत्रमै उच्च स्तरको हल भएको प्रतिक्रिया दिएको सञ्चालकहरु बताउछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

फेन्सी स्टोरमा अागलागी

जेठ २८, २०७५ सुनसरी / इटहरीस्थित इन्द्र फैन्सी स्टोरमा आगलागी हुँदा दुई करोड पचास लाख बराबरको धनमाल क्षति भएको छ।

इटहरी उपमहानगरपालिका ९ गोल्डेन चोकस्थित इन्द्रबहादुर कार्कीको आफ्नै घरमा रहेको फैन्सी स्टोरमा गएराति आगलागी भएको हो। आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा स्कुटर जलेको कार्कीले बताए।

इटहरी, इनरुवा, धरान र दुहवीबाट पाँच वटा वारुणयन्त्रणले अागो नियन्त्रणमा लिएका थिए। आगलागीकोकारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

तेस्रो देश गएर बाँकी रहेका भुटानी शरणार्थी अब नेपाली बन्ने !

झापा, जेठ २८ /  झापाका शिविरमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई स्थानीय नेपाली समाजमा मिलाउने प्रक्रिया थालिएको छ। तेस्रो देश पुनर्वासमा गएर शिविरमा बाँकी रहेका तथा उक्त कार्यक्रममा सामेल नभएका शरणार्थीका लागि दातृ निकायले स्थानीयकरणलाई नै सजिलो विकल्पका रूपमा जोड दिएका हुन्।

शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर)को काठमाडौंस्थित कार्यालयका अधिकृत दीपेश श्रेष्ठले आयोगले तीनवटा विकल्पमध्ये तेस्रो देश पुर्नवास सम्पन्न गरेको बताउँदै भने, ‘स्वदेश फिर्ती र स्थानीयकरण बाँकी रहेको छ, हामी दुवैै विकल्पमा काम गर्न सक्छौं।’

श्रेष्ठले भुटानी शरणार्थीले पछिल्लो पटक पेश गरेको पाँच बँुदे मागमा स्थानीयकरण पनि रहेकोले त्यही विकल्प उपयुक्त हुन्छ कि भन्ने आयोगको बुझाइ रहेको जानकारी दिए। राज्यस्तरबाट स्वदेश फिर्तीका लागि पहल भए त्यसमा आयोगले सहयोग गर्ने पनि श्रेष्ठले बताए।

शिविरभित्र रहेका धेरैजसो शरणार्थी भने स्वदेश फर्कन चाहन्छन्। स्वदेश फिर्ती सम्भव नदेखेपछि शरणार्थीलाई सहयोग गर्दै आएका दातृ संस्थाले आन्तरिक रूपमा स्थानीयकरणकै पक्षपोषण सुरु गरेका हुन्।

यूएनएचसीआरको आर्थिक सहयोगमा लुथरन विश्व फेडेरेसन (एलडब्लुएफ) ले शिविरमा अहिले सिमेन्टले जडान गरिएका इँटाका जग भएका स्थायीजस्तो देखिने टहरा निर्माण गरिरहेको छ। आयोगले तिनलाई पक्की संरचना नभएको दाबी गरेको छ।

शारीरिक रूपमा अशक्त, प्रताडनामा परेका र सहयोग दिनै पर्नेहरूका लागि यस्ता घर निर्माण गरिएको बताइएको छ। सन् २०१८ भित्रमा ५ सय ६५ वटा ‘सेमी–पर्मानेन्ट’ टहरा निर्माण गर्ने योजना रहेको शिविर व्यवस्थापन समितिका सचिव टीकाराम रसाईलीले जानकारी दिए।

हालसम्म तीन सय २४ जति घर निर्माण भइसकेका छन्। बाँकी क्रमशः निर्माण हुने छन्। यसरी टहरा पाउने शरणार्थीलाई दुई समूहमा विभाजन गरेर सेवा सुविधा दिइँदै आएको छ। पहिलो समूहमा वृद्धवृद्धा, केटाकेटी, अपांग, एकल महिलालगायत जोखिममा परेका (पीएसएन) छन् भने दोस्रो समूहमा जोखिममा नपरेका (नन–पीएसएन) हरू।

पीएसएनका लागि २८ पाता टिन, ९ फुटे आठवटा पिल्लर, ५ सय थान ईंटा, बाँस, सिमेन्ट, बालुवा तथा रड दिइएको छ। यसैगरी नन–पीएसएनका लागि २० पाता टिन, ९ फुटे आठवटा पिल्लर, १४ घना बाँस, सिमेन्ट, बालुवा तथा रड दिइएको हो।

पुनर्वासपछिको विकल्पको रूपमा दिइएको स्थानीयकरणका लागि भनेरै दमकको शिविरभित्रकै बेलडाँगी–१ शिविरलाई बेलडाँगी–२ मा मर्ज गर्न सुरु गरिएको छ। त्यहाँ करीब ७÷८ सय घर सार्ने तयारी रहेको सचिव रसाइलीले जानकारी दिए। रसाइलीले भने, ‘यूएनएचसीआरले पुनर्वास गएर बाँकी रहेका शरणार्थीका लागि ‘सेमी–अपार्टमेन्ट’ टहरा निर्माण गरिदिएको हो।

शरणार्थी बसोबास गर्दै आएको हम्सेदुम्से सामुदायिक वन उपभोक्ता समितिले वन हाताभित्र पक्की संरचना निर्माण नगर्न सूचित गरिएको जनाएको छ। उपभोक्ता समितिका उपाध्यक्ष नैनसिंह भण्डारीले आफ्नो पटकपटकको आग्रहलाई बेवास्ता गर्दै वन क्षेत्रमा नयाँ संरचना बनाइएको बताउँदै भने, ‘यस विषयमा जुन ढंगले हामीसँग छलफल हुनुपर्ने थियो भएको छैन।’

चौतर्फी विरोध भएपछि भने स्थलगत अध्ययन गर्न नगरपालिकाले समिति गठन गरेको छ। शरणार्थीले स्वदेश फिर्ताको माग राखिरहे पनि दातृ निकाय भने उनीहरूलाई नेपालमै स्थानीयकरण गरेर चाँडोभन्दा चाँडो पन्छिने दाउमा रहेको कतिपय शरणार्थीको बुझाइ छ।शरणार्थीलाई स्वदेश फर्काउन नेपाल–भुटान मन्त्री स्तरीय वार्ता पटकपटक भएपनि त्यसले मूर्त रूप लिन सकेको थिएन। विगतमा दुवै देशका अधिकारीले शिविरहरूमा शरणार्थी प्रमाणीकरणको कामसमेत गरेका थिए। तर, यो प्रमाणीकरणबाट भुटानी नागरिक ठहर गरिएका धेरै शरणार्थीसमेत तेस्रो देश पुगिसकेका छन्। आयोग अधिकारीले स्थानीकरणको निर्णय भने नेपाल सरकारकै निर्णयमा भर पर्ने बताए।

आयोगका अनुसार चालू वर्षको अप्रिल महिनासम्म झापाको दमकस्थित बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा शरणार्थीको संख्या ७ हजार ४७ जना छ। यो संख्या सन् २०१८ सम्म घटेर ६ हजार ५ सय हुनेछ। तेस्रो देश पुनर्वासका लागि कागजात पूरा गरेका करीब ५ सय जति प्रतीक्षा सूचीमा छन्। आयोग अधिकारी भन्छन्, ‘बाँकी रहेको संख्या नै यतैको समाजमा घुलमिल हुन सक्ने हो।’

पुनर्वासअन्तर्गत १ लाख १२ हजार ६ सय ९१ शरणार्थी अमेरिकासहित अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, नर्वे र बेलायत पुगेका छन्। सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ८ सय ७७ शरणार्थी पुनर्वासमा गएका छन्।

शिविरका बाँकी शरणार्थीलाई नेपालमै स्थानीयकरण गराउने गरी दातृ निकायले गतिविधि गरेको शरणार्थीको बुझाइ छ। बेलडाँगी २ स्थित भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङ शरणार्थीहरूलाई स्थानीयकरण गर्ने छनक देखिएको बताउँदै भन्छिन्, ‘हाम्रो पहिलो प्राथमिकता स्वदेश फिर्ती नै हो। यदि नेपाली भूमिमै स्थानीयकरण गर्ने हो भने ठीक छ, नत्र अन्तर्राष्ट्रिय शरणार्थीको मान्यता दिनुपर्‍यो।’

शिविरमा गरिने सहयोगबाट दातृ निकायले हात झिक्दै जाँदा आफूहरू अलपत्र परिने हो कि भन्ने धेरै शरणार्थीमा सन्त्रास फैलिएको उनले बताइन्।

शरणार्थीहरूलाई स्थानीयकरण गराउने उद्देश्यका साथ स्थानीय तहमा पनि विभिन्न कार्यक्रम लगिएका छन्। ‘सोसियल ग्रुप टास्क फोर्स’को निर्माण गरिएको छ। यसले शिविरभित्र र बाहिरको अनुगमन गर्ने तथा बाहिरका स्थानीयवासीसँग घुलमिल गराउने समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ।

दमक नगरपालिकाले शरणार्थी बालबालिकाको जन्म दर्ता गर्न सुरु गरेको छ। स्वास्थ्य बिमा कार्यक्रममा शरणार्थीलाई सामेल गराइएको छ। यसैगरी अलग्गै टोल विकास संस्था गठन गर्ने अधिकार र खानेपानी उपभोक्ता समितिमा शरणार्थीसमेतको सहभागिता हुन थालेको छ।

शरणार्थीको जन्मदर्ता

दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले शरणार्थीको स्थानीयकरण स्थानीय तहको नभएर राष्ट्रिय विषय भएको बताइन्। उनले भनिन्, ‘स्थानीयकरण होस् कि स्वदेश फिर्ती, केन्द्रीय सरकारले दिएको निर्देशन र मापदण्डभित्र रहेर हामीले काम गर्ने हो।’

जन्मदर्ताको विषयमा भने अधिकारीले शरणार्थी बालबच्चाको अध्ययनमा सहज होस् भनेर सुविधा दिइएको दाबी गरिन्। आफूहरूले समेत शरणार्थीलाई अलपत्र नछाड्न दातृ निकाय यूएनएचसीआरलाई आग्रह गरेको सुनाइन्।

गत वैशाखदेखि शरणार्थीको जन्मदर्ता नगरपालिकामा सुरु गरिएको थियो। हालसम्म २ सय ३४ को जन्मदर्ता भइसकेको छ। शिविरभित्रका विद्यालय बन्द भएपछि माध्यमिकस्तरको पढाइका लागि शरणार्थी नेपाली विद्यालयमा भर्ना हुन थालेका छन्।

रासन कटाएर नगद

शरणार्थीका लागि दिइँदै आएको रासनको साटो अब नगद सहयोग दिन दाताले सबै तयारी पूरा गरेका छन्। संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सन् २०१६ जुन महिनाअघि शराार्थीलाई प्रतिदिन ४ सय ४० ग्राम चामल, ९० ग्राम दाल, २५ ग्राम खाने तेल, २० ग्राम चिनी, १० ग्राम नुन र ३५ ग्राम पिठो दिँदै आएको थियो। अब खाद्यान्न सहयोग कटाएर शरणार्थीलाई नगद नै दिने तयारी भएको हो।

अब शिविरका शरणार्थीलाई ६० वर्षमाथिका वृद्धवृद्धा, अशक्त र अपांगता भएकाले रासन २८ दिन बराबरको एक हजार ३ सय रूपैयाँ र अन्यले ६ सय ५० रूपैयाँ प्राप्त गर्ने बताइएको छ।

सन् १९९० को दशकमा पूर्वी भुटानबाट लखेटिएका नेपालीभाषी भुटानीहरू भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । सुरुमा झापा र मोरङका विभिन्न ७ स्थानमा शिविर खडा गरेर बसाइएको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

संसद भवनकै शौचालयमा महिला असुरक्षित

जेष्ठ २७,काठमाडौँ / महिला सांसदहरुले संसद भवनका शौचालय असुरक्षित र अप्ठेरो रहेको बताएकी छन् । आइतबारको संसद बैठकमा बिशेष समयमा बोल्दै पूर्व उपसभामुख तथा नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले स‌ंसद भवनको महिला शौचालय असुरक्षित रहेको रहेको बताएकी हुन ।

असुरक्षित हुनुको कारण भने उनले खुलाइनन् ।यसअघि सांसद पम्फा भुसालले संसदको माइक र कुर्सीको विषयमा प्रश्न उठाएकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक सहकारीसंस्थाले गर्यो वृक्षरोपण

दमक/ दमक वडा नम्बर ६ मा रहेको दमक सहकारी संस्थाको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर सहकारीले शनिवार दमक वडा नम्बर ३ मा रहेको हम्सेदुम्से बन क्षेत्रमा टिक प्रजाजिका ५ सय बिरुवाहरु रोपेको सहकारीका लेखा समिति सदस्य चैतन्य बरालले जानकारी दिए ।
बृक्षरोपण कार्यक्रमका सम्योजक लिला गुरागाईंको सम्योजनमा हम्सेदुम्से सामुदायीक बनका उपाध्यक्ष नैनसिंह भन्डारीको उपस्थितिमा बन क्षेत्रमा बिरुवाहरु रोपिएको हो ।
सहकारी संस्थाका अध्यक्ष धनबहादुर भट्टराई लगायत सहकारीका सञ्चालक समिति तथा बिभिन्न उप समिति पदाधीकारी सहित कर्मचारीहरुको टोलीले वातावरण जोगाउन साथै भूक्षय रोक्नको लागी बन क्षेत्रमा बृक्षरोपण गरेको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्