Saturday, November 30, 2024
Home Blog Page 298

लोपोन्मुख संस्कृति बचाउँदै झापाली नेवार

 झापा / जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो ।

“काठमाडौँ उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ,” अध्यक्ष ताम्राकारले भन्नुभयो –“तर उपत्यका बाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।”

देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएको महसुस गरेका झापाका नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् ।

आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने पहलस्वरुप जिल्लाका विभिन्न स्थानमा नेवार समुदाय यतिबेला धिमे बाजा संरक्षण अभियानमा सक्रिय भएर लागेका छन् । यस अतिरिक्त यस समुदायका युवालाई बाँसुरी बादनसम्बन्धी प्रशिक्षण समेत दिइँदैछ ।

‘धिमे बाजं’ नेवार समुदायमा शोक बाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि नेवाः देय् दबू झापाले बाजाको संरक्षण गर्ने अभियान थालेको हो ।

पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहेपनि राज्यले त्यसमा खासै सहयोग नगरेको गुनासो दबूका बिर्तामोड नगर समिति अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ गर्नुहुन्छ ।

मुलुकभर १३ लाखको हाराहारीमा नेवार समुदाय रहेको अनुमान छ । यसमध्ये ६ लाख काठमाडौँ उपत्यकामा र बाँकी उपत्यका बाहिर बसोवास गर्दछन् । भाषा, संस्कार, संस्कृतिले उपत्यकाभित्रका नेवार सक्षम रहे पनि उपत्यका बाहिर उनीहरुको पहिचान हराउँदै गएको चिन्ता नेवार समुदायका अगुवाहरु व्यक्त गर्छन् ।

नेवार समुदायको संस्कृतिले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको दबूका केन्द्रीय अध्यक्ष ताम्राकार दाबी गर्नुहुन्छ । “युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ,” उहाँले भन्नुभयो – “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा झापावासीको यो उत्साह सराहनीय छ ।”

‘धिमे बाजं’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ । यो समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला धिमे बाजा संरक्षणमा झापाका नेवार समुदाय लागिपरेको दबूका बिर्तामोड नगरसमिति सचिव ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।

खासगरी धिमे र बाँसुरी पहिले ज्यापू समुदायका पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको धिमे र बाँसुरी बाजाका प्रशिक्षक कृष्ण मर्हजन बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “अहिले झापाको बिर्तामोड, मेचीनगर लगायतका स्थानमा यो बाजासम्बन्धी प्रशिक्षण भइरहेको छ जहाँ युवतीहरुको पनि उत्साहजनक सहभागिता छ ।”

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, यँेया पुन्ही, चथाः, दशैं, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षाेल्लास मनाउने चलन छ ।

लोकप्रिय रहेको धिमे रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुबैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौँ उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ । धिमे राईहरूको च्याबु्रङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ ।

सिपालु सेविका
बिर्तामोड–५ निवासी सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देख्नुभएको थियो । तर, अहिले स्वयं उहाँलाई धिमे बाजा बजाउन आउँछ ।

बिर्तामोड–९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त हुनुहुन्छ । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न लाग्ने गरेको उहाँको विगतको अनुभव छ । तर अहिले उहाँ निक्कै खुशी हुनुहुन्छ ।

नेवाः देय् दबूको विर्तामोड नगर समितिले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको दुई महिने तालीममा सहभागी भएर सेविका र योजनाले यो बाजा बजाउन सिक्नुभएको हो ।

यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहेपनि सेविकाले आफैं अग्रसर भएर यो बाजा बजाउन सिकेको बताउनुहुन्छ । अहिले नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले धिमे बाजा बजाउन थाल्नुभएको छ ।

आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सेविका र योजनासहित झण्डै ३९ जनाले यो बाजा बजाउन सिकेका छन् । शुरु शुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले यो बाजा बजाउँदा आनन्द आउने गरेको अर्का प्रशिक्षार्थी प्रणेश श्रेष्ठले बताउनुभयो ।

आफ्नो परम्परा र संस्कृति संरक्षणका लागि झापामा रहेका नेवार समुदायले देखाएको अग्रसरता सबैका लागि अनुकरणीय छ । एक पुस्ताबाट अर्काे पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने हो भने नेवार समुदाय मात्रै होइन सबै समुदायको संस्कार र संस्कृतिको जगेर्ना हुनेमा दुईमत छैन । (रासस)

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रधानाध्यापकले विद्यार्थी कुटेपछि तनाव

इनरुवा/ कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्।

साथी साथीबीच भनाभनको विषयलाई लिएर आइतबार सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले निर्घात कुटपिट गरेको पीडितले बताएका हुन्।

आफूलाई कोठामा थुनेर प्रधानाध्यापक ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाठी र रबरको पाइपले कुटपिट गरेको पीडित पाठकले बताए। पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि निलडाम रहेको पीडितका ठूलोबुबा श्यामानन्द पाठकले बताए।

घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । अपांग बनाइदिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै प्रधानाध्यापक र शिक्षकले निर्घात आफूलाई कुटपिट गरेको पाठकले बताए। प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्दै अपांग बनाउने मनसाय नभएको बताए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लोपोन्मुख जडिवुटि

धतुरोको वृक्ष

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नेपालमा रेल चलाउन भारत र चिनि को पहिलो होला ?

०७ असार २०७५, बेइजिङ/ चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्षभित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन्। पिपल्स ग्रेट हल अफ चाइनामा बुधबार शिष्टाचार भेटका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी प्रतिनिधिमण्डलसामु राष्ट्रपति सीले त्यस्तो आशा व्यक्त गरेका हुन्।

चक्रपथमा मोनो रेल सञ्चालन गर्ने जिम्मा चिनियाँ कम्पनीलाई
चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ गर्ने निजी क्षेत्रको चाहना
उर्जा, रेल र पुनर्निमाणमा चीनसँग सम्झौता ः प्रधानमन्त्री
बुधबार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
चिनियाँ लगानीकर्ता करीब ९ सय मेगावाट क्षमताका आयोजनामा लगानी गर्ने
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता
प्रधानमन्त्री ओली असार ५ गतेदेखि चीनको ६ दिने औपचारिक भ्रमणमा छन्। त्यस क्रममा बुधबार उनले राष्ट्रपति सीसँगको भेटवार्तामा झन्डै सवा घण्टा बिताए। त्यसमध्ये पहिलो २० मिनेट प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल वार्ता (वान टू वान) भएको थियो। त्यसपछि राष्ट्रपति सीसहितको प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलबीच छलफल भयो।
दुवै प्रतिनिधिमण्डलको भेट हुँदै गर्दा केही मिनेट मिडियाकर्मीलाई फोटो खिच्ने समय दिइएको थियो। मिडियाको उपस्थिति रहेकै बेला राष्ट्रपति चिनफिङले नेपाले अख्तियार गरेको एक चीन नीतिप्रति खुसी व्यक्त गरेका थिए। नयाँ संविधान चुनाव हुँदै नयाँ सरकार र राजनीतिक स्थायित्व प्राप्त गरेकोमा आफूहरू खुसी भएको र चीन नेपालको समृद्धिका लागि सहायता गर्न तयार रहेको बताएका थिए। आफू स्वतन्त्र एवं अखण्ड नेपालको पक्षमा रहेको उनको भनाइ छ। व्यस्त सेड्युलबीच सी र नेपाली प्रतिनिधिमण्डलबीच भेटवार्ता चलेको थियो। नेपाली प्रतिनिधिमण्डल पिपल्स ग्रेट हल अफ चाइनातिर जाँदै गर्दा उत्तर कोरियाली नेता किम जोङ उन फर्किंदै थिए भने भेटवार्तापछि पपुवा न्युगिनी र बोलिभियाको प्रतिनिधिमण्डलसँग भेटवार्ता सुरु भएको थियो।

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति सीसँग अत्यन्त सौहार्दपूर्ण कुराकानी भएको बताए। केरुङ–काठमाडौं रेल जोड्ने विषयलाई सीले चासोपूर्वक हेरेको बताउँदै ज्ञवालीले उनलाई उद्धृत गर्दै भने, ‘अहिले सांघाई, ल्हासा हुँदै सिगात्से पुगेको रेल काठमाडौं पुग्छ। जसले नेपालको विकास र समृद्धिमा भरपुर सहयोग पुग्ने विश्वास हामीले लिएका छौं।’

सन् २०१६ मार्चमा पहिलो पटक प्रधानमन्त्रीका हैसियतमा केपी ओलीले चीन भ्रमण गरेपछि केरुङ–काठमाडौं रेलमार्ग निरन्तर चर्चाको विषय बन्दै आएको छ। उक्त भ्रमणका क्रममा ओलीले चीन सरकारसँग गरेको दसबु“दे सहमतिको जगमा उक्त चर्चा हुँदै आएको हो। ओलीले चीनसँग पारवहन तथा व्यापार सन्धि गर्दै क्रस बोर्डर कनेक्टिभिटी बढाउने जुन समझदारी गरे, त्यो नेपाल चीन सम्बन्धमा ‘कोसेढुंगा’ थियो .

तर दुई वर्ष बितिसक्दा पनि उक्त समझदारी कार्यान्वयनतिर बढ्न नसक्दा द्विदेशीय सम्बन्धमा चिसोपना आउन थालेको विश्लेषण हुन थालेका थिए। अहिलेको भ्रमण सम्बन्धलाई प्रगाढ एवं विश्वसनीय बनाउन केन्द्रित भएको देखिन्छ। ‘प्रोजेक्टभन्दा मित्रता ठूलो प्राथमिकता हो। हामी सम्बन्ध अझ बलियो बनाउनेमा केन्द्रित छौं’, परराष्ट्रमन्त्री ज्ञवालीले भने।

चीनसँगको साझेदारीमा रेलमार्गलगायत कनेक्टिभिटी बढाउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ढिलासुस्ती भएको उनले स्विकारे। ‘सन् २०१६ मार्चमा सहमति बनेपछिको दुई वर्षमा हाम्रा राष्ट्रिय प्राथामिकता अरू नै थिए। सरकार परिवर्तन त्यही बेलामा भयो, त्यसपछि तीन तहको निर्वाचनमा मुलुक केन्द्रित हुँदा ती सहमति प्राथामिकतामा नपरेको साँचो हो’, मन्त्री ज्ञवालीले भने, ‘अहिले सरकार गठन भएसँगै पुनः ती सहमति हाम्रा प्रमुख प्राथमिकता हुन्। हिजो सहमति भएको थियो। अहिले सम्भाव्यता अध्ययनमा पुगेको छ। अब बिस्तारै प्रक्रिया बढ्छ र रेल काठमाडौं पुग्छ।’

भेटवार्तामा आगामी अगस्टसम्म रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सक्ने, त्यसको डेढ वर्षभित्र डीपीआर तयार पारिसक्ने र अर्काे पाँच वर्षमा रेलमार्ग निर्माण सम्पन्न गरिसक्ने मोटामोटी अनुमान गरिएको छ। तर रेलमार्ग निर्माण अनुदान वा ऋण सहायता केकसरी गरिने अझै टुंगिएको छैन।

सम्भाव्यता अध्ययनपछि फन्डिङ मोडालिटी बनाउने योजना भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। ‘भूबनोटका हिसाबले भौगर्भिक अध्ययनका लागि केही समय लाग्ने देखियो’, उनले भने, ‘तर रेल हाम्रा लागि सपना नभई वास्तविकताको विषय बन्नेछ। यसले हाम्रो एकतर्फी परनिर्भरताको अन्त्य मात्रै गर्दैन, व्यापारमा विविधीकरण पनि गर्छ। त्यसकारण चीनसँगको कनेक्टिभिटी हाम्रा लागि महŒवपूर्ण हो।’

सीसँगको भेटवार्तापछि ज्ञवालीले उनको नेपालप्रतिको सद्भाव र प्रतिबद्धताहरूले उत्साहित बनाएको बताए। वीरआरआईअन्तर्गत ट्रान्स हिमालय मल्टी डायमेन्सनल कनेक्टिभिटीको फ्रेमभित्र रहेर नेपालले जोड दिएको पूर्वाधार विकासमा चीनको दरिलो समर्थन छ। ‘राष्ट्रपति सीले समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्न चीन सदैव तयार भएको बताउनुभयो। नेपालले विकासको स्वतन्त्र छनोटको जुन बाटो रोजेको छ, त्यसमा चीनको समर्थन रहेको जनाउनुभयो’, ज्ञवालीले सीलाई उद्धृत गर्दै थपे, ‘नेपालमा संक्रमणकालको अन्त्य एवं निर्वाचन र राजनीतिक स्थायित्व प्राप्त हुनु एक छिमेकीको नाताले हाम्रा लागि सुखद कुरा हुन्।’

सीले छिमेकीहरूबीचको आपसी सम्बन्धलाई कुनै पनि देशले अस्वाभाविक हिसाबले लिन नुहने पनि बताएका छन्। नेपालले अर्काे कुनै छिमेकीसँग घनिष्ट सम्बन्ध बनाउँदा चीनलाई फरक नपर्ने र नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा अरूको पनि टाउको दुखाइको विषय हुन नहुने उनको भनाइ छ। ‘नेपालले अरू कुनै राष्ट्रसँग मैत्रीपूर्ण एवं घनिष्ठ सम्बन्ध राख्दा त्यो चीनको टाउको दुखाइको विषय हँुदैन। त्यो नेपालको स्वतन्त्र छनोट गर्ने अधिकार हो’, सीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘चीनसँग विशेष सम्बन्ध भएमा अरू कुनै देशले असन्तुष्ट हुनु आवश्यक छैन। यसलाई स्वाभाविक मान्नुपर्छ।’

सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको प्रसंग पनि वार्तामा राखेका थिए। चीन र भारतबीच भएका अनौपचारिक भेटमा भारतका प्रमसँग पनि क्षेत्रीय विकासमा सहयोग गर्ने कुरा भएको उनले बताएका थिए। ज्ञवालीले सीको भनाइलाई उद्धृत गर्दै भने, ‘क्षेत्रीय विकासमा ध्यान केन्द्रित गर्न सके अरू देशले पनि लाभ लिन सक्छन् भन्ने कुरा भारतका प्रधानमन्त्रीसँग भएको थियो।’

भेटवार्तामा पूर्वाधार विकासका कुरा बढी केन्द्रित भए। उत्तर–दक्षिण करिडोर, थप हवाई उडान, तिब्बततिरका आठ वटा नाकाबाट खाद्यान्नलगायत सामग्री आपूर्ति गर्न सक्ने, तातोपानी नाका खोल्ने कुरा छलफलका मुख्य विषय थिए। राष्ट्रपति सीले नेपाली उत्पादनको बजार चीनमा खोज्न प्रोत्साहन गरिने बताउँदै जडिबुटीलगायत उत्पादनको बजार विस्तार गर्न सघाउने पनि बताए।

सीलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तासमेत दिएका छन्। नेपाल भ्रमण गर्ने इच्छा राखेको र छिट्टै कूटनीतिक च्यानलमार्फत दुवै देशलाई अनुकूल हुने मिति तय गरेर भ्रमणमा आउने उनले वचन दिएका छन्।

भेटवार्तामा प्रधानमन्त्री ओलीले पनि तीन तह निर्वाचनपछि नेपाल राजनीतिक स्थायित्व प्राप्त गरी समृद्धिको चरणमा पुगेको र सीसँगको भेटमा चीनसँगको मित्रतालाई अझ दरिलो एवं विश्वसनीय बनाउन आफू भ्रमणमा आएको बताएका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना र शुभेच्छा सुनाएका थिए।

तयारी पूरा नभएकाले पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुन नसकेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। आगामी जुलाईमा त्यसमाथि थप गृहकार्य हुने र चाँडै नै हस्ताक्षर हुने पनि उनको दाबी छ। ‘पारवहन तथा व्यापार सन्धिको प्रोटोकल हस्ताक्षर जुलाईमा टुंगिन्छ, बिहीबार हस्ताक्षर हुने एमओयूमा उक्त कुरा उल्लेख हुन्छ’, उनले भने, ‘पहिलो पटक भूपरिवेष्ठित अवस्थाबाट भूजडित हांै भन्ने आभास यसले दिलाउँछ। त्यसकारण विस्तृतमा तयारी गरेपछि यो टुंगिन्छ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जम्बो टोलीसहित प्रधानमन्त्री चीन प्रस्थान

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली निजी क्षेत्रको हिमालयन एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित मन्त्री, निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली समावेश छन् ।

चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् । साँझ ६ बजेदेखि ८ः३० सम्म प्रधानमन्त्री त्यहाँ रहनेछन ।

कार्यक्रममा नेपालका लागि पूर्वचिनियाँ राजदूत, चीनका नेपाल मामिलाविज्ञ, व्यवसायी, पत्रकारलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्रीलाई चीन सरकारले साँझ दियाउथाई स्टेट गेस्ट हाउसमा बस्ने प्रबन्ध मिलाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लोपोन्मुख प्रजातिका २२ जातका धानको बीउ बैंकमा संरक्षित

0

कञ्चनपुर, असार ४ गते / एक दशकदेखि सञ्चालन हँुदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताउनुभयो ।

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् ।

ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनीलगायतका धान संरक्षण गरिएका छन् । प्रत्येक वर्ष स्थानीय जातका धानखेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पुर्याउदै आएका छन् ।

स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ अध्यक्ष रानाले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गरिएको मलको प्रयोग गरी डाभरसिटी ब्लकमा स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन् । प्रति वर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणमा टेवा पुर्याइँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हँुदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान आशाराम चौधरीले बताउनुभयो । यस वर्ष स्थानीय जातको धानको बीउ ५० क्विण्टल बढी उत्पादन भएको छ । बजारको दररेटभन्दा रु १० देखि १५ सस्तोमा धानका बीउ किसानलाई बिक्री हँुदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

श्रीमति उपचार गर्न प्रचण्ड सिंगापुर प्रस्थान

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । सीता बिरामी भएपछि प्रचण्ड र पुत्री गंगा दाहाल उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झर्‍यो वर्षासँगै हिलो

०२ असार २०७५ ,दमक  / शुक्रबार राति राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा भएको वर्षात्सँगै हिलो देखिएको समाचारहरू प्राप्त भएका छन् ।

प्रदेश १ का धरान, इलाम, दमक, विराटनगर लगायतका क्षेत्रमा हिलो माटो मिसएको वर्षा भएको समाचार प्राप्त भएका छन् । त्यसैगरी प्रदेश २ का सिरहा, जनकपुर र प्रदेश ७ को धनगढी लगायतका क्षेत्रमा पनि यस खालको वर्षा भएको खबर छ ।

सामाजिक सञ्जालमा पनि शनिबार बिहानैदेखि हिलो मिसिएको वर्षात भएको चर्चा भइरहेको छ । कतिपयले अचम्मित हुँदै सामाजिक सञ्जालमा हिलो देखिएको तस्बिर पोस्ट गरेका छन् ।

तस्बिरमा सवारी साधन, अन्य सामान साथै रुख विरुवामा पनि माटोले ढाकिएको जस्तो देखिएका छन्।

किन भयो यस्तो ?

जल तथा मौसम विज्ञान विभागका महाननिर्देशक ऋषिराम शर्माका अनुसार पानीमा हिलो देखिनु अस्वभाविक होइन। ‘वायुमण्डलमा हुने धूलो पानीसँग मिसिएर आउँछ’, उनले भने, ‘ठूलो पानी पर्‍यो भने धूलो देखिँदैन तर सानो पानी पर्‍यो र छोटो पर्‍यो भने पानीसँगै धूलो पनि हिलोको रुपमा देखिन सक्छ।’

मौसमविद् मिन अर्यालका अनुसार भारतको राजस्थानबाट नेपालको वायुमण्डलमा पनि धूलोको आँधी प्रवेश गरेको छ। ‘पश्चिम नेपालबाट राजस्थानको ‘डस्ट स्ट्रोम’ छिरेको छ’, उनले भने, ‘मध्ये पहाडी क्षेत्रदेखि तराईको झापासम्मै त्यसले भेटेको देखिन्छ। त्यही धूलो पानीसँग मिसिएर हाम्रो जमिनमा खसेको हो।’

अर्यालका अनुसार पानीसँगै झरेको धूलो सतहमा पानी थिग्रिएर सुकेपछि हिलो वा धूलोका रुपमा देखिन्छ। भारतमा ‘डस्ट स्ट्रोम’ सामान्य रहेकोले पूर्वानुमान पनि गर्ने गरिन्छ।

यसरी धूलो मिसिएर झरेको पानी घरायसी प्रयोजनका लागि प्रयोग नगर्नु ठीक हुने मौसमविद् अर्यालको सुझाव छ। ‘प्रदूषित हुन सक्ने भएकोले प्रयोग नगर्दा राम्रो। ठूलो पानी पर्दाखेरी जमाइएको पानीजस्तो सफा यो नहुन सक्छ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

किडनी फेल कसरी हुन पुग्दछ यो बाट बच्ने उपाय

शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वास्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोगी राख्दछ ।

किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ ।

किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, ।, सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ ।

यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ ।

हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ ।

किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।

नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ ।

यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ ।

सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पुर्‍याउन सक्दछ ।

समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् । किड्नी स्टोन पत्थरी र यसको लक्षण किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ ।

जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ ।

किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो । उपचार यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ ।

त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन ।

सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ ।

किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ ।

केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रदेश १ को बजेट विद्युत, कृषि र पर्यटन प्राथमिकतामा

विराटनगर/ प्रदेश १ सरकारले शुक्रबार आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रस्तुत बजेटमा प्रस्तुत गरेको छ। उक्त बजेटमा केही नयाँ विषय समावेश छन्। जसले प्रदेशका जनतालाई प्रत्यक्ष अनुभूति हुने देखिन्छ। स्थानीय तहलाई केन्द्रले दिएको अनुदानबाहेक प्रदेशले थप बजेट दिने भएको छ। त्यसमध्ये उत्कृष्ट स्थानीय तहलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
किसान सहुलियत ऋण किसानलाई कृषि पेशामा आकर्षित गर्र्न कृषि अनुदान कोषको व्यवस्था गर्ने बजेटमा उल्लेख छ। यस कोषबाट किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइने छ। यस्तै, खेतीयोग्य जमीनको माटो परीक्षण गरी माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गर्ने उल्लेख छ। न्यूनतम दश घिाभन्दा बढी जमिनलाई चक्लाबन्दी गरी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न विशेष अनुदानको व्यवस्था मिलाउने, दीर्घकालीन विषादीमुक्त कृषि उत्पादन वृद्धि गर्ने र प्रांगारिक किटनाशक विषादी उत्पादन गर्न विशेष अभियान सञ्चालन गर्ने बजेटमा उल्लेख छ।
प्रदेशमा एक जैविक विषादी प्रयोगशाला स्थापना गर्ने पनि उल्लेख छ। कृषकहरूले गरेका वस्तुलाई विचौलियाबाट मुक्त गरी सोझै कृषि थोक बजारमा पुर्‍याउने व्यवस्था मिलाउन सम्भाव्यता अध्ययन गरिने, कृषि, उद्योग, पर्यटन, जडिबुटी आदिलाई विस्तार र प्रवद्र्धन गर्न आवश्यक जमिन भाडामा लिने, माछा, मासु र दूधजन्य पदार्थमा आत्मनिर्भर बन्ने पनि उल्लेख छ। पर्यटनबाट दुई हजारलाई रोजगारी प्रदेश सरकारले दिगो आर्थिक विकासको संवाहकका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकताको साथ विकास गर्ने बजेटमा उल्लेख छ। जसका लागि पर्यटन क्षेत्रमा दुई हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य छ। पर्यटन व्यवसायी र युवाहरूलाई पर्यटन उद्योगमा आकर्षित गर्न आवश्यक तालिम र सहुलियत ऋण उपलब्ध गराउने, प्रदेशभित्र रहेका सबै विमानस्थलहरूमा विराटनगर विमानस्थलबाट उडान सेवा सुरु गर्ने र माउन्टेन फ्लाइट सेवा सञ्चालन गर्ने पनि उल्लेख छ। पर्यटन क्षेत्रको विकासका लागि केबलकार, चतरा–किमाथांका र चतरा–सुनकोशी जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययन, ‘युवाद्वारा युवामैत्री पर्यटन सेवा’ भन्ने नाराका साथ मेची, कोशी र सगरमाथा राजमार्गको रुटमा रहेका १०० वटा समूहमा होमस्टे विकास गर्ने र पाँच वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य छ। जलविद्युतमा महत्तवकांक्षी लक्ष्य प्रदेश सरकारले पाँच वर्षभित्र एक हजार ५०० मेगावाट, दश वर्षभित्र तीन हजार मेगावाट र पन्ध्र वर्षभित्र चार हजार ५०० मेगावाट जलविद्युत उत्पादन लक्ष्य लिएको छ। तमोर चिसाङ डाइभर्सन बहुउद्देश्यीय जलाशययुक्त आयोजनालाई प्रादेशिक गौरवको आयोजनाका रूपमा सञ्चालन गरी जलविद्युत, सिँचाई, मत्स्यपालन, जलबिहारजस्ता परियोजना सञ्चालन गर्ने योजना रहेको छ। विद्युत आयोजनाको इजाजत प्राप्त लिएकाहरुलाई निश्चित समयसीमामा काम काम थाल्न निर्देशन दिएको छ। पाँच मेगावाटसम्मका लागि छ महिना, १०० मेगावाटसम्मका लागि वित्तीय व्यवस्थापनका लागि छ महिना र कार्य प्रारम्भ गर्न छ महिना गरी एक वर्षभित्रमा शर्त बमोजिमको कार्य थाल्न आह्वान गर्ने उल्लेख छ। यस्तै निजी क्षेत्रसँग सहकार्य गरी सौर्य ऊर्जाबाट २०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। युवालाई रोजगार प्रदेशभित्रका विपन्न तथा गरिब युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न आत्मनिर्भर युवा कोष खडा गर्ने बजेटमा उल्लेख छ। विराटनगर र आसपासका क्षेत्रलाई औद्योगिक करिडोर र व्यापारिक हबका रूपमा विकास गर्ने, औद्योगिक लगानीलाई प्रोत्साहन गर्न जग्गा उपलब्ध गराउने, श्रमिक आपूर्तिका लागि प्रोत्साहन गर्ने योजना छ। यस्तै, सरकारी निकायबाट प्रदान गरिने सेवालाई एकीकृत बनाई एकद्वार नीतिबाट सेवा उपलब्ध गराउने र उद्योगे विकासका लागि विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्नका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने बजेटमा उल्लेख छ। एक स्थानीय तह, एक डाक्टर सरकारले शिक्षाई सर्वसुलभ बनाउने घोषणा गरेको छ। विद्यालय शिक्षाको विषयगत गुणस्तरको मापदण्ड तयार गर्ने र शिक्षकहरूलाई प्रोत्साहन र दण्डको व्यवस्था गर्ने नीति छ। समग्र शैक्षिक उपलब्धिका सूचकको आधारमा प्रदेशभित्रका चौध वटा विद्यालयलाई उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गर्ने, स्थानीय तहको सहकार्यमा आगामी दुई वर्षभित्रमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने पनि लक्ष्य छ। गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिनाधितो सुलभ ऋण उपलब्ध गराउन ‘जनता चिकित्सा शिक्षा कोष’ स्थापना गरेको छ। उक्त कोषबाट प्रदेशभित्र मानवीय सूचकांकमा सबैभन्दा पछाडि रहेका स्थानीय तहका गरिब वा पिछडिएका परिवारका सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ऋण उपलब्ध गराउने उल्लेख छ। उक्त सुविधा लिई अध्ययन गरेका व्यक्तिले अध्ययन पूरा गरेपछि सम्बन्धित स्थानीय तहमा कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने छ। यस कार्यक्रमलाई प्रदेशका सबै स्थानीय तहबाट एक एक जना चिकित्सक उत्पादन नभएसम्म निरन्तरता दिइने पनि उल्लेख छ। यस्तै, राष्ट्रियता, देशप्रेमको भावना र समाजप्रतिको दायित्वबोध गराउन नैतिक शिक्षामा जोड दिइने उल्लेख छ। जडीबुटीमा जोड प्रदेशभित्र पाइने जडीबुटीको संवद्र्धन गरी औषधि उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको योजना छ। सुर्तीजन्य पदार्थमा नियन्त्रण गर्नुका साथै मदिरा उत्पादन र बिक्री वितरणलाई प्रभावकारी रूपमा नियमन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्‍याउने, घुम्ती शिविर मार्फत जनताकै घरदैलोमा पुगी ब्लड प्रेसर, मधुमेहको चेकजाँच गर्ने योजना छ। खेललाई प्राथमिकता सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ। हरेक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीहरूलाई आवासीय प्रशिक्षणको व्यवस्था मिलाउने घोषणा गरिएको छ। यस्तै, आगामी आर्थिक वर्षमा प्रदेश तथा अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ। आगामी आर्थिक वर्षभित्र प्रदेशस्तरीय खेलकुद परिषद् गठन गर्ने उल्लेख छ। निर्वाचन क्षेत्र कार्यक्रम अनुत्पादक, दोहोरो र खर्चले धान्न नसक्ने सडक आयोजनालाई पुनरावलोकन गर्ने भएको छ। प्रदेशभित्रको सडकहरूको तथ्यांक स्थानीय तहको सहयोग र सहकार्यमा तयार पार्ने र अनावश्यक ठहर भएका सडकको पुनरावलोकन गरिने छ। प्रदेश गुरुयोजनाले परिकल्पना गर्ने महत्त्वपूर्ण सडकलाई प्राथमिकता साथ निर्माण गर्न स्रोतको सुनिश्चित बजेटमा उल्लेख छ। यस्तै, प्रदेशसभाका सांसदहरुलाई आगामी आर्थिक वर्षदेखि प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। वनबाट रोजगारी सरकारले वन क्षेत्रबाट पाँच हजार जना रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। एक पालिका एक फर्निचर उद्यम र एक वन उपभोक्ता समूह एक वन उद्यमको स्थापना गर्ने भएको छ। झापामा जंगली हात्तीबाट भइरहेको जनधनको क्षतिलाई कम गर्न एक हात्ती करिडोर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने योजना छ। प्रदेशका नागरिकलाई पाँच वर्षभित्र स्वच्छ खानेपानी उपलब्ध गराउने, एक घर एक धाराको व्यवस्था गरिने, सुख्खाग्रस्त क्षेत्रमा लिफ्टिङ्ग खानेपानी योजना अघि बढाउने योजना छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्